काठमाडौं- सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट करिब साढे २ लाखले रोजागरी पाएको दाबी गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेस गरेको चालु आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षणमा १ लाख ८८ हजार ३ सय ६७ जनाले रोजगारी पाएको उल्लेख गरेका छन्।
यसरी रोजागरी पाउने युवाले औसतमा १२ दशमलब ४३ दिने रोजगारी पाएको सर्वेक्षणमा उल्लेख छ। जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशका ४० हजार ३ सय ८४ जनाले ७ लाख ७७ हजार २३ दिन बराबरको रोजगारी पाएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
यसैगरी कर्णाली प्रदेशका ३३ हजार ३ जनाले औसतमा ३ लाख ६९ हजार २२ दिन, प्रदेश ५ का २९ हजार ५ सय ५२ जनाले ४ लाख ४२ हजार ७ सय २२ दिन, गण्डकी प्रदेशका १६ हजार ८ सय ६१ जनाले १ लाख ८० हजार ७ सय ५ दिन, बागमती प्रदेशका १८ हजार ५ सय ७ जनाले २ लाख १४ हजार ५ सय १५ दिन, प्रदेश २ का २८ हजार ६ सय ९७ जनाले ३ लाख ३८ हजार ८ सय २३ दिन र प्रदेश १ का २१ हजार ३ सय ६३ जनाले ३ लाख १९ हजार २ सय १० दिन बराबरको प्रधानमन्त्री रोजगार कार्यक्रम बाट रोजागरी पाएको सर्वेक्षणमा उल्लेख छ।
कूल ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ४६ स्थानीय तहले ७ हजार ४ सय ६९ आयोजना सञ्चालन भएको समेत सर्वेक्षणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।