• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पर्यटन ऐन छिट्टै : मन्त्री भट्टराई

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १६, २०७७  १४:०६
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन्। 

१३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री भट्टराईले मन्त्रालयले पर्यटन व्यवसायीहरुसँग, बुद्धिजीवीहरुसँग विभिन्न चरणमा पर्यटन ऐनमाथि छलफल गरेको जानकारी दिए। सुझाबलाई ध्यान दिँदै पर्यटन ऐन छिट्टै नै संघीय संसदमा प्रस्तुत गर्ने उनको भनाई छ।

‘विगतमा हाम्रो समझदारीबाट, केही आदेशवाट केही काम हुँदै आएको सिलसिलामा केही समयदेखि हामी कानुनी हिसावले पनि यो क्षेत्रलाई व्यवस्थित गर्ने काममा लाग्दै आएका छौं’, उनले भने, ‘अब छिट्टै नै पर्यटन ऐन संसदमा जाँदैछ।‘

मन्त्री भट्टराईको सम्बोधनको पूर्णपाठः
आज हामीले अत्यन्तै उत्साहजनक र उल्लाहसमय वातावरणमा यो कार्यक्रम आयोजना गर्नुपर्ने दिन हो । किनभने, सगरमाथा नेपालमा छ, नेपालमा मात्र छ । यो नेपालको पहिचानसँग पनि गाँसिएको छ । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विशेषतासहितको सगरमाथा नेपालमा छ, जसलाई विश्वभरीका मान्छेहरुले एक पटक छुन चाहान्छन् । देख्न चाहान्छन् । यस्तो एउटा अमूल्य प्राकृतिक निधि हामीसँग नेपालमा छ । त्यसको एउटा उत्सव मनाउने दिन हो आज । जसलाई हामीले अन्तर्राष्ट्रिय सगरमाथा दिवसकारुपमा सन् २००८ देखि मनाउँदै आएका छौं । आज कोभिड –१९ को प्रकोपका कारणले हामीले उत्साहजनक र सार्वजानिक समारोहकासाथ यो कार्यक्रम आयोजना गर्न सकिरहेका छैनौं । तरपनि, हाम्रो मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा गठित आयोजक समितिको तर्फवाट यो कार्यक्रम सानो उपस्थितिमा भएपनि आयोजना भएको छ । यस अवसरमा यहाँ उपस्थित सम्पूर्ण साथीहरुलाई म स्वागत गर्न चाहान्छु । र, यो कार्यक्रम आयोजनाका निम्ति धन्यवाद भन्न चाहान्छु ।

सन् १९५३ देखि आजसम्म आउँदा थुप्रै स्वदेशी तथा विदेशी व्यक्तित्वहरुले सगरमाथाको आरोहण गर्नुभएको छ । त्यसक्रममा थुप्रै नेपाली र विदेशी पर्वतारोहीहरुले आफ्नो जीवन सगरमाथामा नै सुम्पनु भएको छ । आरोहणकाक्रममा उहाँहरुको दुखद निधन भएको छ । म नेपाल सरकारका तर्फबाट ती सम्पूर्ण स्वदेशी तथा विदेशी आरोही जसले सगरमाथा आरोहणका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुभएको छ, उहाँहरु सबैलाई भावपूर्ण श्रद्धान्जली व्यक्त गर्न चाहान्छु । उहाँहरुको साहस र योगदानलाई स्मरण गर्न चाहान्छु । साथै, उहाँहरुका सम्वद्ध परिवारलाई समवेदना भन्न चाहान्छु ।

१९५३ मे २९ मा पहिलो पटक सगरमाथामा मानव पाईला पुगेको थियो । त्यसमा हाम्रै नेपाली तेन्जिङ नोर्गे शेर्पा र उहाँको साथमा सर एडमण्ड हिलारीले सगरमाथाको पहिलो पटक आरोहण गर्नुभयो । म आजको दिनमा उहाँहरुलाई पनि सम्झन चाहान्छु । उहाँहरुको आरोहण पश्चात नै सगरमाथामा पाईला टेक्न सम्भव छ भन्ने आत्मविश्वास मानव जातिमा जागृत भयो । र, त्यसपछि आजसम्म आईपुग्दा ६ हजार ५ सय १ जनाले सगरमाथाको सफल आरोहण गर्नुभयो । त्यसमा झण्डै ३ हजार ४ सय ७८ जना नेपालीले सगरमाथाको आरोहण गर्नुभएको छ । यो हामी सबैका लागि खुसीको कुरा हो । सफलताका साथ सगरमाथा आरोहण गर्ने सबै स्वदेशी तथा विदेशी व्यक्तित्वहरुलाई पनि म आज सम्झन चाहान्छु । र, उहाँहरुलाई सम्मान प्रकट गर्न चाहान्छु ।

यसक्रममा सगरमाथालगायतका हिमाल आरोहणका क्रममा सम्वन्धित भएर नेपालमा थुप्रै गतिविधिहरु भएका छन् । पर्वतारोहण संघको स्थापना भएको छ । नेपाल सरकारका पर्यटन विभाग, पर्यटन बोर्ड लगायतका विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा हाम्रा पर्यटन व्यवसायी साथीहरु र विभिन्न संघ संगठनको संयुक्त पहलकदमीमा सगरमाथालाई अझ व्यवस्थित गर्ने, यसको आरोहणलाई व्यवस्थित गर्ने लगायतका काममा हामीले निरन्तर प्रगति हासिल गरिरहेका छौं । यसक्रममा केहि नमिठा अनुभव पनि होलान् । तर, अधिकाशं सुखद् अनुभव छन् । 

सन् २०१९ सम्मको तथ्याङ अनुसार, नेपाल सरकारले हिमाल आरोहणको सिलसिलामा झण्डै ५६ करोडभन्दा वढी रोयल्टी प्राप्त गरेको छ । सगरमाथाबाट मात्रै करिव ४५ करोड रोयल्टी हामीले प्राप्त गरेका छौं । त्यतिमात्र होईन, यसले सयौं÷हजारौं मानिसहरुलाई स्वरोजगार बनाएको छ । हिमाल आरोहीहरु छन्, पथ प्रर्दशकहरु छन्, भरियाहरु छन् र अरु थुप्रै यससँग जोडिएका काममा संलग्न मानिसहरुको ठूलो संख्या छ । त्यसैले हिमाल आरोहण आफैमा रोजगारीको ठूलो बजारकारुपमा रहेको छ । भोलीका दिनमा यसमा अझै ठूलो संख्यामा नेपाली दाजुभाई दिदीवहिनीहरु संलग्न हुदै जानु हुनेछ भन्ने मैले विश्वास लिएको छु । 

Ncell 2
Ncell 2
nimb
nimb

हिमाल आरोहणका सन्दर्भमा नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा आरोहीहरुले पनि केहि कुरा उठाउनु भएको छ । ती कुराप्रति हामी सम्मान व्यक्तm गर्न चाहान्छौं । यस सन्दर्भमा विगतमा हाम्रो समझदारीवाट, केहि आदेशवाट केहि काम हुँदै आएको सिलसिलामा केहि समयदेखि हामी कानुनी हिसावले पनि यो क्षेत्रलाई व्यवस्थित गर्ने काममा लाग्दै आएका छौं । अब छिट्टै नै पर्यटन ऐन संसदमा जादैछ । मन्त्रालयले पर्यटन व्यवसायीहरुसँग, वुद्धिजीविहरुसँग विभिन्न चरणमा पर्यटन ऐनमाथि छलफल गरेको छ । उहाँहरुका सुझाव समेतलाई ध्यान दिदैं पर्यटन ऐन छिटै नै संघीय संसदमा प्रस्तुत गर्दैछौं । हिमाल आरोहणका क्षेत्रमा देखिएका समस्याहरुलाई नियमन गर्ने, आरोहीहरुको हितलाई सुनिश्चित गर्ने र नेपालको पर्वतारोहण क्षेत्रवाट हाम्रो अर्थतन्त्रलाई थप वलियो बनाउने, रोजगारी सृजना गर्ने लगायतका काममा त्यो ऐनले हामीलाई थप मद्धत गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु ।

त्यस सन्र्दभमा विशेष गरि हाम्रा नेपाली आरोहीहरुको जीवन रक्षाको कुरा पटक पटक उठिरहेको छ । म सरकारको तर्फबाट, मन्त्रालयको तर्फबाट पर्वतारोहण संघ, हाम्रा विभिन्न संघसंस्था, मन्त्रालयका निकायहरु बसेर यस विषयमा ठोस निष्कर्षमा पुग्नेछौं भन्ने विश्वास दिलाउन चाहान्छु । एउटा स्थायी खालको पर्वतारोही कल्याण कोष हामी बनाउन सक्छौं । त्यो अक्षय कोषका रुपमा रहन सक्छ । पर्वतारोही साथीहरुको उपचार, वृद्धि विकास लगायतका जीवन रक्षाका अति आवश्यक कामहरुमा त्यो कोषलाई खर्च गर्न सकिन्छ । त्यो अवधारणमा हामी छलफल गरौं र एउटा निष्कर्ष पुगौं । त्यसमा सरकारका तर्फबाट योगदान गर्न हामी तयार छौं । साथै, हाम्रा पर्यटन क्षेत्रका साथीहरुवाट पनि त्यसमा योगदान हुनेछ । अरु कतिपय वैदेशिक क्षेत्रहरुबाट पनि त्यसमा योगदान हुनेछ भन्ने म आशा व्यक्त गर्दछु ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा हामीले विगतमा पनि थुप्रै व्यक्तित्वहरुलाई सम्मान गर्ने, पुरस्कृत गर्ने गर्दै आएका थियौं । यस पटक कोभिड–१९ का कारण यो काम सम्भव भएको छैन । जब नेपाली समाज यो कोभिड–१९ को त्रासवटा विस्तारै मुक्त हुँदै जान्छ, यसलाई हामी नियन्त्रण गर्दै जान्छौं, रोकथाम गर्दै जान्छौं, त्यसपछि हाम्रो पर्यटन क्षेत्रमा फेरी एउटा नयाँ रक्त संचार हुनेछ । आज गर्न नसकेका कतिपय कार्यक्रमहरु त्यसक्रममा आयोजना गर्नेछौं । सगरमाथा नेपाल छ भन्ने कुरामा जति हामीलाई गर्व छ, त्यत्तिकै हाम्रा लागि चुनौतिहरु पनि छन् । यसको स्वच्छता, सुन्दरता, सरसफाईलाई कायम राख्न धेरै नै चुनौतिका कुराहरु छन् । त्यसका निम्ति विगत वर्षमा हामीले नेपाल सरकारका विभिन्न निकायहरु र अन्तर्राष्ट्रिय निकायहरुसमेतको सहभागितामा  सगरमाथा सफाई अभियान चलायौं । त्यसले ठूलो उत्साह जगाएको थियो । दशौं  हजार टन फोहोर हामीले काठमाण्डौंसम्म ल्याएर व्यवस्थित गर्न सक्यौं । त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सकरात्मक छवी बनाएको थियो । यस वर्ष पनि त्यो कार्यक्रमलाई हामीले निरन्तरता दिने सोच बनाएका थियौं । तर, कोरोनाकै कारण त्यो काम हुन सकेको छैन । उपयुक्त समयमा फेरी हामी सगरमाथा लगायतका हिमालहरुको सफाई अभियानलाई अगाडी बढाउने छौं । त्यसमा हामी सबैको सहभागिताको अपेक्षा गर्दछौं । हामी सँगसँगैं त्यसमा जाने नै छौं ।

पर्वतारोहणको क्षेत्रमा, हिमाल आरोहणको क्षेत्रमास्वत प्राप्त गरेको (कसैले दावी गर्नु नपर्ने) नेपालको विशिष्ट पहिचान भएको हुनाले हाम्रो देशवाट हजारौंको संख्यामा पर्वतारोहणसँग सम्वन्धित जनशक्ति उत्पादन गर्न सकिन्छ । नेपालकै बजारमा पनि त्यो जनशक्ति खपत हुन्छ भने अन्तर्राष्ट्रिय बजारमा पनि त्यसको ठूलो माग भईरहेको छ । त्यो कुरालाई ध्यान दिदैं मन्त्रालयको तर्फबाट पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिष्ठानको अवधारणा हामीले अगाडी बढाईरहेका छौं । हिजो मात्र     आगामी आर्थिक वर्षको वजेट वत्तव्यका क्रममा त्यो कुरा आएको छ । त्यसको पनि ऐन बनेर मन्त्रिपरिषद्मा छलफलकाक्रममा रहेको छ । यो काम अगाडी बढेपछि हाम्रा पर्वतारोही साथीहरुले एउटा प्राज्ञिक प्रमाणपत्र प्राप्त गर्न सक्नुहुनेछ, जुन अन्तराष्ट्रिय मान्यताको हुनेछ । र, उहाँहरु विभिन्न ठाऊँहरुमा प्रशिक्षककारुपमा सहभागी हुन सक्नुहुनेछ । त्यसले हामीलाई रोजगारीका हिसावले पनि ठूलो मद्धत गर्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल सरकारले पर्वतारोहण क्षेत्रमा पर्यटन मन्त्रालय नै खडा गरेर अगुवाई गर्दै आएको छ । यसक्रममा आज हामीले सम्झनै पर्छ –पूर्वमन्त्री, पर्यटन क्षेत्रका एकजना विज्ञ डा हर्क गुरुङ । जो नेपालको पहिलो पर्यटन मन्त्री पनि हुनुहुन्थ्यो । त्यसयता दर्जनौं मन्त्रीहरु यो मन्त्रालयमा नेतृत्व गर्न आउनु भयो । दर्जनौं सचिवहरु, अरु कर्मचारी साथीहरु आउनु भयो । उहाँहरु सबैले आआफ्नो कालमा नेपालको पर्यटन तथा पर्वतारोहणका क्षेत्रमा र यो मन्त्रालयले कार्यसम्पादन गर्नुपर्ने संस्कृति तथा उड्डनका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । आज मन्त्रालयका तर्फबाट  हाम्रा समपूर्ण अग्रजहरुलाई पनि सम्झन चाहान्छु । उहाँहरुको योगदानको कदर गर्न चाहान्छु ।
हिमाल आरोहण र अन्य विभिन्न सिलसिलामा विशेषगरि उद्दार (रेस्क्यू) को काममा विगतका केहि नकरात्मक पाटाहरुलाई हामी सबैले सम्झनु पर्छ ।

त्यसलाई नियन्त्रण गर्दै, नियमन गर्दै रेस्क्यूलाई ठिक ढंगले अगाडी बढाउन हामी  प्रतिवद्ध छौं र त्यसका निम्ति आवश्यक नियमहरु, ऐनहरु हामीले बनाइ नै रहेका छौं । त्यसवाट नियमन हुदै पनि आएको छ । मलाई विश्वास छ, अब हिमाल आरोहणका क्रममा विभिन्न ठाऊँमा वेपत्ता भएका वा अप्ठेरोमा परेका व्यक्तिहरुलाई तत्काल हामी उद्दार गर्न सक्नेछौं । त्यसले हाम्रो अन्तर्राष्ट्रिय छवीलाई अझै माथि पुर्याउन मद्धत गर्नेछ भन्ने मैले विश्वास लिएको छु । 

आज हामीले जुन परिस्थितबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवस कार्यक्रम आयोजना गर्यौं, हामी अर्को सालको कार्यक्रम पक्कै पनि उल्लासमय वातावरणमा उत्साहका साथे आयोजना गर्न सक्नेछौं । आजको दिनमा नेपाल सरकारको तर्फवाट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तर्फबाट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सम्पूर्ण आरोही मित्रहरुलाई साथै हिमाल आरोहणको क्षेत्रमा क्रियाशील सबै संघ संगठन, दाजुभाई दिदीवहिनी तथा सिंगो मानव समुदायलाई हार्दिक शुभककामना व्यक्त गर्न चाहान्छु । हामी छिट्टै एउटा नयाँ लयमा फर्कनेछौं । हिजोको बजेट प्रस्तुति पछि पर्यटन क्षेत्र पक्कै पनि उत्साहित भएको होला भन्ने मैले ठानेको छु । हाम्रो देशको अर्थतन्त्रको आकार, हाम्रा बाध्यताहरु, हामीलाई पुगिरहेको क्षतिको तुलनामा नै हामीले राहत र उद्धारका प्याकेजहरु अगाडी सार्ने हो ।

व्यवसायी साथीहरुको हितमा, पर्यटन क्षेत्रमा काम गरिरहनुभएका श्रमिक र मजदुरहरुको हितमा नेपाल सरकारले सहुलियत र अन्य कतिपय प्याकेजहरु घोषणा गरेको छ । यसले तत्काललाई राहत त दिने नै छ, साथै छिट्टै नै हामी यसमाथि नियन्त्रण कायम गरेर पर्यटन क्षेत्रलाई फेरी नयाँ ढंगले अगाडी बढाउने छौं । फेरी हाम्रो आन्तरिक र वाह्य पर्यटनको बजार दुनियाँका अगाडी खुला गर्न सक्ने हैसियत छिट्टै निर्माण गर्न सक्नेछौं । त्यसका निम्ति पनि हामी सबै एकतावद्ध हुदै अगाडी बढौं । फेरी एक पटक १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसका अवसरमा हामी सबैको तर्फबाट शुभकामना व्यक्त गर्न चाहान्छु ।

धन्यवाद ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १४:०६
  • #सगरमाथा_दिवस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्