काठमाडौं- आगामी आर्थिक वर्षको बजेट बिहीबार दिउँसो ४ बजे संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। बजेट आउन अब केही घण्टा मात्रै बाँकी रहँदा अर्थ मन्त्रालयले अझै काम सकेको छैन।
बुधबार रातभर बजेट लेखन समूह तथा अर्थ मन्त्रालयका दुई सचिव मन्त्रालयमै बसेका छन्। मन्त्री खतिवडा राति १२ बजेपछि निवास गएका थिए। उनी बिहीबार बिहान ७ बजे नै मन्त्रालय फर्किसकेका छन्।
आउँदो वर्षको बजेटमार्फत् कोरोना प्रभावितका लागि सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउने तयारी अर्थ मन्त्रालयको छ। त्यसैगरी रोजगारी सिर्जना, सीप विकास र स्वास्थ्य पूर्वाधारमा बजेट बढ्ने आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।