• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्याकिङ सामानको उत्पादन र बिक्रीवितरण गर्नेले लेबल, तौल र मूल्य खुलाउनैपर्ने व्यवस्था लागू

प्याकिङ सामानमा ठगी गर्ने दिन सकिए : विश्वबाबु पुडासैनी
64x64
उत्तम काप्री बिहीबार, जेठ ८, २०७७  १७:००
1140x725

काठमाडौं- सरकारले स्टान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) स्वीकृत नियमावलीलाई राजपत्रमा प्रकाशित गर्दै प्याकेजिङ र बिक्रीवितरणमा नयाँ मापदण्ड लागू गरिएको जानकारी दिएको छ। २०७६ फागुनमा नै स्वीकृत भएको सो नियमावली जेठ ५ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कार्यान्वयनमा ल्याएको हो।

राजपत्रमा प्रकाशित सो नियमावलीमा स्टान्डर्ड प्याकेज बनाउनुपर्ने विषय उल्लेख गरिएको छ। नियमावलीमा अब उप्रान्त सामान उत्पादन र आयात गर्ने कम्पनीले प्याकिङ गर्दा अपनाउनपर्ने विषय उल्लेख छ। नियमावलीमा लेबल नराखी मोहरबन्द, प्याकेज वा बिक्री गर्न नपाइने उल्लेख गरिएको छ। तोकिए बमोजिमको जानकारी वा सूचनासहितको लेबल नराखी कसैले मोहरबन्द प्याकेज बनाउन, बिक्री वितरण र आयात गर्न नपाइने व्यवस्था गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। उनका अनुसार अब प्याकिङ सामानमा ठगी गर्ने दिन सकिएको छ। 

मोहरबन्द प्याकेजमा खुलाउनेपर्ने विवरण

  • उत्पादकले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा उत्पादकको नाम र ठेगाना

  • वितरक वा प्याकिङकर्ताले प्याकिङ गरेको मोहरबन्द प्याकेजको हकमा वितरक वा प्याकिङकर्ताको नाम र ठेगाना

  • आयात गरिएका प्याकेजको हकमा आयातकर्ताको नाम र ठेगाना

  • नेपाल बाहिर उत्पादन भएको तर नेपालमा आयात गरी प्याकिङ गरिएको भए आयातकर्ता र प्याकिङकर्ताको नाम र ठेगाना

  • उत्पादक, आयातकर्ता वा वितरकको सम्पर्क ठेगाना, टेलिफोन नम्बर, फ्याक्स वा इमेल

    Ncell 2
    Ncell 2
  • प्याकेजभित्र रहेका उपभोग्य वस्तुको नाम र परिमाण तथा एकभन्दा बढी वस्तु रहेको भए प्रत्येक वस्तुको नाम र परिमाण

  • प्याकेजभित्र रहेको उपभोग्य वस्तुको खुद परिमाण, एकाइ वा संख्याको आधारमा बिक्री वितरण हुने वस्तुका हकमा प्याकेजभित्र रहेको वस्तुको जम्मा संख्या    

  • उत्पादन तथा प्याकिङ गरिएको मिति र आयात गरिएको हकमा सम्भव भएसम्म आयात गरिएको वर्ष र महिना

  • अधिकतम खुद्रा बिक्री मूल्य

  • सम्भव भएसम्म प्याकेजभित्र रहेका वस्तुको आकारप्रकार

यसबाहेक पनि एकै प्रकृतिका प्याकेजमा फरकफरक जानकारी वा सूचना राख्न वा छुट्टै स्टिकर टाँस्न नपाइने व्यवस्था गरिएको पुडासैनीले बताए। तर प्याकेजको खुद्रा बिक्री मूल्यमा परिवर्तन भई मूल्यमा घटबढ भएमा पहिलेको अधिकतम खुद्रा बिक्री मूल्यसमेत देखिने गरी घटेको वा बढेको अधिकतम खुद्रा बिक्री मूल्यको छुट्टै स्टिकर टाँस्न सकिने उनको भनाइ छ। 

'कुनै उपभोग्य वस्तुको प्याकेजमा त्यस्तो वस्तुको उपभोगसँग सम्बन्धित अन्य सहायक उपभोग्य वस्तु पनि समावेश भएको रहेछ भने त्यस्ता सहायक वस्तुहरूको जानकारी मुख्य प्याकेजमा उल्लेख गर्नुपर्नेछ,' महानिर्देशक पुडासैनीले भने, 'तर मुख्य प्याकेजभित्र रहेका सहायक वस्तु स्पेयर पार्टसको रुपमा बिक्री गरिने हो भने त्यस्तो प्रत्येक सहायक वस्तुको विवरणसमेत प्याकेजमा उल्लेख गर्नुपर्ने गरी नयाँ मापदण्ड जारी भएको छ।' 

प्याकिङ सामग्रीमा लगाइएको स्टिकर, छाप वा उल्लेख गरिएको विवरणमा नियमावलीबमोजिम कुनै संशोधन गर्न वा सच्याउन परे नियमावली प्रारम्भ भएको ६ महिनाभित्र त्यस्तो स्टिकर, छाप वा उल्लेख गरिएको विवरण सच्याउनुपर्ने विभागको भनाइ छ। यसैगरी उत्पादक वा प्याकिङकर्ताले उचित कारणसहित त्यस्तो स्टिकर, छाप वा विवरण सच्याउने अवधि थपको लागि निवेदन दिएमा विभागले औचित्यताका आधारमा ६ महिनासम्म थप गरिदिन सक्ने महानिर्देशक पुडासैनीले बताए। 

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी

राजपत्रमा प्रकाशित नियमावलीमा कुनै पनि उपभोग्य वस्तुको प्याकेजको लेबलमा उल्लेख गर्नुपर्ने अंक र अक्षरको न्यूनतम उचाइसमेत समावेश गरिएको छ। उपभोग्य वस्तुको प्याकेजको लेबलमा उल्लेख गरिने अक्षरहरूको उचाई न्यूनतम एक मिलिमिटरका साथै अक्षर फुलाएर, ढालेर, कुँदेर वा छेडेर लेखिने भए न्यूनतम दुई मिलिमिटर हुनुपर्ने व्यवस्था गरिएको छ। अंग्रेजी अंक ‘वान’ र अक्षरहरू 'आइ', 'क्यापिटल आइ'  र 'एल'बाहेक अन्य अंक र अक्षरको चौडाई त्यस्तो अंक वा अक्षरको उचाईको कम्तीमा एक तिहाई हुनुपर्ने नियमावलीमा उल्लेख छ। ५ घन सेन्टिमिटर वा सोभन्दा कम आयतन भएको प्याकेजमा लेबल राख्नुपरे कुनै कार्ड वा स्टिकरमा जानकारी उल्लेख गरी नफुस्किने वा नउप्किने गरी टाँस्न सकिने व्यवस्था नियमावलीमा छ। 

यसैगरी, पेयपदार्थ प्याकिङ गरिने पुनः प्रयोग हुने प्रकृतिका बोतलका हकमा अधिकतम खुद्रा बिक्री मूल्य बिर्को वा बोतल वा दुवैमा लेखिएको हुनुपर्ने नियमावलीमा उल्लेख छ। नियमावलीमा खुद परिमाण र अधिकतम खुद्रा बिक्री मूल्यको अंक छाप्दा वा उल्लेख गर्दा लेबलको पृष्टभूमिभन्दा फरक रङ प्रयोग गर्नुपर्ने छ। तर अंक वा अक्षर सिसा वा प्लास्टिकको सतहमा फुलाएर, ढालेर, कुँदेर वा छेडेर लेखिएको भए फरक रङ प्रयोग गर्न नपाइने नियमावलीमा उल्लेख छ। 

कुनै प्याकेजलाई बाहिरबाट कुनै बट्टा वा अन्य वस्तुले बेरिएको वा छोपिएको भए त्यस्तो प्याकेजमा उल्लेख भएको जानकारी बाहिरबाट बेरिएको वा छोपिएको खोल या प्याकेजमा समेत उल्लेख गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको महानिर्देशक पुडासैनी बताउँछन्। प्याकेजभित्र रहेको उपभोग्य वस्तुको खुद परिमाण उल्लेख गर्दा टैर तौल (खास उपभोग्य वस्तुबाहेक प्याकेजिङ गर्न प्रयोग भएको प्लास्टिक, सिसा, पिपा, टिन, ब्यारल, बाकस, भाँडो, थैलो, बोरा वा त्यस्तो अन्य कुनै वस्तुसहितको तौललाई टैर तौल भनिन्छ) बाहेकको तौल स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ।

प्याकेजभित्र रहेका वस्तुको तौल वा नाप कुनै वातावरणीय कारणले समयअनुसार परिवर्तन नहुने वा नगण्य मात्रामा हुने प्रकृतिका भए त्यस्ता उपभोग्य वस्तुको खुद परिमाण भन्नाले उपभोक्ताले खरिद गर्दा प्राप्त गर्ने परिमाण भन्ने बुझ्नुपर्ने र यस्ता वस्तुहरुमा परिमाण उल्लेख गर्दा ‘प्याकिङ गर्दा’ वा यस्तै अन्य शब्दहरूको प्रयोग गर्न नपाइने नियमावलीमा व्यवस्था छ।

प्याकेजभित्र रहेको उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा नाप वा तौल, संख्या वा नाप, तौल वा संख्याको संयोजन गरी उपभोक्तालाई उपभोग्य वस्तुको परिमाणको बारेमा पूर्ण र सही जानकारी प्राप्त हुन सक्ने गरी उपयुक्त एकाइमा उल्लेख गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

लम्बाईका आधारमा खरिद बिक्री हुने उपभोग्य वस्तुका लागि लम्बाईको एकाई स्पष्ट रुपमा उल्लेख हुनुपर्ने छ भने क्षेत्रफलको आधारमा खरिदबिक्री हुने उपभोग्य वस्तुहरूको लागि क्षेत्रफलको एकाइ उल्लेख हुनुपर्ने छ। आयातनका आधारमा खरिद बिक्री हुने ठोस वा तरल उपभोग्य वस्तुहरूको लागि आयातनको एकाई र संख्याको आधारमा खरिद बिक्री हुने उपभोग्य वस्तुहरुको लागि संख्याको एकाइ स्पष्ट उल्लेख गर्न पर्ने नियमावलीमा उल्लेख छ।

यसैगरी, उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा नाप, तौल वा संख्याको आधारमा मात्र प्याकेजमा रहेको उपभोग्य वस्तुको आकार, प्रकार र संख्यासम्बन्धी पूर्ण जानकारी हुन नसक्ने अवस्था भएमा नाप, तौल वा संख्याबाहेक आकार प्रकार र संख्यासमेत उल्लेख गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको छ। 

नाप वा तौलको एकाइ उल्लेख गर्ने तरिका

  • एक किलोग्रामभन्दा कम तौलको एकाइ भएमा ग्राममा,

  • एक मिटरभन्दा कम लम्बाईको एकाइ भएमा सेन्टिमिटरमा,

  • एक वर्गमिटरभन्दा कम क्षेत्रफलको एकाइ भएमा वर्ग डेसिमिटरमा,

  • एक घन मिटरभन्दा कम आयातनको एकाइ भएमा घन सेन्टिमिटरमा,

  • एक लिटरभन्दा कम आयातनको एकाइ भएमा मिलिलिटरमा,

  • एक किलोग्राम वा सो भन्दा बढी तौलको एकाइ भएमा किलोग्राम र कुनै किलोग्रामको भिन्नलाई दशमलवमा वा ग्राममा,

  • एक मिटर वा सो भन्दाबढी लम्बाईको एकाइ भएमा मिटर र कुनै मिटरको भिन्नलाई दशमलवमा,

  • एक वर्ग्मिटर वा सो भन्दा बढी क्षेत्रफलको एकाइ भएमा वर्ग्मिटर र कुनै वर्ग मिटरको भिन्नलाई दशमलवमा,

  • एक घनमिटर वा  सोभन्दा बढी आयातनको एकाइ भएमाघनमिटर र कुनै घन मिटरको भिन्नलाई दशमलवमा,

  • एक लिटर वा सोभन्दा बढी आयातनको एकाइ भएमा लिटर वा कुनै लिटरको भिन्नलाई दशमलवमा।

यसबाहेक कुनै उपभोग्य वस्तुको परिमाण एक किलोग्राम, एक मिटर, एक वर्गमिटर, एक घन डेसिमिटर, एकलिटर भएमा सुविधाअनुसार ग्राम, सेन्टिमिटर, वर्ग डेसिमिटर, घन सेन्टिमिटर वा मिलिलिटरमा पनि उल्लेख गर्न सकिने नियमावलीमा उल्लेख छ। कुनै मोहरबन्द प्याकेजमा उपभोग्य वस्तुको परिमाण उल्लेख गर्दा दर्जन, स्कोर, ग्रस, गेट ग्रस वा त्यस्तै अन्य शब्दहरुको प्रयोग गर्न नपाइने नियमावलीमा उल्लेख छ। मोहरबन्द प्याकेजमा एकभन्दा बढी फरक आयामका वस्तु भए प्रत्येकको आयाम र खुद्रा बिक्री मूल्य प्याकेज बाहिर र सम्भव भएसम्म प्रत्येक उपभोग्य वस्तुसमेत उल्लेख गर्नैपर्ने नियामावलीमा छ।

यो पनि पढ्नुहोस्

नापतौलमा ठगी गर्नेलाई ५ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ : विश्वबाबु पुडासैनी [अन्तर्वार्ता]आइतबार, भदौ २२, २०७६

कुनै उपभोग्य वस्तु आयाम र तौल दुवैमा उल्लेख गर्न सकिनेमा त्यस्तो उपभोग्य वस्तुको मोहरबन्द प्याकेजमा परिमाण घोषणा गर्दा आयाम र तौल दुवै उल्लेख गर्नुपर्ने विभागको भनाइ छ। राजपत्र प्रकाशित स्टान्डर्ड नाप र तौल (मोहरबन्द प्याकेज) नियमावली २०७६ विस्तृत विवरण हेर्नुहोस् तलको पिडिएफमा:

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १७:००
  • #नेपाल_गुणस्तर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो बिहीबार सुन तोलाको २ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार, मंसिर १९, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया-आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुप... बिहीबार, मंसिर १८, २०८२
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले आज चाँदीको भाउ प्रतितोला ३ हजार ६२५ रुपैयाँ तोकेको छ । बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्