काठमाडौं- काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमबार बिहान १०:४५ मा प्रकाशित सूचना अनुसार काठमाडौं (टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका ३) मा २७, ४१ र ३७ वर्षीया पुरुषहरुमा संक्रमण देखिएको हो।
त्यस्तै, धनुषामा ३, कपिलवस्तुमा ३, बारामा २३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४ र दैलेखमा ७ जनामा संक्रमण देखिएको छ।
* यसअघिको शीर्षकमा बारामा २१ मात्रै उल्लेख भएकाले सच्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।