• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्य मन्त्रालयले दोहोर्‍याइरहेको कमजोरी : संक्रमित काठमाडौंमा, ठेगाना जिल्लाको

64x64
डिबी खड्का आइतबार, जेठ ४, २०७७  २१:२५
1140x725

काठमाडौं- कपनमा बस्ने १८ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको समाचार आइतबारमात्रै फैलियो। किनभने आइतबार अबेरतिर बुढानिलकण्ठ नगरपालिकाका प्रतिनिधी र उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधी त्यहाँ पुगे। युवती बसिरहेको क्षेत्रलाई सिल गरे। धेरैलाई लाग्यो, 'नयाँ केस थपियो।'  

स्थानीय नगरपालिकाले त्यहाँ कोरोना पोजेटिभ देखिएको पुष्टि गरेपनि स्वास्थ्य मन्त्रालय उक्त ठेगानामा कोरोना संक्रमित देखिएकोबारे मौन रह्यो।

मन्त्रालयले आइतबारको नियमित पत्रकार सम्मेलनमा समेत उक्त विषयमा नबोलेपछि धेरैलाई कपनमा बस्ने ती युवती कोरोना पोजेटिभ भएको खबर पत्याउन मुस्किल देखियो।

शनिबार सार्वजनिक उक्त केसबारे बुझ्दै जाँदा पत्ता लाग्यो, स्वास्थ्य मन्त्रालयले त शनिबार बिहान १० बजे नै प्रेस विज्ञप्ति जारी गरेर ती युवती कोरोना पोजेटिभ भएको सूचित गरिसकेको रहेछ। मन्त्रालयले उनीबारे विवरण प्रस्तुत गर्दै लेखेको छ, 'सर्लाही रामनगर ४ निवासी १८ वर्षीया महिला।' 

कपन बस्ने ती युवती स्वास्थ्य मन्त्रालयका अनुसार सर्लाही 'निवासी' रहिछन्। सर्लाही निवासी भनेपछि उनलाई काठमाडौंमा खोजिने कुरा पनि भएन। सर्लाहीको स्थानीय तहले खोजी गर्‍यो र उनी काठमाडौंमै रहेको पत्ता लगायो।

मन्त्रालयले विवरण प्रस्तुत गर्दा सर्लाही भनेपनि त्यो उनको स्थायी ठेगानामात्रै रहेछ। उनले कोरोना परीक्षणका लागि स्वाब समेत काठमाडौंमै दिएकी रहिछन्। 

कपनमा फर्निचर उद्योग चलाउँछ उनको परिवार। उनी केही आफन्तसहित केही दिनअघि सर्लाहीबाट काठमाडौं आएकी थिइन्। मोटरसाइकलबाट सर्लाहीदेखि काठमाडौं आएका उनीहरुको कोरोना परीक्षण गर्न स्थानीयले माग गरेपछि प्रहरीले उनीहरुको परीक्षण गराएको थियो। 

टेकुमा पिसिआर परीक्षण भएकी उनी त्यहीँको आइसोलेसन वार्डमा उपचाररत छिन्। तर स्थानीय नगरपालिका भने ढिलो गरी खबर प्राप्त भएपछि आइतबारदेखि सक्रिय भयो। शंकास्पद ठानेर स्वाब लिएदेखि नै थाहा दिने प्रणाली भएको भए उनीसँग सम्पर्कमा आएका व्यक्तिबारे जानकारी पनि रिपोर्ट आउनेबित्तिकै पत्ता लाग्थ्यो। त्यसो नहुँदा ती युवतीको कन्ट्र्याक्ट ट्रेसिङदेखि सिलसम्मका काम आइतबारमात्रै गरियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही प्रेस विज्ञप्तिमा अर्को व्यक्तिको ठेगाना छ- बर्दिया नार्खु ११ र उमेर २८ वर्षीया महिला। तर आइतबार थाहा लागेको छ, ती महिला नभइ पुरुष हुन्। उनको स्थायी ठेगाना पनि नार्खु नभइ लालपुर रहेछ। बस्ने काठमाडौंमै रहेछन् र स्वाब पनि काठमाडौंमै परीक्षण भएको हो। 

उनलाई कोरोना पुष्टि भएपछि बर्दिया लालपुर शनिबार दिउसोदेखि बन्द गरिएको छ। तर उनी  काठमाडौंको कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका बुझिएको छ। उनी गत वैशाख २९ गते लालपुरबाट ट्रक चढेर काठमाडौं आइपुगेका थिए।

उनी चढेको ट्रकका साहु धनगढी निवासी साहु रहेको ट्रकमा चढेर उनी काठमाडौं फर्केको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख गोकर्ण गिरीले बताएका छन्।

संक्रमितका परिवारमा २२ जना छन्। सबैको आज पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। तर, काठमाडौंमा उनको कन्ट्र्याक्ट ट्रेसिङ हुने क्रममै छ। 

यसअघि दाङ तुलसीपुर भनिएका एक कोरोना संक्रमित पनि काठमाडौंमै रहेको पाइएको थियो। उनको स्थायी ठेगाना र उमेर समेत गलत पर्दा दाङको तुलसीपुर- ७ र शिक्षण अस्पतालमा त्रास फैलिएको थियो।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समीरकुमार अधिकारी पनि स्थायी ठेगानाका कारण केही समस्या उत्पन्न भएको स्वीकार्छन्। तर,  स्वाब संकलन गर्ने क्रममा ठेगाना सोध्दा उनीहरुले स्थायी ठेगाना बताउने र फिल्डमा रहेका कर्मचारीले त्यही टिपेर मन्त्रालयको सिस्टममा पठाउने गरेको बताउँछन्।

उनी भन्छन्,  'यस विषयमा हामीले छलफल चलाएका छौं।' तर यसले कन्ट्र्याक्ट ट्रेसिङमा खासै असर नपर्ने उनको दाबी छ। भन्छन्, 'स्वाब संकलन गर्ने कर्मचारीलाई पोजेटिभ आउनेबित्तिकै थाहा हुन्छ र सम्पर्कमा ल्याएर काम सुरु भइहाल्छ।'

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  २१:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ आइतबार, भदौ २८, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्