काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य एवम पूर्वगृहमन्त्री जनार्दन शर्माले रुकुमको चौरजहारीस्थित सोती घटनाका दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्।
गत शनिबार अन्तर्जातीय प्रेमलाई लिएर झडप हुँदा जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक र चौरजहारीका टिकाराम सुनारको मृत्यु भएको थियो। जाजरकोटका नवराज विक र चौरजहारीकी १९ वर्षकी युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर युवाहरुबीच भनाभन हुँदा झडप भएर २ जनाको मृत्यु भएको हो।
सामाजिक सञ्जालमा लेख्दै शर्माले महामारीका बेला अपराधिक घटना भएको भन्दै सत्य तथ्य पत्ता लगाई कडा कारबाही गर्न माग गरेका हुन्। अनुसन्धानमा सहयोग पुर्याउन स्थानीय सरकार र पार्टीपक्तिलाई शर्माले आग्रह गरेका छन्।
पूर्व गृहमन्त्रीसमेत भइसकेका शर्मा पश्चिम रुकुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
सोही घटनामा संलग्न भएका भनिएका जाजरकोटका ४ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।