काठमाडौं- टिपरको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) को ज्यान गएको छ।
भक्तपुरको नयाँ ठिमीस्थित शंखधर चोकमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सई निमबहादुर घर्ती सोमबार साँझ घाइते भएका थिए।
उनको गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्न्यातले जानकारी दिए।
काठमाडौंबाट भक्तपुर जाँदै गरेको बा ४ख ४७०१ नम्बरको टिपरले सईलाई ठक्कर दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।