काठमाडौं- बाँकेको राप्तीसोनारी- २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा मृत्यु भएका १२ सहित सबै घाइतेको पहिचान खुलेको छ।
दुर्घटनामा परी ११ जनाको घटना स्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा २१ जना घाइतेको समेत पहिचान खुलेको हो।
भारतबाट नेपाल प्रवेश गरेका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राति १२ बजेतिर रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो।
सो गाडी रोकिरहेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो।
घाइते र मृतहरूको विवरण यस्तो छ;
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।