• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम : नीति तथा कार्यक्रम कार्यान्वयनको आशंकादेखि कोरोना परीक्षण नभएकोसम्म

64x64
शेरबहादुर ऐर बिहीबार, जेठ २२, २०७७  २१:५२
1140x725
फाइल तस्बिर

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रममार्फत ल्याइएका कार्यक्रमहरु कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

बिहीबार प्रदेशसभा बैठकमा नीति र कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरूले सरकारको नीति तथा कार्यक्रममा जतिसुकै 'लोकप्रिय' कार्यक्रम ल्याए पनि कार्यान्वयन पक्ष सधैं फितलो हुने गरेको टिप्पणी गरे। छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खडकाले नीति तथा कार्यक्रम र बजेटको कहिल्यै पनि तालमेल नमिलेको स्मरण गरे। 'नीति तथा कार्यक्रम जसरी आउँछ, त्यसअनुसारको बजेट आउँदैन। योजना भनेको कुरा व्यवस्थित हुनुपर्छ, नत्र समस्या आउँछ,' उनले भने। 

प्रदेशसभा सदस्य खड्काले नीति तथा कार्यक्रममा धेरै कुरा समेट्न खोजेको चर्चा गरे। 'नीति तथा कार्यक्रम हेर्दा संघीय सरकारको पुरै बजेट समावेश गर्दा पनि पुग्दैन,' उनले भने 'नीति र कार्यक्रममा गरिवी न्यूनिकरण, प्राकृतिक स्रोत साधन, कृषि, स्वास्थ्यको पहुँच पुर्याउने मुल नीति नै उल्लेख भएन।'

प्रदेशसभा सदस्य खड्काले पश्चिम सेती परियोजनालाई अघि बढाउन प्रदेश सदनबाट संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताए। उनले मुख्यमन्त्रीका नाममा कार्यक्रम ल्याउन नहुने सुझाव दिएका थिए। 

नेपाली कांग्रेसका टेकबहादुर रैकाले सरकारको नीति र कार्यक्रम संघसंस्थाले डलर हालेर बनाएको कार्यक्रमजस्तै रहेको टिप्पणी गरे। संघसंस्थाको प्रतिवेदनजस्तै बनेको यो (नीति तथा कार्यक्रम) लाई सरकार आफैले लागू गर्न सक्छ कि सक्दैन भनी उनले प्रश्न उठाएका थिए। 

‘चालू आर्थिक वर्षमा सुन्तला, ओखरका कति बोट रोपिए, मसुरो खेतीले कति आम्दानी भयो? भन्ने जानकारी सरकारले दिनुपर्छ,’ उनले  विगतका कार्यक्रमको मूल्यांकन गरी सोही प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रम आउनुपर्ने सुझाव दिँदै भनेका थिए।

नेपाली काँग्रेसकै प्रदेशसभा सदस्य डिल्लीराज पन्तले नीति तथा कार्यक्रम नाराले भरिएको टिप्पणी गरे। ‘खानालाई बढा मिठो हुने, सुन्नेलाई पनि बढो आनन्द मिल्ने’ जस्तो छ। तर, यसरी सस्तो प्रशंसा पाउनकै लागि जे पनि ल्याउनु हुदैन। जे गर्न सकिन्छ, त्यो मात्रै लेख्यौँ,' प्रदेश सभा सदस्य पन्तले  भने, 'सरकारको प्रगतिको अलग्गै समिक्षा हुनुपर्छ। यसलाई नीति तथा कार्यक्रममा नल्याऔं। हामीले सोध्नुपर्ने र सरकारले जवाफ दिने गरि सरकारको कार्यक्रमको समिक्षा गरिनु पर्दछ।'

काँग्रेसकै प्रदेश सभा सदस्य दिव्यश्वरी शाहले विगतका बजेट, नीति तथा कार्यक्रम पनि राम्रै भएको, तर कार्यान्वयन पक्षमा भने निकै कमजोर भएको बताइन्। उनले गतविगतका राम्रा कार्यक्रमलाई अहिले आएर छोडिएकोमा आपत्ति जनाइन्। कांग्रेसकै अर्की सांसद् अम्बिकुमारी थापाले गतविगतका कार्यक्रम नै सरकारले कार्यान्वयन गर्न नसकेकोमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन हुनेमा भर गर्न नसकिने बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

छलफलमा भाग लिँदै सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य विरमान चौधरीले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने बताएका थिए। सत्तारुढ दलकै अर्का प्रदेश सभा सदस्य पूर्णा जोशीले नीति तथा कार्यक्रम विगतका वर्षभन्दा परिपक्व, परिस्कृत भएर आएको बताइन।  उनले व्यक्ति र संस्थासंग जोडेर कार्यक्रम आउदा आलोचित हुनुपर्ने बताइन्।

उनले नौ वटै जिल्लामा रहेका स्वास्थ्य संस्थालाई थप बलियो बनाउने गरी बजेट ल्याउनुपर्ने बताएकी थिइन्।

छलफलमा नेकपाका प्रदेश सभा सदस्यहश्र नेपालु चौधरी, अम्मरबहादुर साउँद, मानबहादुर सुनार, ग्याल्बुसिंह बोहरा, सुशीला बुढाथोकी, माया तामाङ बोहरा, चुनकुमारी चौधरी र प्रेमप्रकाश भट्टले पनि भाग लिएका थिए।

'होम क्वारेन्टाइनमा जोड दिऔं'
बैठकमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले अब ‘होम क्वारेन्टाइन’मा जोड दिनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश सभाको बिहीबारको बैठकमा भाग लिएका अधिकांस प्रदेश सभा सदस्यहरुले होम क्वारेन्टाइनमा जोड दिनपर्ने बताए। नेकपाका प्रदेश सभा सदस्य पूर्णा जोशीले भनिन– सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका क्वारेन्टाइनमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। त्यसैले अब होम क्वारेन्टाइनतिर ध्यान दिनुपर्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेकपाका प्रदेश सभा सदस्य महेशदत्त जोशीले सुदूरपश्चिम प्रदेशको अवस्थाले नभई वेरोजगारीका कारण कोरोना भाइरसको संक्रमण बढेको दाबी गरेका थिए। 'यहाँ रोजगार नहुँदा यस प्रदेशका धेरै मानिस भारत गए। अहिले फर्किएकाहरुका कारण यहा कोरोना संक्रमण बढ्यो।  विद्यालय वा अन्य ठाउमा क्वारेन्टाइनमा राख्ने प्रबन्धको साटो अब होम क्वारेन्टाइनमा जोड दिनु आवश्यक छ।'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले स्वाब परीक्षणको दायरा बढाउन माग गरे। कांग्रेसकै डिल्लीराज पन्तले कोरोनाका कारण सरकारले मात्र नभएर प्रदेशसभा सदस्यहरुले समेत जनताको गाली खाइरहेको गुनासो गरेका थिए। 'हामीकहाँ भारतबाट कति जना आए भन्ने स्पष्ट तथ्यांक छैन। कोरोनाका लागि स्पष्ट जवाफ चाहियो। कहाँ कहाँ के अपुग भएको छ ? किन सरकार आलोचित भइरहेको छ,’ उनको भनाइ थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७  २१:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्