काठमाडाैं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको छ।
आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८ सय ६८ डलर कायम भएको छ। बजेट भाषण गर्दै अर्थमन्त्रीले हवाई इन्धनमा लगाईकाे पूर्वाधार कर घटाउने निर्णय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।