काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले अवकास पाउने भएका छन्।
केसीले सोमबार जेठ १२ गते अर्थात भोलिबाट अवकास पाउने भएका हुन्। उनी नेपाल सरकारको २०७६ भदौ २ गतेको निर्णयअनुसार श्रम मन्त्रालयको सचिवको रुपमा कार्यरत थिए।
जीवनकालको ३८ वर्ष १० महिना २० दिन निजामति कर्मचारीका विभिन्न पदमा रहेर सेवा गर्दै आएका सचिव केसीले श्रम मन्त्रालयबाट भने आइतबार नै बिदा लिइसकेका छन्।
मन्त्रालय र मातहत कार्यालयका कर्मचारीहरुले आइतबार एक समारोहकाबीच सचिव केसीको बिदाई गरेका हुन्।
यसअघि उनले राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, तत्कालीन सामान्य प्रशासन मन्त्रालय एवं स्थानीय विकास मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत रही कार्य गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।