काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक गतिविधिमा आएको संकुचनका कारण लगानी प्रभावित भएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले कोभिडका कारण सरकारी र निजी दुवै लगानी ३.४ प्रतिशतले संकुचित भएको बताएका छन्।
मन्त्री खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा कूल उपभोग ८१.९ र बचत १८.१८ प्रतिशत पुग्ने अनुमान गरिएको संसदलाई जानकारी गराएका छन्। खतिवडाले चालु वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने अनुमान गरिएको जानकारी पनि गराएका छन्।
उनले फागुनसम्ममा आर्थिक गतिविधि नियमित भए पनि चैतबाट लकडाउन भएका कारण आर्थिक गतिविधि संकुचित भएको पनि जनाएका छन्।
खतिवडाले २०७६ फागुनसम्ममा कूल ऋण ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।