एजेन्सी- जर्मन चान्सलर एंगेला मर्केल चौथो कार्यकालका लागि पुन: निर्वाचित भएकी छिन्।
७० वर्षे इतिहासमा उनको पार्टीले हालसम्मकै खराब नतिजा ल्याए पनि क्रिस्चियन डमोक्रयाट युनिएन र क्रिस्चियन सोसियल युनियनको गठबन्धन संसदको सबैभन्दा ठूलो दल बनेको छ।
चुनावी नतिजापछि सम्बोधन गर्दै मर्केलले मतदाताहरुको पीडा र आक्रोशलाई समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। मर्केलले आफ्नो सरकारले अर्थतन्त्र सुधार, आप्रवासी समस्या समाधान र सुरक्षामा विशेष ध्यान पुर्याउने बताइन्। 'म एक्लैले सबै समस्याको समाधान गर्न सक्दिनँ। सबै शक्तिसँग हातेमालो गर्दै सुरक्षित जर्मनी बनाउने अभियानमा म केन्द्रित हुनेछु,' मर्केलले भनिन्।
मर्केल विगत १२ वर्षदेखि लगातार जर्मन चान्सलर रहेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।