बिबिसी- म्यानमार सरकारले रखाइन प्रान्तमा सामूहिक चिहान भेटिएको बताएको छ।
चिहानमा २८ जनाको शव रहेको र तिनमा अधिकांश महिलाहरु रहेको बताइएको छ । सरकारले शवहरु हिन्दुको भएको बताएको छ भने उनीहरुको रोहिंग्या मुस्लिम चरमपन्थीहरुले हत्या गरेको दाबी गरेको छ।
सरकारले गरेको यस्तो दाबीको स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । पछिल्लो समय रखाइन प्रान्तमा जान सरकारले रोक लगाउँदै आएको छ ।
म्यानमारमा एक महिना अगाडि रोहिंग्या चरमपन्थीहरुले सुरक्षाबलमाथि आक्रमण गरेका थिए । यसपछि म्यानमारको सेनाले चरमपन्थी विरुद्ध अभियान सुरु गरेको थियो।
सेनाको कारबाहीलाई संयुक्त राष्ट्र संघले जातीय हिंसाको संज्ञा दिएको थियो । सेनाले गरेको कारबाहीका कारण चार लाख ३० हजारभन्दा बढी रोहिंग्या मुसलमानहरु विस्थापित भएर बंगलादेशमा शरण लिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।