• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २८, २०८२ Sun, Dec 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्य मन्त्रालयले दोहोर्‍याइरहेको कमजोरी : संक्रमित काठमाडौंमा, ठेगाना जिल्लाको

64x64
डिबी खड्का आइतबार, जेठ ४, २०७७  २१:२५
1140x725

काठमाडौं- कपनमा बस्ने १८ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको समाचार आइतबारमात्रै फैलियो। किनभने आइतबार अबेरतिर बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधी र उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी त्यहाँ पुगे। युवती बसिरहेको क्षेत्रलाई सिल गरे। धेरैलाई लाग्यो, 'नयाँ केस थपियो।'  

स्थानीय नगरपालिकाले त्यहाँ कोरोना पोजेटिभ देखिएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालय उक्त ठेगानामा कोरोना संक्रमित देखिएकोबारे मौन रह्यो।

मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा समेत उक्त विषयमा नबोलेपछि धेरैलाई कपनमा बस्ने ती युवती कोरोना पोजेटिभ भएको खबर पत्याउन मुस्किल देखियो।

शनिबार सार्वजनिक उक्त केसबारे बुझ्दै जाँदा पत्ता लाग्यो, स्वास्थ्य मन्त्रालयले त शनिबार बिहान १० बजे नै प्रेस विज्ञप्ति जारी गरेर ती युवती कोरोना पोजेटिभ भएको सूचित गरिसकेको रहेछ। मन्त्रालयले उनीबारे विवरण प्रस्तुत गर्दै लेखेको छ, 'सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला।' 

कपन बस्ने ती युवती स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाही 'निवासी' रहिछन्। सर्लाही निवासी भनेपछि उनलाई काठमाडौंमा खोजिने कुरा पनि भएन। सर्लाहीको स्थानीय तहले खोजी गर्‍यो र उनी काठमाडौंमै रहेको पत्ता लगायो।

मन्त्रालयले विवरण प्रस्तुत गर्दा सर्लाही भनेपनि त्यो उनको स्थायी ठेगानामात्रै रहेछ। उनले कोरोना परीक्षणका लागि स्वाब समेत काठमाडौंमै दिएकी रहिछन्। 

कपनमा फर्निचर उद्योग चलाउँछ उनको परिवार। उनी केही आफन्तसहित केही दिनअघि सर्लाहीबाट काठमाडौं आएकी थिइन्। मोटरसाइकलबाट सर्लाहीदेखि काठमाडौं आएका उनीहरुको कोरोना परीक्षण गर्न स्थानीयले माग गरेपछि प्रहरीले उनीहरुको परीक्षण गराएको थियो। 

टेकुमा पिसिआर परीक्षण भएकी उनी त्यहीँको आइसोलेसन वार्डमा उपचाररत छिन्। तर स्थानीय नगरपालिका भने ढिलो गरी खबर प्राप्त भएपछि आइतबारदेखि सक्रिय भयो। शंकास्पद ठानेर स्वाब लिएदेखि नै थाहा दिने प्रणाली भएको भए उनीसँग सम्पर्कमा आएका व्यक्तिबारे जानकारी पनि रिपोर्ट आउनेबित्तिकै पत्ता लाग्थ्यो। त्यसो नहुँदा ती युवतीको कन्ट्र्याक्ट ट्रेसिङदेखि सिलसम्मका काम आइतबारमात्रै गरियो।

Ncell 2
Ncell 2

त्यही प्रेस विज्ञप्तिमा अर्को व्यक्तिको ठेगाना छ- बर्दिया नार्खु ११ र उमेर २८ वर्षीया महिला। तर आइतबार थाहा लागेको छ, ती महिला नभइ पुरुष हुन्। उनको स्थायी ठेगाना पनि नार्खु नभइ लालपुर रहेछ। बस्ने काठमाडौंमै रहेछन् र स्वाब पनि काठमाडौंमै परीक्षण भएको हो। 

उनलाई कोरोना पुष्टि भएपछि बर्दिया लालपुर शनिबार दिउसोदेखि बन्द गरिएको छ। तर उनी  काठमाडौंको कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका बुझिएको छ। उनी गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं आइपुगेका थिए।

उनी चढेको ट्रकका साहु धनगढी निवासी साहु रहेको ट्रकमा चढेर उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख गोकर्ण गिरीले बताएका छन्।

संक्रमितका परिवारमा २२ जना छन्। सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। तर, काठमाडौंमा उनको कन्ट्र्याक्ट ट्रेसिङ हुने क्रममै छ। 

यसअघि दाङ तुलसीपुर भनिएका एक कोरोना संक्रमित पनि काठमाडौंमै रहेको पाइएको थियो। उनको स्थायी ठेगाना र उमेर समेत गलत पर्दा दाङको तुलसीपुर- ७ र शिक्षण अस्पतालमा त्रास फैलिएको थियो।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारी पनि स्थायी ठेगानाका कारण केही समस्या उत्पन्न भएको स्वीकार्छन्। तर,  स्वाब संकलन गर्ने क्रममा ठेगाना सोध्दा उनीहरुले स्थायी ठेगाना बताउने र फिल्डमा रहेका कर्मचारीले त्यही टिपेर मन्त्रालयको सिस्टममा पठाउने गरेको बताउँछन्।

उनी भन्छन्,  'यस विषयमा हामीले छलफल चलाएका छौं।' तर यसले कन्ट्र्याक्ट ट्रेसिङमा खासै असर नपर्ने उनको दाबी छ। भन्छन्, 'स्वाब संकलन गर्ने कर्मचारीलाई पोजेटिभ आउनेबित्तिकै थाहा हुन्छ र सम्पर्कमा ल्याएर काम सुरु भइहाल्छ।'

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशन : बन्द सत्र आज अपरान्हदेखि, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक आइतबार, मंसिर २८, २०८२
यस्तो रहनेछ देशभरको मौसम आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
रोहित पौडेलले जिते कार शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्