काठमाडौं- गृह मन्त्रालयले स्वास्थकर्मीमाथि हातपात तथा कुटपिट गर्ने र दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको छ।
बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृहले उक्त निर्देशन दिएको हो। कोरोना भाइरस (कोभिड १९ )को माहामारी समेत जोखिम मालेर ड्युटीमा खटिएका स्वाथ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद् भएको भन्दै त्यस्तो गर्नेलाई तत्काल कारबाही गर्न गृहले निर्देशन दिएको जनाएको छ।
कोरोनाको उपचारमै खटिएका एक स्वाथ्यकर्मीमाथि बुधबार मात्रै रौतहटमा कुटपिट भएको थियो। यसअघि पनि विभिन्न ठाउँमा स्वाथ्यकर्मीमाथि कुटपिट तथा दुर्व्यवहारका घटना हुँदै आएका छन्।
आफुहरु नै असुरक्षित भएकाले काम गर्ने बाटो नभएको भन्दै स्वास्थ्यकर्मीले समेत चिन्ता व्यक्त गर्न थालेका छन्। यस्तो अवस्थामा तत्कालै पीडिले राहत महसुस हुने गरी कारबाही गर्न गृहले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।