काठमाडौं- सरकारले धार्मिक पर्यटन वृद्धि गर्नका लागि रामायण परिपथ निर्माण गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७मा यसका लागि सरकारले बजेट व्यवस्था गरेको बजेट व्यक्तव्यमा उल्लेख छ।
त्यस्तै बजेटमा जानकी मन्दिर क्षेत्र र मिथिला संस्कृतिको संरक्षण र विकासको लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख गरेको छ।
देवघाट, पाथिभरा, रुरु, विराट क्षेत्र, बराह क्षेत्र, खप्तड क्षेत्र, काँक्रेविहार, हलेसी, गौरीशंकरलगायतका धार्मिक क्षेत्रको विकासका लागि आवश्यक रकम व्यवस्था गरेको अर्थमन्त्री युवराज खतिवडाले संसदमा जानकारी गराए। रामायण परिपथ निर्माणको कार्य सुरु गर्न तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्नाका लागि राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।
त्यस्तै साहित्य, कला तथा संगीत क्षेत्रको उत्थान तथा विकासका साथै सबै समुदायको परम्परागत सीप र सांस्कृतिक मूल्य मान्यताको संरक्षण र सम्वद्र्दधन गर्ने कार्यक्रम सञ्चालनका गरिने बजेटमा उल्लेख छ। त्यसका लागि तथा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रतिष्ठानका लागि आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।