• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसिसीसँग मिल्ने योजना नीति तथा कार्यक्रममा राखिएको भन्दै खनाल र रावलले लेखे प्रधानमन्त्रीलाई पत्र

64x64
नेपाल लाइभ सोमबार, जेठ ५, २०७७  १५:०७
1140x725

काठमाडौं– विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषय आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रममा समेटिएको भन्दै नेकपा वरिष्ठ नेता झलना खनाल र स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्। पार्टीमा निर्णय नभई एमसीसी अनुमोदन गर्नेतर्फ अघि बढेको देखिएको बताउँदै उनीहरुले ध्यानाकर्षण पत्र लेखेका हुन्। 

आइतबार बुझाइएको पत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. २११ मा भनिएको छ, ‘लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–वुटवल ४ सय केभी प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ।’ जुन नेपाल सरकार र एमसीसीबीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको जस्तै रहेको पत्रमा खनाल र रावलले उल्लेख गरेका छन्। 

प्रतिनिधिसभामा अनुमोदनको लागि नेपाल सरकारले पेस गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्गनिर्देशन अनुरुप हुनुपर्नेमा केन्द्रीय कमिटीको निर्देशन विपरीत हुन लागेको आशंका जन्माएको उनीहरुले बताएका छन्। 

‘उक्त आयोजना नेपाल सरकारले आफ्नै बजेट व्यवस्था गरी संचालन गर्न खोजिएको हो वा जस्केलाबाट एमसीसीसंगको सम्झौतामा उल्लेखित आयोजनालाई अघि बढाउन खोजिएको हो भन्ने सम्बन्धमा प्रधानमन्त्रीको स्थानबाट नै स्पष्ट गर्नु आवश्यक छ,’ पत्रमा भनिएको छ।

पार्टी निर्णय नभई उक्त सम्झौतालाई संसदबाट अनुमोदन गरिनु हुँदैन भन्ने बहुसंख्यक सदस्यहरुको राय रहेकोले छलफल आवश्यक रहेकोतर्फ उनीहरुले ध्यानाकर्षण गराएका छन्। ‘कार्यदलको प्रतिवेदनको आधारमा सम्झौताका सम्बन्धमा गहन छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने केन्द्रीय कमिटीको निर्णय अनुरुप अविलम्ब पार्टी कमिटीको बैठकमा छलफल गरियोस्,' पत्रमा लेखिएको छ, 'राष्ट्रिय हित, स्वाधीनता र अस्मितालाई सर्वोपरी राख्दै संस्थागत छलफल एवं निर्णयद्वारा समस्याको निराकरण गर्न हार्दिक अनुरोध गर्दछौं।’

२०७६ साल माघ १५ देखि १९ गतेसम्म काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठकमा उक्त सम्झौताका सम्बन्धमा व्यापक बहस र छलफल भएको थियो। अधिकांश सदस्यहरुले नेपालको राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्ने गरी कुनै सम्झौता गरिनुहुन्न भन्ने धारणा व्यक्त गरेकाले तीन सदस्यीय कार्यादल गठन भएको थियो। जसको संयोजक खनाल थिए भने रावल पनि सदस्य थिए। 

पत्रको बोद्यार्थ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थायी कमटी र केन्द्रीय कमिटीलाई दिइएको छ।

यस्तो छ पत्र
कमरेड के.पी. शर्मा ओली,

Ncell 2
Ncell 2
nimb
nimb

सम्माननीय प्रधानमन्त्री, नेपाल सरकार, तथा
अध्यक्ष, केन्द्रीय कमिटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालुवाटार, काठमाण्डौ ।
 विषयः राष्ट्रियता तथा पार्टी निर्णय र पद्धतिको रक्षाबारे ।

प्रिय कमरेड,
आगामी आर्थिक बर्षका लागि २०७७ साल जेठ २ गते संघीय संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रममा नेपाल सरकार तथा एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित विद्युत प्रसारण लाइनसम्बन्धी आयोजना उल्लेख भएकोले पार्टी निर्णय तथा कार्यदलको प्रतिवेदनबारे पुनःस्मरणका लागि यो पत्र प्रेषित गरेका छौं । नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको समयमा २०७४ साल भाद्र २९ गते नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का बीच मिलेनियम च्यालेञ्च कम्प्याक्ट सम्झौता भएको थियो ।

सम्झौता प्रतिनिधिसभामा अनुमोदनका लागि २०७६ सालको बर्षे अधिवेशनमा नेपाल सरकारले पेश गरेपछि सार्वजनिक भएको थियो । मूल सम्झौताको आधारमा अन्य विभिन्न सम्झौताहरु भएका छन्। यी सम्झौताले नेपालको संविधान र कानून, स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमान तथा स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय हितमा आँच पुग्नसक्ने कुरा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनतामा व्यापक रुपमा उठेको थियो । यस सन्दर्भमा हाम्रो पार्टी स्थायी कमिटीको बैठकमा गम्भीर छलफल भएको थियो । पार्टी निर्णय नभई उक्त सम्झौतालाई संसदबाट अनुमोदन गरिनु हुँदैन भन्ने बहुसंख्यक सदस्यहरुको राय रहेको थियो । २०७६ साल माघ १५ देखि १९ गतेसम्म काठमाण्डौमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठकमा उक्त सम्झौताका सम्बन्धमा व्यापक बहस र छलफल भएको थियो । अधिकांश सदस्यहरुले नेपालको राष्ट्रिय हित र स्वाधीनतामा आँच पुग्नेगरी कुनै सम्झौता गरिनुहुन्न भन्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यही धारणा अनुसार नै बैठकबाट तीन सदस्यीय कार्यादल गठन भएको थियो ।

 २०७६ साल फागुन ९ गते प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा तपाई र अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यदलले प्रतिवेदन बुझाएको स्मरण गराइरहनु परोइन । केन्द्रीय कमिटीको निर्णय अनुसार प्रतिवेदनबारे पार्टी कमिटीको बैठकमा यथोचित छलफलको हामी प्रतीक्षामा छौं ।
केन्द्रीय कमिटीको निर्णय, पार्टी पंक्ति तथा देशभक्त जनसमुदायको भावना अनुरुप पार्टीमा पेश गरिएको कार्यदलको प्रतिवेदनमा उल्लेखित तथ्य र सुझावहरुको आधारमा आवश्यक निर्णय गर्नु नै पार्टी पद्धतिसम्मत हुने कुरा स्वयंसिद्ध छ । तर २०७७ साल जेठ २ गते संघीय संसदमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. २११ मा “लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–वुटवल ४ सय के.भी. प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ” भनी नेपाल सरकार र एमसीसीका बीच भएको सम्झौतामा उल्लेखित आयोजना जस्ताको जस्तै उल्लेख गरिएको छ । यसले प्रतिनिधिसभामा अनुमोदनको लागि नेपाल सरकारले पेश गरेको उक्त सम्झौताका सम्बन्धमा पार्टीको मार्ग निर्देशन अनुरुप हुनुपर्ने केन्द्रीय कमिटीको निर्देशन विपरीत हुनलागेको त होइन भन्ने आशंका जन्माएको छ । अतः उक्त आयोजना नेपाल सरकारले आफ्नै बजेट व्यवस्था गरी संचालन गर्न खोजिएको हो वा जस्केलाबाट एमसीसीसंगको सम्झौतामा उल्लेखित आयोजनालाई अघि बढाउन खोजिएको हो भन्ने सम्बन्धमा प्रधानमन्त्रीको स्थानबाट नै स्पष्ट गर्नु आवश्यक छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त सम्झौताका सम्बन्धमा कार्यदलले तथ्यका आधारमा गरेको विश्लेषण र सुझावहरु तपाईले निश्चय नै अध्ययन गरिसक्नु भएको होला । ती सबै कुराहरुलाई यहाँ पुनः उल्लेख गरिरहनु पर्दैन नै । तरपनि सम्झौताको अध्ययन विश्लेषणबाट स्पष्ट तथ्यगत मूलभूत बुँदाहरुलाई संक्षेपमा पुनः स्मरण गराउनुसमयोचित हुनेछ । ती यस प्रकार छन्ः 
१) सम्झौता सार्वभौमिक समानताको सिद्धान्त अनुरुप नरहेको । मूल सम्झौता तथा विभिन्न सहायक सम्झौताका कतिपय प्रावधानहरु नेपालको आत्मनिर्णयको अधिकार र स्वाधीनतामा आँच पु¥याउने किसिमका भएका ।

२) नेपाल हिंसात्मक द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको, अस्थीर राजनीतिक स्थिति र संविधान निर्माणप्रक्रियाको बेला राजनीतिक तहमा आवश्यक जानकारी र छलफल नभई, राष्ट्रिय हित र स्वतन्त्रतामा पर्नसक्ने प्रभावलाई गहिरो गरी नहेरी सम्झौता भएको देखिएको ।

३) एमसीसी अमेरिकी अन्तर्राष्ट्रिय रणनीति र अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको अंग भएको । यस्तोमासामेल हुन नेपालको संविधान, परराष्ट्र नीति र भू–राजनीतिले अनुमति नदिने।

५) सम्झौता नेपालको कानूनभन्दा माथि रहने र अमेरिकाको वर्तमान कानून र भविष्यमा बन्ने कानूनसमेत मान्नु पर्ने ।

६) अमेरिकाको सुरक्षा नीति र स्वार्थको प्रतिकूल नेपालले कुनै काम गरेको भन्ने लागेमा आयोजना तुरुन्त रद्द हुने । तर त्यस्तो सुरक्षा नीति र स्वार्थबारे कुनै परिभाषा नगरिएको ।

७) आयोजना छनौटको अध्ययन समेत एमसीसीकै नेतृत्वमा भएको र सोही अनुसार पहिलेको कार्ययोजनामा परिवर्तन गरी प्रसारण लाइन नयाँ ठाउँबाट लिने योजना बनाइएको । प्रसारण लाइन निर्माण नहुने सिन्धुपाल्चोक जिल्लालाई समेत समेटिएको।

८) विद्युत प्रसारण लाइन र आयोजनामा उपयोग हुने भूमिमा एमसीसीको अनिश्चित कालसम्म नियन्त्रण हुने । नेपाल सरकारको नियन्त्रण र स्वामित्व नरहने । आयोजना पाँच बर्षको भनिएपनि कतिपय प्रावधानहरु अनिश्चित कालसम्म रहने ।

९) नेपाल सरकारले असीमित अधिकार मिलेनियम च्यालेञ्ज एक्ट–नेपाल (एमसीए) लाई दिने तर सरकारले कुनै नीति, निर्देशन दिन र अनुगमन समेत गर्ननपाउने । नेपालको कानूनमा त्यसो गर्नपाउने व्यवस्था नभएको । एमसीए एमसीसी, अमेरिकाको नियन्त्रण र निर्देशनमा चल्ने । एमसीसीले नेपाल सरकारलाई समेत सुझाव सल्लाह दिने र त्यसलाई नेपालले मान्नै पर्ने ।

१०) आयोजनाको संचालन, नियन्त्रण, व्यवस्थापन तथा सुपरिवेक्षणसम्बन्धी नीति, निर्देशन एमसीसीले एमसीए–नेपाल मार्फत दिने ।

११) एमसीसीले जुनसुकै बेला पनि सम्झौता रद्द गर्नसक्ने तर कुनै दायित्व वहन गर्नुनपर्ने । नेपालले ३० दिनको सूचना दिएर सम्झौता रद्द गर्नसक्ने तर धेरै दायित्व बोक्नुपर्ने ।

१२) नेपालले १३ करोड डलर (हालकोविनिमय दर अनुसार करिव रु. १६ अर्ब) आयोजनाका लागि अनुदानको रुपमा दिनुपर्ने तर बौद्धिक सम्पत्तिमा एमसीसीकोअसीमित र एकलौटी अधिकार हुने ।

१३) आयोजना रद्द भएमा नेपालले रकम फिर्ता पाउने प्रावधान नरहेको । एमसीए–खातामा जम्मा हुने रकमको  ब्याज एमसीसीको हुने । आयोजनाको प्रतिक चिन्ह एमसीसीको हुने र नेपाल सरकारको प्रतिक चिन्ह राख्ननपाइने । यसले आयोजना नेपालको नभई एमसीसीको भएको भन्ने अर्थ लाग्ने ।
१४) आयोजनामा नेपाल सरकारका कुनै निकायलाई संलग्न गराउनु परेएमसीसीको स्वीकृति लिनुपर्ने ।

१५) आयोजनाको संचालनमा रहने नागरिक समाज, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको छनौट नेपाल सरकारले गर्ननपाउने, एमसीसीले तोकेको प्रक्रियाबाट हुने ।

१६) सम्झौतामा कुनै संशोधन गर्नुपर्ने भए नेपालको संसद तथा कुनैपनि प्रशासनिक प्रक्रियामा लैजानु नपर्ने ।

एमसीए–नेपालले एमसीसीको स्वीकृतिमा बैठक नै नगरी सो कार्य गर्नसक्ने । एमसीसीले चाहेको जुनसुकै कुरा सम्झौतामा सहजै रहनसक्ने र त्यसबारे नेपाल सरकार र जनताले जानकारी पाउन नसक्ने।

१७) सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सम्झौताको एउटा प्रावधानमा रहेको उर्जा मन्त्रालयको नाम समेत हटाउने गरी संशोधन गर्न अर्थ मन्त्रालय र एमसीसीका बीच पत्राचार भई अर्थमन्त्रीले प्रतिनिधिसभाको विशेषाधिकारको हनन गरेको ।

१८) नेपाल सरकारले सबै आन्तरिक शर्तहरु पूरा गरेको पत्र एमसीसीले पठाएपछि सम्झौता लागु हुने प्रावधान राखिएको । नेपालको संसदबाट अनुमोदन हुने कुरा एकातिर छ भने अर्कोति त्यसभन्दा माथि एमसीसीको स्वीकृति पत्रलाई राखिएको ।

१९) विद्युत उत्पादन, वितरण र महसूल निर्धारण एउटा स्वतन्त्र निकाय र कम्पनीको जिम्मा लगाउने प्रावधान राखिएको। त्यस्तो कम्पनी स्वदेशी, विदेशी, सरकारी वा नीजी कस्तो हुनेछ भन्ने कुरामा मौन रहेको । साथै विद्युत प्रसारण लाइनको संचालन कसले कसरी गर्ने हो भन्ने कुरा उल्लेख नगरिएको । यससम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन माग्दा उपलब्ध नगराइएको ।

२०) आयोजना साझेदारको बारेमा स्पष्ट नखुलाइएको । साझेदारबारे एमसीसीको स्वीकृति हुनुपर्ने र यसमा पुनरावलोकन गर्ने अधिकार पनि एमसीसीमा सुरक्षित राखिएको । यसरी नेपाल सरकारको निर्णयाधिकारलाई सीमित पारिएको ।

२१) एमसीसीको कारण कुनै क्षतिपूर्ति दिनुपर्ने अवस्था आएमा नेपाल सरकारले तिर्नुपर्ने तर आयोजनाको अनुगमन र सुपरिवेक्षणको अधिकार नेपाल सरकारलाई नहुने ।

२२) आयोजनाका कर्मचारी एमसीए–नेपालले नियुक्त गर्ने । नियुक्त हुने व्यक्तिको नागरिकता कुन देशको हो भनी हेर्न नपाइने । विदेशीहरुलाई निर्वाध प्रवेशाज्ञा दिनुपर्ने।

२३) ठेकापट्टा, कार्यान्वयन, निर्देशिका हेरफेर, आदेश, नियमावली आदिका बारेमा एमसीसीको पूर्व लिखित स्वीकृति लिनुपर्ने ।

२४) आर्थिक आयोजनाको नाममा लैङ्गिक एकीकरण र सामाजिक समावेशितासम्बन्धी योजना बनाउने कुरा गरी नेपालको सामाजिक जीवनमा प्रवेश गर्ने उद्देश्य रहेको । वाह्य शक्तिको यस्तो प्रवेश भरखरै द्वन्द्वको व्यवस्थापन गरेको देशका लागि हानिकारक हुनसक्ने।

२५) एमसीए–नेपालको बोर्ड नेपाल सरकारबाट स्वतन्त्र हुने र त्यसको निर्णय न्यायालयबाहेक कुनै सरकारी निकायले पुनरावलोक गर्ननसक्ने । बोर्डले नियम तथा संचालनसम्बन्धी दस्तावेजहरु एमसीसीको स्वीकृति लिएर संशोधन र परिवर्तन गर्नसक्ने तर नेपाल सरकारको यसमा भूमिका नरहने ।

२६) आयोजनाको लागि आवश्यक सामग्रीको प्राप्ति अमेरिकी संघीय कानून बमोजिम एमसीसीले गर्नुका साथै अनुदानको व्यवस्थापन, नियन्त्रण तथा निकासासम्बन्धी सम्पूर्ण अधिकार समेत एमसीसीमा निहित हुनेछ।

२७) एमसीसीका बहालवाला र भूतपूर्व कर्मचारीहरु सम्झौताका गर्नुपर्ने तर नगरिएका कार्यबाट सिर्जना हुने क्षतिबाट पूर्ण रुपमा उन्मुक्त रहने । कूटनीतिक मान्यता अनुरुप उन्मुक्ति हुनसक्ने भएपनि सम्झौता अनुरुप गर्नुपर्ने काम नगरी नेपाललाई क्षति पुग्ने कार्य गर्दा समेत नेपालको कानूनले नछुने प्रावधान राखिएको।

२८) एमसीसीसंग सम्झौता गर्ने पहिलो देश मडागास्कर तथा दक्षिण एशियाका श्रीलंका र मंगोलियाको अनुभव नकारात्मक रहेको। श्रीलंकाले सम्झौता नै रद्द गरिसकेको ।

२९)सम्झौता र कार्ययोजनाका कतिपय प्रावधानहरु संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील र असंलग्नताका सिद्धान्तमा आधारित नेपालको स्वतन्त्र परराष्ट्र नीति, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख शासन व्यवस्था तथा राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानको प्रतिकूल रहेका ।

३०) आयोजनाको छनौटमा एमसीसीलाई चित्त बुझ्दो गरी तथा भारतको सहमति लिएको हुनुपर्ने प्रावधानले नेपालको स्वनिर्णयको अधिकार र स्वाधीनतामा असर पार्ने । यस्तो प्रावधानले भविष्यमा अन्य देशसंग विकास सहायता लिने कार्यमा समेत नराम्रो नजीर स्थापित हुने ।

३१) माथिका बुँदाहरु तथा प्रतिवेदनको प्रकरण ४.४, ५.६, ८.९, १०.६, ११.६ र १२ मा उल्लेखित विषयमा गम्भीर ध्यान दिइनु पर्ने ।
उपर्युक्त कुराहरु हामीले कार्यदलको तर्फबाट पेश गरेको प्रतिवेदनका केही मूल बुँदाहरु हुन् । प्रतिवेदनको अध्ययनबाट त्यसको विस्तृत जानकारी तपाईलाई निश्चय नै भएको होला । नेपालको संविधानको मार्ग निर्देशन तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिद्धान्त, नीति र प्रतिबद्धताको प्रतिकूल उक्त सम्झौतामा रहेका कतिपय प्रावधानहरुमा संशोधन र परिमार्जन नगरी संसदबाट पारित गरिनुनहुने कुरा छर्लङ्ग छ ।

कार्यदलको प्रतिवेदनको आधारमा सम्झौताका सम्बन्धमा गहन छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने केन्द्रीय कमिटीको निर्णय अनुरुप अविलम्ब पार्टी कमिटीको बैठकमा छलफल गरियोस् । राष्ट्रिय हित, स्वाधीनता र अस्मितालाई सर्वोपरी राख्दै संस्थागत छलफल एवं निर्णयद्वारा समस्याको निराकरण गर्न हार्दिक अनुरोध गर्दछौं । धन्यवाद ।
हार्दिक अभिवादन सहित !
भवदीय,
झलनाथ खनाल
संयोजक
नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यलेञ्ज कम्प्याक्ट) र इण्डो–प्यासिफिक स्ट्राटेजीका सम्बन्धमा अध्ययन गरी सुझाव सहित प्रतिवेदन पेश गर्न गठित कार्यदल ।
वरिष्ठ नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।
भीम रावल
सदस्य
नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता (मिलेनियम च्यलेञ्ज कम्प्याक्ट) र इण्डो–प्यासिफिक स्ट्राटेजीका सम्बन्धमा अध्ययन गरी सुझाव सहित प्रतिवेदन पेश गर्न गठित कार्यदल ।
सदस्य, स्थायी कमिटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।

वोधार्थ,
१) अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) केन्द्रीय सचिवालयका सम्पूर्ण सदस्य कमरेडहरु
३) स्थायी कमिटीका सम्पूर्ण सदस्य कमरेडहरु

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १५:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित)
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
सम्बन्धित सामग्री
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीशविरुद्धका उजुरी, संसदीय सुनुवाइ समितिमा छलफल मितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई आमन्त्रण गरी उजुरीकर्तासँग छलफ... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना शनिबार, कात्तिक २१, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
लक्ष्मीपूजामा विद्युतको आपूर्ति झण्डै दोब्बर शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्