बेंगलुरु- आइपिएल क्रिकेटमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १९ रनले पराजित गरेको छ।
दुवै इनिङमा गरी ४ सय १५ रन बनेको खेलमा जित हात पारेसँगै राजस्थान अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। बैंग्लोरको भने यो तीन खेलमा दोस्रो हार हो।
पहिले ब्याटिङ गरेको राजस्थानले ४ विकेटको नोक्सानीमा २ सय १७ रन जोड्यो। राजस्थानका लागि सन्जु सामसनले नटआउट ९२ रन जोडे। उनले ४५ बलमा २ चौका र १० छक्का प्रहार गरे। राहुल त्रिपाठीले ५ बलमा नटआउट १४, बेन स्टोक्सले २१ बलमा २७ रन र क्रिस ओएक्सले १४ बलमा २३ रन जोडे। त्यसअघि कप्तान अजिन्का राहाणेले २० बलमा ३६ रन बटुले।
२ सय १८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ६ विकेटको क्षतिमा १ सय ९८ रन जोड्यो। मन्दीप सिंहले २५ बलमा नटआउट ४७ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। कप्तान विराट कोहली ३० बलमा ५७ रन जोडेर आउट भए। क्वान्टन डेककले २६ रन जोड्दा वासिङ्टन सुन्दरले १९ बलमा ३५ रनको योगदान गरे।
बलिङतर्फ राजस्थानका श्रेयस गोपालले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।