काठमाडौं- नेपाल प्रहरीको बढुवा समितिले ७३ जना सब-इन्स्पेक्टर (सई)लाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेको छ। शुक्रबार सबेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
तोकिएको मापदण्डका आधारमा उनीहरूलाई सिफारिस गरिएको समितले जनाएको छ। समितिले सर्वाधिक अंक प्राप्त गर्ने उम्मेदवारका आधारमा प्राप्तांकसहित बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा हुनका लागि सिफारिस भएकामध्ये गणेशराज उप्रेती ९४.८७ अंक ल्याएर पहिलो नम्बरमा छन् भने गोविन्द लाल कर्णले ९४.८० अंक ल्याएर उनलाई पछ्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।