• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम : नीति तथा कार्यक्रम कार्यान्वयनको आशंकादेखि कोरोना परीक्षण नभएकोसम्म

64x64
शेरबहादुर ऐर बिहीबार, जेठ २२, २०७७  २१:५२
1140x725
फाइल तस्बिर

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत ल्याइएका कार्यक्रमहरु कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

बिहीबार प्रदेशसभा बैठकमा नीति र कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरूले सरकारको नीति तथा कार्यक्रममा जतिसुकै 'लोकप्रिय' कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष सधैं फितलो हुने गरेको टिप्पणी गरे। छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले नीति तथा कार्यक्रम र बजेटको कहिल्यै पनि तालमेल नमिलेको स्मरण गरे। 'नीति तथा कार्यक्रम जसरी आउँछ, त्यसअनुसारको बजेट आउँदैन। योजना भनेको कुरा व्यवस्थित हुनुपर्छ, नत्र समस्या आउँछ,' उनले भने। 

प्रदेशसभा सदस्य खड्काले नीति तथा कार्यक्रममा धेरै कुरा समेट्न खोजेको चर्चा गरे। 'नीति तथा कार्यक्रम हेर्दा संघीय सरकारको पुरै बजेट समावेश गर्दा पनि पुग्दैन,' उनले भने 'नीति र कार्यक्रममा गरिवी न्यूनिकरण, प्राकृतिक स्रोत साधन, कृषि, स्वास्थ्यको पहुँच पुर्याउने मुल नीति नै उल्लेख भएन।'

प्रदेशसभा सदस्य खड्काले पश्चिम सेती परियोजनालाई अघि बढाउन प्रदेश सदनबाट संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए। उनले मुख्यमन्त्रीका नाममा कार्यक्रम ल्याउन नहुने सुझाव दिएका थिए। 

नेपाली कांग्रेसका टेकबहादुर रैकाले सरकारको नीति र कार्यक्रम संघसंस्थाले डलर हालेर बनाएको कार्यक्रमजस्तै रहेको टिप्पणी गरे। संघसंस्थाको प्रतिवेदनजस्तै बनेको यो (नीति तथा कार्यक्रम) लाई सरकार आफैले लागू गर्न सक्छ कि सक्दैन भनी उनले प्रश्न उठाएका थिए। 

‘चालू आर्थिक वर्षमा सुन्तला, ओखरका कति बोट रोपिए, मसुरो खेतीले कति आम्दानी भयो? भन्ने जानकारी सरकारले दिनुपर्छ,’ उनले  विगतका कार्यक्रमको मूल्यांकन गरी सोही प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने सुझाव दिँदै भनेका थिए।

नेपाली काँग्रेसकै प्रदेशसभा सदस्य डिल्लीराज पन्तले नीति तथा कार्यक्रम नाराले भरिएको टिप्पणी गरे। ‘खानालाई बढा मिठो हुने, सुन्नेलाई पनि बढो आनन्द मिल्ने’ जस्तो छ। तर, यसरी सस्तो प्रशंसा पाउनकै लागि जे पनि ल्याउनु हुदैन। जे गर्न सकिन्छ, त्यो मात्रै लेख्यौँ,' प्रदेश सभा सदस्य पन्तले  भने, 'सरकारको प्रगतिको अलग्गै समिक्षा हुनुपर्छ। यसलाई नीति तथा कार्यक्रममा नल्याऔं। हामीले सोध्नुपर्ने र सरकारले जवाफ दिने गरि सरकारको कार्यक्रमको समिक्षा गरिनु पर्दछ।'

काँग्रेसकै प्रदेश सभा सदस्य दिव्यश्वरी शाहले विगतका बजेट, नीति तथा कार्यक्रम पनि राम्रै भएको, तर कार्यान्वयन पक्षमा भने निकै कमजोर भएको बताइन्। उनले गतविगतका राम्रा कार्यक्रमलाई अहिले आएर छोडिएकोमा आपत्ति जनाइन्। कांग्रेसकै अर्की सांसद् अम्बिकुमारी थापाले गतविगतका कार्यक्रम नै सरकारले कार्यान्वयन गर्न नसकेकोमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा भर गर्न नसकिने बताइन्।

Ncell 2
Ncell 2

छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य विरमान चौधरीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने बताएका थिए। सत्तारुढ दलकै अर्का प्रदेश सभा सदस्य पूर्णा जोशीले नीति तथा कार्यक्रम विगतका वर्षभन्दा परिपक्व, परिस्कृत भएर आएको बताइन।  उनले व्यक्ति र संस्थासंग जोडेर कार्यक्रम आउदा आलोचित हुनुपर्ने बताइन्।

उनले नौ वटै जिल्लामा रहेका स्वास्थ्य संस्थालाई थप बलियो बनाउने गरी बजेट ल्याउनुपर्ने बताएकी थिइन्।

छलफलमा नेकपाका प्रदेश सभा सदस्यहश्र नेपालु चौधरी, अम्मरबहादुर साउँद, मानबहादुर सुनार, ग्याल्बुसिंह बोहरा, सुशीला बुढाथोकी, माया तामाङ बोहरा, चुनकुमारी चौधरी र प्रेमप्रकाश भट्टले पनि भाग लिएका थिए।

'होम क्वारेन्टाइनमा जोड दिऔं'
बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले अब ‘होम क्वारेन्टाइन’मा जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बिहीबारको बैठकमा भाग लिएका अधिकांस प्रदेश सभा सदस्यहरुले होम क्वारेन्टाइनमा जोड दिनपर्ने बताए। नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका क्वारेन्टाइनमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। त्यसैले अब होम क्वारेन्टाइनतिर ध्यान दिनुपर्छ।

नेकपाका प्रदेश सभा सदस्य महेशदत्त जोशीले सुदूरपश्चिम प्रदेशको अवस्थाले नभई वेरोजगारीका कारण कोरोना भाइरसको संक्रमण बढेको दाबी गरेका थिए। 'यहाँ रोजगार नहुँदा यस प्रदेशका धेरै मानिस भारत गए। अहिले फर्किएकाहरुका कारण यहा कोरोना संक्रमण बढ्यो।  विद्यालय वा अन्य ठाउमा क्वारेन्टाइनमा राख्ने प्रबन्धको साटो अब होम क्वारेन्टाइनमा जोड दिनु आवश्यक छ।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले स्वाब परीक्षणको दायरा बढाउन माग गरे। कांग्रेसकै डिल्लीराज पन्तले कोरोनाका कारण सरकारले मात्र नभएर प्रदेशसभा सदस्यहरुले समेत जनताको गाली खाइरहेको गुनासो गरेका थिए। 'हामीकहाँ भारतबाट कति जना आए भन्ने स्पष्ट तथ्यांक छैन। कोरोनाका लागि स्पष्ट जवाफ चाहियो। कहाँ कहाँ के अपुग भएको छ ? किन सरकार आलोचित भइरहेको छ,’ उनको भनाइ थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला... सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आयोगले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिम निव... आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै समयको मागअनुसार मार्गप्रशस्त गर्न गगनले आग्रह गरे । आइतबार, पुस २७, २०८२
ताजा समाचारसबै
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने सोमबार, पुस २८, २०८२
काँग्रेसको विशेष महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदै सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने सोमबार, पुस २८, २०८२
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्