महोत्तरी– प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खेलकुदबाटै युवालाई अनुशासित बनाइ राष्ट्र विकासमा परिचालन गर्न सकिने बताएका छन्।
आज महोत्तरीको गौशाला–३ स्थित युनिक युवा क्लबद्वारा आयोजित टी–ट्वान्टी क्रिकेट प्रतियोगिता उद्घाटनका क्रममा मन्त्री यादवले युवामा सकारात्मक सोच आए मात्र देशको विकास सम्भव हुने धारणा राखे।
त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले युवाको सपना र खेलाडीको सम्मान गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखे। युवाको ऊर्जाकै कारण देशमा अनेकौँ परिवर्तन सम्भव भएको र यो समयमा पनि युवाको आवश्यकता रहेकाले सहयोगको लागि उनले आग्रह गरे।
कार्यक्रममा स्थानीय नेता लक्ष्मी महतो, इन्टरनेशनल क्योकोशिनका २ नं प्रदेश संयोजक सञ्जीप चौधरीलगायत खेलप्रेमी, राजनीतिकर्मीको सहभागिता रहेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।