• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लकडाउनमा पनि आयल निगमको ध्यान नाफा असुलीमै, बिक्री कम भएको भन्दै ऐनले तोकेभन्दा बढी नाफा

ऐन विपरित डिजलेमा ३० र पेट्रोलमा २३ प्रतिशत नाफा खाँदै, कारबाही गर्न सक्दैनौं: नियामक निकाय
64x64
उत्तम काप्री बिहीबार, जेठ ८, २०७७  ११:३१
1140x725

काठमाडौं- सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउन पटकपटक बढाउँदै जेष्ठ २० गतेसम्म पुर्‍याएको छ। जसले गर्दा जनजीवन अस्तव्यस्त भइरहेको छ। तर, यही अवधिमा नेपाल आयल निगमले भने थप नाफा कमाउने नयाँ सूत्र पत्ता लगाएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको निगमले ऐन विपरीत पेट्रोल, डिजल र  मट्टितेल  नाफा लिँदै आएको छ।

निगमले अहिले पेट्रोल प्रतिलिटर ९६ रुपैयाँमा बेच्दै आएको छ। त्यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ८५ रुपैयाँमा बेच्दै आएको छ। यो मूल्यमा निगमले अहिले प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजलमा २५ रुपैयाँ ६९ पैसा र मट्टितेलमा ५५ रुपैयाँ ३५ पैसा नाफा गर्दै आएको छ। यसरी, उसलाई पेट्रोल बिक्रीमा २३ दशमलव ३८ प्रतिशत, डिजलमा ३० प्रतिशत र मट्टितेलमा ६५ प्रतिशत नाफा हुन्छ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने व्यवस्था गरिएको छ। तर, सरकारी संस्थान निगम आफैंले पेट्रोल, डिजल र मट्टितेल बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा खाँदै आएको छ।

निगमले लिँदै आएको यो नाफा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ विपरित रहेको छ। ऐनको दफामा ३ मा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था गरेको छ। ऐनको बर्खिलाप गर्दै  २० प्रतिशतभन्दा बढी नाफा गरी समान बिक्री गरेको अवस्थामा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

कसरी नाफा असुल गर्दैछ निगम?
निगमले अहिले पेट्रोल काठमाडौं उपत्यकामा प्रतिलिटर ९६ रुपैयाँमा बिक्री गरिरहेको छ। जसमा निगमले आफ्नो आधिकारिक वेबपेजमै पेट्रोल बिक्रीमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा फाइदा रहेको उल्लेख गरेको छ। त्यसैगरी डिजल र मट्टितेलमा पनि प्रतिलिटर २५ रुपैयाँ ६९ पैसा र ५५ रुपैयाँ ३५ पैसा नाफा रहेको उल्लेख छ।

 

नेपाल आयल निगमले अहिले दैनिक ३ सय केएल अर्थात ३ लाख लिटर पेट्रोल बिक्री गरिरहेको छ। त्यस्तै,दैनिक १० लाख लिटर डिजल र २० हजार लिटर मट्टितेल बिक्री गरिरहेका छ।

Ncell 2
Ncell 2
nimb
nimb

निगमलाई खाना पकाउने ग्यासमा १ सय ८१ रुपैयाँ नाफा लिइरहेको छ। उसलाई हवाई इन्धनमा पनि फाइदा नै छ।

निगमले अहिले बिक्री गर्ने ५ वटै वस्तुमा फाइदा लिँदै आएको छ। मे १६ पछिका १५ दिनमा ५० करोडभन्दा बढी नाफा हुने निगमकै अनुमान छ।

किन ऐन विपरित नाफा लिँदै इन्धन बिक्री गरेको भनेर आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायलाई सोध्दा उनले नाफा सरकारकै भएको भन्दै अप्रासंगिक उत्तर दिए। ‘बिक्री कम भएका कारण आयाल निमगले मूल्य स्थिर राखेको हो,’ उनले भने,  ‘नाफा भएको रकम पनि सरकारको नै हो। निगम बलियो हुनु भनेको सरकार पनि बलियो हुन हो।’

तर, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भने सरकार आफैंले ऐन विपरित बढी फाइदा लिन नपाउने बताउँछन्। सरकारले लकडाउनको बेला कम बिक्री भएको भन्दै ऐन विपरित बढी फाइदा लिन नपाउने उनको भनाइ छ।
 
‘सरकार आफैंले ऐनको बर्खिलाप गर्छ भने निजी क्षेत्रका व्यवासायीले ऐन विपरित बढी फाइदा लिएको अवस्थामा कसरी कारबाही गर्ने?’, उनले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तो अवस्था सरकारमाथि नै नैतिक प्रश्न उठने उनको भनाइ छ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई किन कालोबजारी गर्ने आयल निगमलाई कारबाही नगर्ने भन्ने प्रश्नमा उनले बढी मूल्य लिए पनि आयाल निगमलाई कारबाही गर्न नसक्ने बताए। सरकारी कम्पनी र निजी व्यापारीको विषय जोडर हेर्न नहुने समेत उनको तर्क छ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ११:३१
  • #नेपाल_आयल_निगम
  • #नाफा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
हुम्लामा चार करोड खसीको व्यापार हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामा... मंगलबार, कात्तिक १०, २०८३
आजको लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार, कात्तिक १०, २०८३
एनपीएलमा ‘चाँदीको बल’ पुरस्कार, पहिलो विजेता बने शेर मल्ल मंगलबार, कात्तिक १०, २०८३
इथियोपियाको ओरोमिया क्षेत्रमा ६० जना क्रिश्चियनको हत्या मंगलबार, कात्तिक १०, २०८३
कमलसिंह ऐरीको घातक बलिङमा विराटनगरविरुद्ध चितवन राइनोज ८ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पहिलो पावर प्ले सकिँदा विराटनगर किङ्सको ४६ रन मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्