काठमाडौं – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले समयमा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन निर्देशन दिएका छन् ।
आइतबार नागढुंगा–मुग्लिन सडक खण्डको निरीक्षण गर्दै उनले पोल नसार्नेसहितका काम नगर्ने ठेकेदारको मतलब नै नगरीकिन खुट्टा भाँचिदिन निर्देशन दिएका हुन् ।
’यिनीहरूको यो जुन पोलवाला छन् । बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू । घर पठाउने होइन । त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन,’ निरीक्षणका क्रममा उनले चेतावनी दिँदै भने, ‘यिनीहरूले चाँडैभन्दा चाँडै पोल सार्न पर्यो । किनकि यहाँको पब्लिकले धेरै दुःख पाएका छन् । उनीहरूलाई राम्रोसँग काम गर्न लगाउन पर्यो । यो पोलको है, बिजुलीको पोलको । म्यामेरियलका लागि कत्तिको सहजीकरण चाहिन्छ, पूरा गर्न म्यामेरियल चाहिन्छ । यसको व्यवस्था हुन्छ ।’
उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा विरोध भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।