काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा प्रति व्यक्ति अन्डा उपलब्धता बढ्ने अनुमान गरेको छ।
गत आर्थिक वर्ष २०७५/०७६ मा प्रति व्यक्ति अन्डा उपलब्धता ५२ बाट बढेर ५३ मा पुग्ने सरकारको अनुमान छ।
अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको चालु आर्थिक वर्षको सर्वेक्षणमा दुध र अन्डाको उपलब्धता बढ्ने उल्लेख गरेका हुन। जसमा गत आर्थिक वर्षमा प्रतिव्यक्ति दूधको उपलब्धता ७२ किलो ग्रामबाट ७४ पुग्ने अनुमान गरेको छ।
यसैगरी अन्डाको उपलब्धता भने प्रति व्यक्ति ५३ पुग्ने अनुमान सहितको आर्थिक सर्वेक्षण संसदमा पेस भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।