काठमाडौं- धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। यसको ४.८ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ।
धादिङको सुनौला बजार केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।