काठमाडौं- सरकारले मोरङको विराटनगर विमानस्थलमा सुविधासम्पन्न आन्तरिक टर्मिनल भवन बनाउने भएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट व्यवस्था गरेका हुन्।
सरकारले विराटनगर विमानस्थलबाट प्रदेश उडान र क्षेत्रीय अन्तर्राष्ट्रिय उडानका लागि समेत हुने गरी टर्मिनल भवन बनाउने घोषणा गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।