काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले अबको एक/दुई दिनमा बजेटले आकार पाउने बताएका छन्। कोरोनाबाट प्रभावित अर्थतन्त्र उकास्न तथा जोखिम न्यूनीकरण एवं आर्थिक पुनरोत्थान हुने गरी बजेटको तयारी गरिएको खतिवडाले बताए।
खतिवडाले एक महिनाअघि अर्थतन्त्रका विषयमा गरिएका अनुमानमा अहिले फेरबदल आएको र एक हप्ताअघि तथा अहिलेको अवस्थामा पनि फरक देखिएकाले सरकारले विभिन्न चरणहरुमा छलफल गरिएको बताए।
खतिवडाले अर्थतन्त्रलाई पुनरोत्थान गर्ने र विकासका गतिविधिलाई पूर्ववत् सञ्चालन गर्ने योजनासहित बजेट आउने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।