बेइजिङ- चीनका एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेशन कमिशनले शनिबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै कोरोना भाइरसको भ्याक्सिन यो वर्षको अन्तिमसम्म वितरणका लागि बजारमा आउने जनाएको छ।
वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्स र बेजिङ्ग इन्टिच्युट अफ बायोलोजिकल प्रोडक्सका तर्फबाट तयार गरिएको भ्याक्सिनको ट्रायल २ हजार मानिसमा गरिएको थियो। २९ मेमा यो पोष्ट सार्वजनिक गरिएको थियो। भ्याक्सिन दोस्रो चरणको ट्रायलमा चलिरहेको बिबिसीले उल्लेख गरेको छ।
रुसमा भ्याक्सिनको क्लिनिकल ट्रायल
समाचार एजेन्सी रोयटर्सका अनुसार रुसका स्वास्थ्यमन्त्रीले अबको दुई हप्ताभित्र वैज्ञानिकहरूले भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने तयारी गरेको बताए। कोरोना भाइरसको संक्रमितको संख्यामा रुस तेस्रो नम्बरमा रहेको छ। अमेरिका र ब्राजिल पहिलो र दोस्रो नम्बरमा रहेका छन्। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले अर्को हप्ता भ्याक्स्निको क्लिनिकल ट्रायल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।