काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले घरेलु राजनीति सरकारसँग हजारौं विमती भएपनि राष्ट्रियताको सवालमा कांग्रेस सरकारसँगै रहेको बताएका छन्।
कांग्रेसका केन्दीय सदस्य रहेका पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले अडान लिनुपर्ने दोहोर्याए। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार/प्रतिपक्ष दलको फरक मत नरहने बताए।
‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौं विमती होलान्।' उनले भने, ' तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं।'
सीमाको विषयमा केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक भएको उनले नेपाल लाइभसँग बताए। उनले कतिपय भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।