• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सुदूरपश्चिमले नेता फेर्ने कि आफ्नै शरीरमा आगो झोस्नुपर्ने नियति स्वीकार्ने?

64x64
डिबी खड्का मंगलबार, जेठ २७, २०७७  १४:४४
1140x725

अछामको बयालपाटा अस्पतालबाट निर्मम समाचार आयो- कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए। जीवन बचाइमाग्न अरु जाने अस्पतालमा सोमबार आउजी आफ्नो जीवन त्याग्नका लागि पुगेका थिए। एउटा युवाले जागिरसँग ज्यानको बाजी लगाएको यो घटना, घटनामै सीमित रह्यो। विरक्तलाग्दो घटनाका गुथ्थीहरु केवल गाँठो परेर बसे।

घटनाको भोलिपल्टका अखबारका प्राथमिकतामा उनको मृत्यु परेन। सामान्यभन्दा सामान्य विषयलाई ‘राष्ट्रियकरण’ गर्न तत्पर सामाजिक सञ्जालका ‘जिरो सहनशीलता’वालाहरुले यसलाई सहजै पचाइदिए। एक युवाले गरेको यस्तो क्रुर निर्णय साँच्चै एउटा घटना मात्रै हो? 

ऊ सुदूरबासी थिएन भने यो एउटा घटना मात्रै हुँदैनथ्यो। आज संसदमा बहसको विषय बन्थ्यो र सामाजिक सञ्जालमा आक्रोशको 'इस्यु'। तर सुदूर कहिल्यै राज्यको मूल प्रवाह छैन। त्यहाँको विषय सजिलै मूलधारमा पुग्दैन।

सिद्धार्थ आउजी एक व्यक्ति होइन, सुदूरको प्रतिनिधि अनुहार हो। अधिकांश सुदूरपश्चिमेलीलाई जस्तै ऊसँग दुईटा विकल्प थिए- भोकले मर्ने कि अरु कुनै तरिकाले। उसले दोस्रो रोज्यो। मर्न त ऊ एकदिन यसै पनि मर्थ्यो। मर्नुको सत्य अगाडि त कसको के जोर चलेको छ र? मर्नुका धेरै आयाममध्ये सदुरजनको भागमा पर्ने जागिर नभएपछि खान नपाएर कुपोषित हुँदै रोगी भएर समयभन्दा अघि यही अस्पतालको बेडमा मर्ने सत्यभन्दा अलिक फरक उसले मृत्युका लागि अस्पतालको बेड होइन, गेट रोज्यो। 

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने सुन्दर नारा पो उसले सुनेको थियो कि! ‘भोकले मर्न नदिने’ शासक भएको देशमा उसलाई ‘भोकले मर्ने’ छुट हुँदैन भन्ने बुझ्यो कि? जे भए पनि उसले भोक लाग्नुअघि नै आत्मदाह गर्‍यो। अब सरकारी रेकर्डमा ‘आत्मदाहबाट मृत्यु’ उल्लेख हुनेछ तर यो मृत्यु भोकले थियो। तर वास्तवमा उसको मृत्यु भोकको भयले थियो।

सुदूरका जनतालाई यो देशका शासक र शक्तिपुञ्जले कहिल्यै समदूरीबाट हेरेनन्। राज्यको प्राथमिकता भन्दा ‘दूर–दूर’ उनीहरुले जीवन निर्वाहको विकल्प भारतको चौकीदारी बनाए। ठूलो संख्या भारत निर्भर छ। त्यो निर्भरता मूल्य यतिबेला सुदूरपश्चिमले नराम्ररी चुकाउँदैछ। त्यसको असर हरेकदिन हामीले हेर्दै र सुन्दै जानुपर्नेछ। 

भारतले सुदूरतर्फको कति नेपाली सीमा मिच्यो? आम चासोको विषय बनिरहेको समय छ। भारतमा कति सुदूरपश्चिमेली छन्? यो राज्यको शासकले त्यो गणना गर्न चाहँदैन। त्यो संख्याको कसैले हिसाबकिताब राख्न पनि चाहँदैन।

किनभने शासकलाई राष्ट्रवादी बन्नुछ। त्यसैले त सुदूरपश्चिमेलीहरुका तर्फबाट मेरो केही प्रश्न छन्- राष्ट्रियता भन्नु भूगोल मात्रै हो? कि त्यो भूगोलभित्रका नागरिक पनि? माटो बढी मूल्यवान हुन्छ कि जीवन? सायद राष्ट्रवादी मुकुन्डो भिरेर पदासीन हुने शासकका लागि माटो महत्वपूर्ण हो। त्यसैले सुदूरपश्चिमेलीको जीवन आगोले डढाओस् कि एचाआइभीले गलाओस्? भोकले सिध्याओस् कि रोगले? कुनै मतलब छैन, हुने छैन।

Ncell 2
Ncell 2
nimb
nimb

निर्जन लिम्पियाधुरालाई प्रेम नगर भनिएको होइन। तर त्योभन्दा वर रोग, भोग र दुःखसहित जीवन जिउन अभिशप्त नागरिक छन् भन्ने नबिर्स। शासक नक्सा फेरेर सन्तुष्ट भइरहेका समयमा नियति फेर्न नसक्दा घट्ने घटनाको प्रतिनिधि पात्र सिद्धार्थ आउजी हुन्।

तर, कसले बोल्ने ती आफ्नै ज्यानमा आगो लगाइरहेका सिद्धार्थ आउजीहरुबारे?  अरुको आशा नगरौं, त्यही क्षेत्रमा जन्मेका केही थान व्यक्तित्वहरु सिंहदरबारदेखि सदनसम्म छन्। कसैले बोली दबेको होला तर ऊ पद र पहुँचले उच्च ओहोदामा छ। जो पदमा छैन, उसको टाठो बोली देशले सुनिरहेको हुन्छ। तर, उनीहरु कहाँ छन्? 

यहीँ छन्। तर, जसले उनीहरुलाई त्यहाँ पुर्‍याए,  उनीहरु ती नागरिकको कहिल्यै भएनन्। सुदूरपश्चिमका ती नेताहरुमध्ये कतिलाई एमसिसीले राष्ट्रियता डढाउला भन्ने पीर छ तर गरिबीको भुंग्रोमा रहेको एक युवाले जागिर गुमाउँदा ज्यान डढाएकोमा कुनै सन्देह देखिँदैन।

अर्काथरी पनि छन्, एमसिसी यही संसद् अधिवेशनबाट पास हुनुपर्छ भनेर संसद्मै उभिएर शासकमाथि औंलो तेर्स्याउने हैसियत राख्छन्, आफू प्रतिनिधित्व गर्ने भूगोलका विकासका सदा चुपचाप रहन्छन्। अर्काथरी पनि छन्, जसलाई भारतले सीमा मिचेको पिर छ तर सीमान्तकृतहरु भोकले पेट मिचिरहेको देख्दैनन्। सुदूरका त्यस्ता नेता पनि छन्, जो प्रधानमन्त्री केपी ओलीको पद गुम्ने डरमा दौडधुप पनि गर्छन् तर ज्यानै गुमाइरहेका सुदूरपश्चिमेलीबारे सोच्ने फुर्सदमा हुन्नन्।

Xtrem

Xtrem

कोरोना कहरले सबैभन्दा बढी आक्रान्त को होला? निःसन्देह सुदूरपश्चिमेली। तर कहिल्यै यसबारे संसद्मा कोही उँचो स्वरमा बोलेको सुन्नुभएको छ? कोरोना संकटपछि भारतबाट विस्थापित भएर गाउँ आइपुगेका उनीहरु कसरी जीवनयापन गर्लान्? प्रश्न छ तर उत्तर आउजीले दिएका छन्। आउजीको बाटो पछ्याउन अरुलाई अभिशप्त बनाउने डर बढेको छ। 

प्रतिपक्षका दलका नेता शेरबहादुर देउवा हुन् वा सत्तारुढ दलमै प्रतिपक्ष देखिने भीम रावल। उनीहरुका लागि सुदूरपश्चिम प्रतिनिधि सभामा पुग्ने एउटा भर्‍याङभन्दा बढी केही होइन। समयले यसलाई प्रमाणित गर्दै गइरहेको छ।

साँच्चै उनीहरु जनप्रतिनिधि हुँदा हुन् त रोजगारी गुम्दा एक युवाले आफ्नै ज्यान डढाइरहेको घटनाले मन भतभती पोल्नुपर्ने हो। त्यो घटनालाई ‘बहसको डढेलो’ बनाइनुपर्ने हो। तर, त्यो यत्तिकै निभ्यो। जसको अर्थ फेरि पनि थुप्रै आउजीहरुको ज्यानमा आगो सल्किएको हेर्न हामी अभिशप्त हुनुपर्ने छ। 

संवेदनाहीन बनिरहेका छन् शासक। सुदूरपश्चिमको नेतृत्व र नागरिक अघि जोडेर दुनो सोझ्याउन वर्ग र समूहहरु। कमसे कम सुदूरपश्चिमेलीलाई यतिबेला महसुस हुनुपर्छ- पहिले नेतृत्व फेरौं, नियति त्यसपछि फेरिन्छ!

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७  १४:४४
  • #बयलपाटा-अस्पताल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्