काठमाडौं- चालु आर्थिक वर्षको फागुनसम्ममा १२६ वटा तुइन विस्थापित भएका छन्।
सबै तुइन झोलुंगे पुलबाट विस्थापन भएको स्थानीय पूर्वधार विकास तथा कृषि सडक विभागले जनाएको छ।
फागुनसम्मको तथ्यांकअनुसार १४४ वटा झोलुंगे पुलको निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालमा तुइन विस्थापनको घोषणा गरेका थिए। त्यसअनुसार देशभरका तुइन हटाउँदै झोलुंगे पुल राख्न थालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।