काठमाडौं- सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाएपछि स्वत:फुर्त रुपमा बजारहरु खुल्न थालेका छन्। चैत ११ गतेबाट सुरु भएको लकडाउन दुई महिना नाघिसक्दा पनि सरकारले खोल्ने तयारी नगरेपछि व्यापारीहरु आफैं खोल्न कस्सिएका हुन्।
बुधबार काठमाडौंको जोरपाटीबाट सुरु भएको अवज्ञा बिहीबार न्युरोडसम्म पुगेको छ। आज न्युरोडका अधिकांश पसल खुलेका छन्।
सरकारले लकडाउनका कारण कोरोना संक्रमण रोकिएको दावी गरे पनि हाल देशभर २३ सयभन्दा धेरै संक्रमित भएका छन्। ९ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ।
काठमाडौंका सडकमा बिहानैदेखि मानिसको भीडभाड देखिन्थ्यो। खाली देखिने सडकमा बाक्लै सवारी साधन चलेका थिए। उपत्यकाको यही अवज्ञालाई ध्यानमा राखेर उपत्यकाका सिडियोहरुको आकस्मिक बैठक पनि बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।