काठमाडौं- लोकसेवा आयोगले अन्तर्वार्तामा सहभागी हुनेहरूका लागि कोरोना परिक्षणको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ। आयोगले मंगलबार एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो।
उपत्यका बाहिरबाट आएका उम्मेदवार र लकडाउन अवधिमा काम विशेष परी उपत्यका बाहिर गएका उम्मेदवारका लागि मात्र यस्तो व्यवस्था लागू उसले स्पष्ट पारेको छ।
जेठ १९ गते आयोगले निर्णय गर्दै राजपत्रांकित प्रथम श्रेणीका सबै उम्मेदवारको द्वतीय चरणको परीक्षा र अन्तर्वार्ता संचालन गर्ने निर्णय गरेको थियो।
सो अनुसार मामला प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रममा सहभागी हुन उसले पिसिआर रिपोर्टको सक्कल प्रति आयोगमा बुझाउन अनिवार्य रहेको भन्दै सूचना जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।