काठमाडौं– एसियन्स गेम्स पुरुष छनोट प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । सिंगापुरमा आयोजित प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङहङ भिड्दैछन् ।
खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै टोली एसियन्स गेम्समा छनोट भइसकेका छन् ।
नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा हङकङ पनि बलियो रहँदै आएको छ ।
उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।