• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोरोनाको कानुनी अडवड : खुल्ला इजलासमा ५ घण्टा बहस, निर्णय ११ गते

64x64
दुर्गा दुलाल सोमबार, जेठ ५, २०७७  २३:०९
1140x725

काठमाडौं- सोमबार सर्वोच्च अदालत परिसर अन्य दिनभन्दा फरक थियो। बिहानैदेखि सर्वोच्चका कर्मचारी दौडधुपमा थिए। विश्वभर कोरोना भाइरसको महामारीको असर नेपालको न्याय क्षेत्रमा पनि परेको थियो। ५५ दिनदेखि सर्वोच्चमा सेवाग्राही पुगेका छैनन् भने सिमित न्यायाधीश र कर्मचारीमात्र उपस्थित भएर काम गरिरहेका छन्।

बन्दीप्रत्यक्षीकरण र कोरोनासम्बन्धी मुद्दाको सुनुवाई मात्र सुरु गरेको सर्वोच्चले अहिले सरकारी पुनरावेदनहरुको सुनुवाई थालेको छ। तर सोमबार सर्वोच्च परिसकार दृश्य फरक थिए। सर्वोच्च अदालत परिसर अलि खचाखच जस्तै देखिन्थ्यो। सर्वोच्चमा लक डाउनपछि पहिलो पटक सबै न्यायाधीशहरू उपस्थित भएका थिए।

सधैं इजलासभित्र बहस हुने परम्परा कोरोनाको कहरका कारण खुल्ला पालमा आएको छ। २०७२ सालको वैशाख १२ गतेको महाभूकम्पपछि केही समय सर्वोच्चका इजलास खुल्ला पालमा सीमित थिए। त्यस्तै झल्को दिनेगरी सोमबार सर्वोच्च परिसरको पालमा इजलास गठन भएको थियो।

भूकम्पले नभई १९ जना न्यायाधीशको इजलास कोरोना महामारीको कानुनी अडवड फुकाउनका लागि बसेको थियो। सर्वोच्चका कर्मचारी बिहानैदेखि मेहनतले अदालत परिसरमा खुल्ला इजलास बनाएका थिए‍। बिहानै ९ बजे नै प्रधानन्यायाधीश राणाले सम्भवतः न्यायिक इतिहासमै धेरै न्यायाधीशको इजलास गठन गरेका थिए।

आफूसहित १९ न्यायाधीशको इजलासमा उनले न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी,  पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा तोकिएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

ठिक १० बजे प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा उक्त इजलास निरीक्षणमा पुगे। त्यसको एक घण्टापछि इजलास शुरु भयो। अस्थायी इजलासमा बहस गर्न वरिष्ठ अधिवक्ता र सरकारी वकिलहरु तयारी अवस्थामा थिए। नेपाल बारका तर्फबाट एमिकस क्युरीमा आएका वरिष्ठ अधिवक्ता हरिहर दाहाल, सर्वोच्च बारका तर्फबाट शम्भु थापा थिए भने सर्वोच्च बारका अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ पनि तयार रहेका थिए। त्यस्तै सरकारी वकिलको प्रतिनिधित्व महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले गर्दै थिए। त्यस्तै वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी, अधिवक्ताहरु टीकाराम भट्टराई, पुष्पराज पौडेललगायत पनि सहयोगको बहसका लागि  पुगेका थिए। 

शुरुमै प्रधानन्यायाधीश राणाले अहिले विश्वभर आइपरेको कोरोना भाइरसको महामारीको असर अदालतमा पनि परेकाले यो मुद्दाको उठाउ भएको भन्दै शुरु गरे। बहसका क्रममा वरिष्ठ अधिवक्ताहरु दाहाल र थापाले अहिले अध्यादेश पनि जारी हुन नसक्ने, नयाँ कानुन पनि बनाउन समय लाग्ने भएकाले अदालतले नै व्याख्या गर्नुपर्ने तर्क अघि सारेका थिए। उनीहरुले कोरोनाको बारेमा १९ जना न्यायाधीशको इजलासले बोल्ने कार्य भविष्यका लागि पनि काम लाग्ने नजिर निर्माण हुने बताएका थिए। 

सरकारी वकिलको तर्फबाट रेग्मीले अदालती व्याख्या भन्दा कानुन निर्माणमा लाग्नुपर्ने तर्क गरेका थिए। अन्तरिम व्यवस्थापन भएपनि यो विषय प्रशासिनक भएकाले टिप्पणी उठाएर बोल्ने कि नबोल्ने खुल्नुपर्ने किनकी मुद्दा नआएको तर्क उठाएको थियो। इजलास गठन हुने बारे पहिला प्रष्ट हुनुपर्ने तर्क उनले गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनको तर्कमा न्यायाधीश आनन्दमोहन भट्टराईले विवाद त छ नि भनेर प्रश्न गरेका थिए। विवाद भएपनि मुद्दाको रुपमा आउनुपर्ने रेग्मीले तर्क गरे। अलग्गै निवेदन दिएर उक्त मुद्दामा समावेश भएकाहरुको तर्फवाट वरिष्ठ अधिवक्ता बन्दी र भट्टराइले पछि कानुन निर्माण हुनसक्ने तर अहिलेका लागि के गर्ने भन्ने व्याख्या अदालतको बृहत् इजलासबाट हुनुपर्ने तर्क गरेका थिए।

यो बहस पाँच घण्टा चलेको थियो। ११ बजे शुरु भएको बहसले चार बजे किनारा लियो। सर्वोच्चले बहस समाप्त भएपछि यसलाई निर्णय सुनाउनेमा राखेको छ। ११ गते यसमा फैसला गर्ने मिति इजलासले तोकेको छ। फैसला लेखनमा समस्या नभएका उक्त दिनमा न्यायिक इतिहासमा सबैभन्दा धेरै न्यायाधीशको बृहत् इजलासले महामारीको व्याख्या गर्दै देशभरका अदालतका मुद्दाहरुको बारेका निर्णय सुनाउने छ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि देश लकडाउनले ठप्प हुँदा अदालती गतिविधि ५५ दिनदेखि  रोकिएको थियो। अदालती काम कारबाही रोकिँदा मुलुकभरका अदालतमा यसरी महामारीको विषय र अवस्थामा मुद्दा दर्ता गर्ने, हद म्याद, पेसी, तारिख र कानुनी म्यादको विषयमा मौजुदा कानुनमा स्पष्ट कानुनी व्यवस्था नहुँदा आम नागरिकले अन्याय भोग्नुपर्ने अवस्था सिर्जना हुन लागेको थियो।

यसलाई सम्बोधन गर्न कानुनी अडवड फुकाउन इजलास गठन भएको थियो। यसका लागि सर्वोच्च प्रशासन आफैँले टिप्पणी उठाउदै मुद्दाको शुरुवात गरेको थियो। 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  २३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख उनी १८ असोजमा अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए। मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान, १६ भन्दा बढी बैठकमा भाग लिने अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्