• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इच्छुकका सपनामा न्याय खोज्दै तक्मा

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  ०७:३२
1140x725

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ- गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौं।

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ- लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौं।

यस्तै बुलन्द सृजनामार्फत् कवि एवं पत्रकार कृष्णसेन ‘इच्छुक’ राज्यलाई चुनौती दिइरहन्थे। शासक-प्रशासक यसप्रति सहिष्णु हुने कुरै भएन। 

राज्यलाई हाँक दिएकै कारण इच्छुकले विभिन्न समयमा विभिन्न जेलका चिसा–अध्यारा कोठा भोग्नुपर्‍यो। कुटाइ खानुपर्‍यो, यातना सहनुपर्‍यो। अन्ततः जीवनै शासकका निम्ति चढाउनुपर्‍यो, इच्छुकले। 

देशले एउटा होनाहार कवि र पत्रकार गुमायो १३ जेठ २०५९ मा। तक्माले आदर्श पति गुमाइन्। जेठ ६ गते गिरफ्तार गरी महेन्द्र पुलिस क्लब पुर्‍याइएका इच्छुकको हिरासतमै हत्या भयो। 

 

इच्छुकसँगको त्यो भेट
समय २०२६ सालको हो। तक्मा केसी नर्सिङ पढ्दै थिइन्। इच्छुक चाहिँ दाङ, घोराहीको महेन्द्र क्याम्पसमा पढ्दै थिए। 

तक्माका दाइहरू इच्छुकसँगै पढ्थे। दौंतरी थिए उनीहरू। त्यसैले इच्छुक पनि त्यसै सालको एकदिन तक्माको घरमा आए दाइहरूसँग। पहिले देखभेट त्यही बेला भयो इच्छुक-तक्माको। 

Ncell 2
Ncell 2
nimb
nimb


‘उहाँ महेन्द्र क्याम्पसमा दाइसँग पढ्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘दाइसँगै उहाँ एकदिन हाम्रो घरमा आउनुभयो। उहाँहरू साथी-साथी हुनुहुन्थ्यो। त्यसैबेला हाम्रो पहिले देखाभेट भयो।’

पहिलो भेटकै केही समयपछि तक्मा इच्छुकको कवि व्यक्तित्वसँग साक्षात्कार भइन्। ‘उहाँले कविता पनि लेख्नुहुन्छ भन्ने सुनेकी थिएँ,’ उनले सम्झिइन्, ‘पछि दाइको डायरीमा मैले उहाँका एक/दुईटा कविता भेट्टाएकी थिएँ।’

प्रवीणता प्रमाणपत्र तह (पिसिएल)मा नर्सिङ सकेर अनमीका विद्यार्थी पढाउन नेपालगञ्ज गइन् तक्मा। त्यहाँ पाँच वर्ष पढाएपछि नर्सिङमा स्नातक गर्न काठमाडौं आइन्। 

स्नातकको पढाइ सुरु हुनै आँटेका बेला इच्छुक तक्माको हात माग्न आए, सार्थीमार्फत्। त्यतिबेला तक्माले हुन्छ/हुँदैन केही पनि भनिनन्। स्नातकको पढाइसकेपछि मात्रै बिहे गर्ने कुरा सुनाइन्।

Xtrem

Xtrem

इच्छुक पनि उनलाई पर्खेर बसे। अन्ततः २०४८ सालमा बिहे भयो इच्छुक-तक्माको। 

इच्छुक प्रतिरोधी कविता लेख्थे। विद्यार्थी राजनीति गर्थे। सजिलो लयमा थिएन उनको जीवन। तक्मा भने नर्सिङमा स्नातक सकेर नेपालगञ्जमा पढाइरहेकी थिइन्। 

उनको जीवन एक प्रकारले ‘सेटल’ थियो।  

करिअरका हिसाबले कुनै टुंगो नभएको मान्छेलाई किन स्वीकार गरिन् त उनले?

‘उहाँको व्यक्तित्वले गर्दा पनि हो,’ उनले कारण खुलाइन्, ‘उहाँको कवि व्यक्तित्व उति बेलै प्रकट भइसकेको थियो। उहाँ असल व्यक्ति भन्ने पनि मलाई लागेको थियो। म आफैं पनि सक्षम भएकाले आर्थिक पाटो मैले नै भए पनि सम्हाल्न सक्छु भन्ने लागेको थियो।’ 

आफूसँग राजनीतिक चेत पनि भएकाले इच्छुकलाई सजिलै चिन्न सकेको बताउँछिन् उनी। ‘उहाँ राजनीति नै गर्नुहुन्छ भन्ने मलाई थाहा थियो,’ उनले भनिन्, ‘म पनि त्यो बेला सामान्य रूपमा विद्यार्थी राजनीतिमा संलग्न थिएँ। माइतीमा पनि राजनीतिक चेत भएका दाइहरू हुनुहुन्थ्यो। त्यो चेत अलिकति भए पनि मसँग थियो। त्यसैले उहाँलाई चिन्न गाह्रो भएन।’

सम्बन्धको अल्पायु
बिहेपछि निकै कम समय मात्रै उनीहरूले सँगै बिताउन पाए। दशकको वैवाहिक जीवनमा इच्छुकसँग लामो समय सँगै बिताएको सम्झना छैन तक्मासँग। 

‘विवाहको दश वर्षमा अधिकांश समय म काठमाडौं बाहिरै थिएँ,’ उनी भन्छिन्, ‘उहाँ पनि दुई वर्ष त जेलमै बस्नुभयो। हामीले सँगै बिताएको समय त निकै कमै मात्र।’ 

नर्सिङको पढाइ सकेर उनी अध्यापनमा लागिन्। अधिकांश समय काठमाडौँ बाहिरै रहिन्। उता इच्छुक पत्रकारिता र राजनीतिमा व्यस्त रहे। ०५२ देखि ‘माओवादी जनयुद्ध’ सुरु भएपछि इच्छुको धेरै समय जेलमै बित्यो। प्रतिकूल राजनीतिक अवस्थाका कारण उनी खुलम्खुल्ला हिँड्न पाएनन्। 

०५० सालमा उनीहरुकी छोरी जन्मिइन्। छोरीसँग पनि खासै समय बिताउन पाएनन् इच्छुकले। बुबाको हत्या गरिँदा समीक्षा ९ वर्षकी मात्रै थिइन्। उनले पनि धेरै समय बुवासँग बिताउन पाइनन्। ‘बुवाको हत्या गरिँदा छोरी सानै थिइन् त्यो बेला,’ उनी सम्झिन्छिन्, ‘उहाँ छोरीसँग लामो समय बसेको भनेको करिब एक वर्ष जति मात्रै हो।’

इच्छुकलाई वेवास्ता
द्वन्द्वकालीन मुद्दा टुंगो लगाउने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बनाइयो। 

शान्ति प्रक्रिया सुरु भएको १२ वर्ष बितिसक्दा पनि यसको महत्वपूर्ण पाटो संक्रमणकालीन न्यायमा खासै प्रगति भएको छैन। पटक-पटक म्याद थपिएका आयोगको म्याद पछिल्लो पटक एक वर्षका लागि थपिएको छ। 

न्याय पाइएला कि भन्ने आसासहित तक्माले पनि इच्छुक हत्याको मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता गरिन्। तर, आयोगबाट अहिलेसम्म एक पटक पनि आफूहरुसँग सोधखोज नभएको गुनासो उनको छ। ‘आयोगबाट कोही पनि आएर हामीसँग सोधेको छैनन्,’ उनी भन्छिन्, ‘लडाईंमा प्रत्यक्ष समावेश नभएको मान्छेलाई पीडा दिनु, मार्नु भनेको त जघन्य अपराध नै हो। त्यसको निष्पक्ष जाँच भएर आयोगले जे गर्नुपर्ने हो, त्यो गर्नुपर्छ।’

आयोगले केही गर्ला भन्ने धेरै आसा पनि छैन उनीसँग। ‘हेर्दाखेरी केही होला जस्तो पनि देखिँदैन,’ उनको गुनासो छ, ‘मैले निवेदन हालेको पनि यत्रो समय भयो। खैत के भयो? अहिले फेरी आयोगको म्याद थपिँदै छ भन्ने सुन्दैछु। हाम्रो नाममा जागिर खाने काम मात्रै भएको छ कि जस्तो लाग्छ।’

आयोगबाट मात्र होइन् आफ्नै ठानेका नेताबाट पनि इच्छुकप्रति बेवास्ता भएको महसुस उनले गरेकी छिन्। युद्ध हाँकेका नेताहरुसँग पहिलेजस्तो अहिले भेटघाट र हार्दिकता नभएको बताउँछिन् उनी। भन्छिन्, ‘पहिले जस्तो हार्दिकता र बाक्लो भेटघाट छैन्। कहिलेकाहीँ  कार्यक्रममा मात्रै भेटघाट हुने हो। विस्तारै त्यो पनि टाढा-टाढा भएको जस्तो देखिन्छ।’

‘इच्छुकका सपना’ पूरा भए मात्र न्याय
इच्छुकका सपना कति पूरा भए, कति बाँकी नै छन्?,' हाम्रो प्रश्न सुन्ने बित्तिकै तक्माले असन्तुष्टि व्यक्त गरिन्। आफ्नो मूल्यांकनबाट कतै पनि सन्तोष गर्ने ठाउँ नभेट्टाउने बताउँछिन्।

‘त्यो त मैले भनिराख्नुपर्छ भन्ने नै लाग्दैन, सबै जगजायरै छ,’ उनको मूल्यांकन छ, ‘ती सपना अहिले धेरै टाढाजस्तो देखिन्छ। जुन सपनाको लागि युद्ध लडिएको थियो त्यसका सञ्चालकहरु अहिले सरकारमै छन्। रुपमा हेर्दा के-के गरेको जस्तो देखिने तर सारमा हेर्दा जसले जेका निम्ति लडेका थिए उनीहरुले के पाए? आधारभूत तहका जनताले के पाए?’ 

इच्छुकका सपना जति पूरा हुन्छन्, त्यति नै उनीप्रति साँचो न्याय हुने बताउँछिन् तक्मा। ‘मुख्य कुरा उहाँले देख्नुभएको सपनाको हो,’ उनी भन्छिन्, ‘त्यो पूरा भयो भने हामीलाई खुसी लाग्छ। न्याय पाएको महसुस हुन्छ।’

इच्छुकका सपना पूरा गर्न नसकिए कानुनी न्याय भएपनि दिनुपर्ने बताउँछिन उनी। ‘पहिलो त उहाँले देखेको सपना पूरा गर्नु हो’, उनको भनाइ छ, ‘त्यो सपना पूरा गर्न सक्नुहुन्न भने दोस्रो परिवारलाई न्याय दिन सक्नुपर्ने हो। दुइटै न्याय नहुने हो भने यसलाई एउटा बिडम्बना नै भन्नुपर्छ।’

(नेपाल लाइभ अर्काइभबाट। नेपाल लाइभमा यो स्टोरी सर्वप्रथम २०७५ माघ २७ गते प्रकाशित भएको थियो।)

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  ०७:३२
  • #कृष्ण_सेन_इच्छुक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! आइतबार, असोज २५, २०८३
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्