काठमाडौं- सरकारले युवा तथा खेलकुद अन्तर्गत् २ अर्ब ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।
सबै प्रदेशमा युवा नवप्रवद्र्धन केन्द्र स्थापन गरिने, युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिने, शारीरिक विकास तथा खेलकुदको विकासका लागि पूर्वाधारुको निमार्ण गर्ने, निर्माणधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि र अन्य क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक रकम बिनियोजन गर्ने बजेटमा उल्लेख छ।
सबै स्थानीय तहमा खेल ग्रामको विकास गरिने, नवौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम बिनियोजन र कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुदको विकासका लागि कर्भडहल बनाउने लगायत कार्यक्रम समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।