काठमाडौं- राष्ट्रिय सूचना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संक्रमित तथा मृतकको स्थायी र हालको ठेगाना राखी विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयले हाल सार्वजनिक गरेको सूचनाले मानिसहरूमा अलमल, दुविधा र त्रास सिर्जना गरेको भन्दै दुवै ठेगाना राखेर सूचना जारी गर्न आयोगले मंगलबार निर्देशन दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनाका कारण कतिपय अवस्था भ्रमसमेत सिर्जना गरेको आयोगमा विज्ञप्तिमा उल्लेख छ। आयोगक प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा संक्रमित र मृत्यु भएको व्यक्तिको ठेगाना फरक फरक हुनसक्ने भएकाले एउटा मात्र जारी गर्दा सर्वसाधरणमा भ्रम तथा अन्यौल भएको उल्लेख छ।
मन्त्रालयले कपनमा बस्दै आएकी संक्रमित महिलालाई उपत्यका बारिहको स्थायी ठेगाना जारी गरेको थियो। त्यस्तै अन्य स्थानका संक्रमितको पनि यही अवस्था भएको गुनासो बढेपछि आयोगले यस्तो निर्देशन मन्त्रालयलाई दिएको हो।
नेपाल लाइभले यसबाट भ्रम सिर्जना भएकाे भन्दै समाचार प्रकाशित गर्दै आएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।