कैलाली- कैलालीको एक रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि आक्रमण भएको छ। टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत विफा चौधरीमाथि शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।
टीकापुर नगरपालिका- १ को ब्लक नम्बर १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राती उनको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
चौधरीलाई उनकै कोठाबाट हात बाँधेको अवस्थामा उद्धार गरिएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए। उपचारपछि चौधरीलाई आमाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यता कैलालीको टीकापुरबाट प्रशारण हुँदै आएको रेडियो नमस्तेकी सहकर्मी एवं प्राविधिक पत्रकार चौधरीमाथि अज्ञात समूहबाट भएको संघातिक एंव सुनियोजित हत्या प्रयास भएको भन्दै नेपाल पत्रकार महासंघ कैलाली शाखाले छानबिन गर्न माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।