• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

विदेशबाट फर्कनेहरुका लागि प्याकेजको तयारी गरिएको छ : राजनप्रसाद श्रेष्ठ [अन्तर्वार्ता]

64x64
निर्मला घिमिरे सोमबार, जेठ ५, २०७७  ०९:१४
1140x725

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)का कारण समग्र विश्व प्रभावित बनेको छ। वैदेशिक रोजगारीमा गएका श्रमिकहरु यसको प्रत्यक्ष मारमा परेका छन्। मलेसिया तथा खाडीका कतिपय मुलुकहरुमा लाखौँ नेपालीहरु समस्यामा छन्। कतिपयको रोजगारी गुमिसकेको अवस्था छ। 

खान र बस्नसमेत समस्या भएर विदेशमा नेपाली युवाहरु बिचल्लीमा परेका घटनाहरु बाहिरिरहेका छन्। स्वदेश फर्कनका लागि सरकारसँग हारगुहार गरिरहेका नेपालीहरुलाई समेत सरकारले फर्काउन सकेको छैन। उनीहरुलाई पनि लकडाउनमा जो जहाँ छ त्यहीँ रहनुपर्ने भन्दै सरकारले यथास्थानमा रहन आग्रह गरिरहेको छ। तत्काल फर्काउन सक्ने अवस्था नरहेकाले खान बस्न समस्यामा परेका श्रमिकहरुको सहजीकरणका लागि कुटनीतिक नियोगहरुमार्फत पहल भइरहेको उल्लेख गरिएको छ। 

अर्कोतिर विदेशमा कोरोना संक्रमित नेपालीहरुको संख्या बढ्दै गएको छ। कोरोनाका कारण ९५ नेपालीहरुले विदेशमा ज्यान गुमाइसकेका छन्। कोरोनाका कारण विदेशमा ज्यान गुमाउनेहरुको अन्त्येष्टी सम्बन्धित मुलुकमै गर्न सुरु गरिए पनि अन्य विभिन्न कारणले ज्यान गुमाउनेहरुका झण्डै डेड सय शव विदेशमा अलपत्र अवस्थामा छन्। यसै सन्दर्भमा रहेर वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँग नेपाल लाइभका लागि निर्मला घिमिरेले गरेको कुराकानीको सम्पादित अंशः 

अहिले विशेषगरी खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई खान बस्न समेत समस्या भएका घटनाहरु बाहिरिरहेका छन्। समस्या सहजीकरणका लागि बोर्ड के गर्दैछ? 
बोर्डले अहिले ४ वटा महत्वपूर्ण काम गरिरहेको छ। ४ वटा महत्वपूर्ण काम भनेको लकडाउन सुरु हुनासाथ दुई हप्ताभन्दा बढी समय लगाएर अहिले कोभिड- १९ महामारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई कस्तो समस्या पर्न सक्छ‚ ती समस्याहरु तत्काल सम्बोधन गर्नलाई सरकारले के कस्तो रणनीतिक भूमिका खेल्नुपर्छ भन्ने कुरामा अध्ययन गरेर अन्ययन प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ। एउटा काम यो भयो। सोही प्रतिवेदनका आधारमा नियोगमार्फत तथ्यांक संकलन भइरहेको छ। पहिलो काम त्यो भयो। 

हामीले बुझाएको रिपोर्टको आधारमा एउटा कार्ययोजना बनेको छ। यो कोभिड उच्चस्तरीय समन्वय समितिबाट स्वीकृत भयो भने बोर्ड, मन्त्रालयलगायत सबै सम्बन्धित निकायबाट कार्यान्वयनमा जान्छ। 

दोस्रो काम युएई, बहराइन, साउदी, मलेसियालगायतका मुलुकमा खान बस्न समस्या परेका श्रमिकहरुको सहजीकरणका लागि बोर्डबाट पैसा पठाएका छौँ। अहिले तत्काल पठाएको ७० लाख हो। तर बोर्डबाट समस्यामा परेका नेपाली श्रमिकहरुको सहजीकरणका लागि नियमित रकम पठाइरहेका हुन्छौँ। नियोगले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक रकम माग गर्दछ। त्यसपछि परराष्ट्रले श्रम मन्त्रालयलाई सिफारिस गर्दछ। मन्त्रालयबाट निर्देशन आएपछि हामी परराष्ट्रमार्फत रकम पठाउँछौं। 

अहिले अलपत्र परेका कामदारहरुलाई कम्तिमा खान बस्नलाई सहजीकरण हुनेगरी हामीले ७० लाख पठाएका हौं। नियोगमा त्यो रकम पुगिसकेको छ। अब नियोगहरुले खान, बस्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्छन्। तेस्रो काम शव व्यवस्थापन। अहिले १ सय ४४ भन्दा बढी शव अलपत्र परेका छन्। लकडाउन तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका कारण शव ल्याउन सकिएको छैन। शवहरु थपिँदै गएको अवस्था छ। लकडाउन सुरु हुनुभन्दा अगाडि नेपाल ल्याउने तयारी भइरहेका ७० वटाभन्दा बढी शवहरु विदेशमा थिए। ती शवहरु ल्याउन नपाउँदै लकडाउन सुरु भयो। शवहरु थपिँदै गएर १ सय ४४ पुगे।  

१ सय ४४ मध्येमा ५ वटाभन्दा बढी शव कोरोनाका कारण मृत्यु भएका श्रमिकहरुको छ। कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको हकमा हामीले उनीहरुका परिवारसँग सम्पर्क गरेर सम्बन्धित गन्तव्य मुलुकमै अन्त्येष्टीको लागि सहमति जुटाउने प्रयास गरिरहेका छौं। किनकी कोरोना भएर मृत्यु भएकाहरुको शव २४ घण्टाभित्र नष्ट गर्नुपर्ने अन्तर्राष्ट्रिय नियम नै छ। हामीले त परिवारबाट सहमति ल्याइदिन्छौं भनेर केही समयको लागि रोकेर राखेका छौं। परिवारसँग सहमति जुटाएर कोरोनाका कारण मृत्यु भएकाहरुको गन्तव्य मुलुकमै सदगद भइरहेको छ। अहिले हाम्रो कलसेन्टरबाट प्रत्येक मृतकका परिवारलाई सम्पर्क गरेका छौं। सम्पर्क गरेर परामर्श दिइरहेका छौं। 

Ncell 2
Ncell 2
nimb
nimb

अन्य कारणबाट ज्यान गुमाएकाहरुको हकमा उनीहरुका हकवालाहरुलाई हामीले दुईवटा विकल्प दिएका छौं। उहाँहरुलाई एकातिर कोरोनाको त्रास अर्कोतिर आफन्त परिवारहरु आफ्ना प्रीयजनको शव महिनौंसम्म कुरेर बस्नुपर्ने दुःखद् परिस्थिति सिर्जना भएको छ। पीडामा शवको  प्रतिक्षा गर्नेबाहेक अर्को विकल्प नदेखिएपछि यस्तो मानवीय संकटलाई ध्यानमा राखेर हामीले कोरोना बाहेक विभिन्न कारणले ज्यान गुमाएका मृतकका आफन्तहरुका लागि दुईवटा विकल्पको निर्णय गरेका छौं। शवको उतै दाहसंस्कार गर्न सहमति हुनुभयो भने हामीले उतै दाहसंस्कारको व्यवस्था मिलाउँछौं। यो लकडाउन अवधिमा गन्तव्य मुलुकमै शव दाहसंस्कार गरिएका मृतकका परिवारलाई बीमा सुविधा, बोर्डबाट प्राप्त हुने आर्थिक सहायतालगायत अन्य सुविधा त उहाँहरुले पाउनु नै हुन्छ। त्यसबाहेक सान्त्वना स्वरुप हामीले ५० हजार रकम दिने निर्णय पनि गरेका छौं।

गन्तव्य मुलुकमा अन्त्येष्टीको अनुमति दिने परिवारलालाई सान्त्वना राहतस्वरुप ५० हजार रुपैयाँ दिने बोर्डको निर्णय आलोचित भयो नि!
यो रकम सान्त्वना स्वरुपको रकममात्रै हो। जसरी हामी शोकाकुल परिवारमा जाँदा खाली हात जाँदैनौं। फलफूलहरु लिएर जान्छौं। त्यस्तै मानवीय संवेदनशीलताका हिसाबले सान्त्वना राहतस्वरुप सो ५० हजार रकम उपलब्ध गराउने निर्णय गरेका हौं। उतै दाहसंस्कार गर्नैपर्छ भनेर हामीले भनेको होइन। कुर्न सक्नुहुन्छ भने कुर्नुस्‚ कुर्न सक्नुहुन्न भने हामीलाई सहमति पत्र पठाइदिनुस् भन्नेभन्दा अरु केही विकल्प नदेखिएपछि हामीले यस्तो निर्णय गरेका हौं। 

उहाँहरुका लागि अर्को विकल्प पनि छ। शव यतै ल्याउनुपर्छ भन्नुहुन्छ भने पनि हामी ल्याइदिन्छौं। अहिले देश लकडाउनमा छ। सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द छन्। बोर्डको पहलले मात्रै पनि ल्याउन सकिँदैन।  तर त्यसका लागि केही समय प्रतिक्षा गर्नुहोला। लकडाउन खुलेर अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा आएपछि मात्रै शव ल्याउन सकिन्छ। 

मृतकको विदेशमै सदगद गराउँदा मृतकका हकवालाले पाउने बीमा बापतको रकम बीमा कम्पनीहरुले केही रकम कटाएर दिने व्यवस्था छ। यो असामान्य परिस्थितिमा बोर्डले केही सहजीकरण गर्छ? 
हामीले बीमा समितिलाई पत्राचार गरिसकेका छौं। यो विषम परिस्थितिमा विदेशमा दाहसंस्कार गरेका मृतकका हकवालाहरुलाई बीमा रकम भुक्तानी दिने बेलामा रकम नकटाई भुक्तानी दिन हामीले बीमा समितिलाई आग्रह गरेका छौं। 

Xtrem

Xtrem

यससम्बन्धमा बीमा समितिबाट कस्तो प्रतिक्रिया आएको छ? 
बीमा समितिबाट हामीलाई अहिले जबाफ चाहीँ आइसकेको छैन तर मलाई के विश्वास छ भने यस्तो परिस्थितिमा उहाँहरुले सहयोग गर्नुहुन्छ। नभए त्यो रकम भुक्तानी दिने बेलामा पुनः सहजीकरण गरिदिन्छौं। मानवीयताका हिसाबले पनि त्यो रकम काट्न पाइँदैन। मन्त्रालय तहबाट पनि सहजीकरणका लागि पहल गर्न अनुरोध गर्छौं। यसमा समस्या आउँछजस्तो मलाई लाग्दैन। 

अर्को कुरा कोरोनाका कारणले विदेशमा आत्महत्या गर्ने नेपालीहरुको संख्या बढ्यो भन्ने छ, यो साँचो हो? 
आत्महत्या गर्ने नेपालीको संख्या बढ्दै गयो भनेर हल्ला बढी फैलाइएको अवस्था छ। अरु सामान्य अवस्थामा पनि विदेशमा आत्महत्याका घटनाहरु भइरहेकै थिए। अहिले विदेशमा रहेका १ सय ४४ शवमा पनि आत्महत्या गर्नेको संख्या कम छ। केहीकेही आत्महत्याका घटनाहरु पनि छन् तर टर्कीमा जस्तै कोरोनाका कारणले आत्महत्या गरेको भन्ने कुरा मलेसियालगायत खाडी मुलुकबाट आएको छैन। अहिले कोरोनाका कारण सबैलाई समस्या परेको अवस्था छ। कोरोनासँग जुध्न आत्मबल बढाउन आवश्यक छ। कोरोनाका कारण कसैले आत्महत्या गर्नुपर्ने स्थिति नआओस् पनि। 

विदेशबाट समस्या परेर ठूलो संख्यामा युवाहरु फर्कने अवस्था छ। उनीहरुलाई व्यवस्थापन गर्न बोर्डको तयारी के छ?
विदेशबाट समस्यामा परेर फर्किने युवाहरुलाई पुनर्स्थापना कसरी गर्ने? उनीहरुलाई मनोसामाजिक परामर्शसहितको पुनर्एकीकरण कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजानेगरी कार्यविधिको खाका तयार पारेका छौं। त्यो कार्यविधि मन्त्रालयबाट स्वीकृति भएर आएपछि आगामी आर्थिक वर्षदेखिे त्यो कार्यविधिअनुसार काम सञ्चालन गर्छौं। 

विदेशबाट फर्किएका युवाहरुलाई पुनरुत्थानका लागि तयार गरिएको खाकामा समेटिएका मुख्य कुराहरु के-के हुन्? 
कार्यक्रम तर्जुमा हुँदैछ। समस्यामा परेर फर्किएका युवाहरुको पुनरुत्थानका लागि व्यापक प्याकेज छ। हामीले विदेशबाट फर्किएका कामदारहरुलाई लक्षित गरेर स्थानीय तहहरुसँग सहकार्य गर्ने व्यवस्था गरेका छौं। स्थानीय तहको सिफारिसका आधारमा कोरोनाका कारण समस्यामा परेर फर्किने कामदारहरुलाई स्वदेशमै उद्यमशीलता विकास गरेर स्वरोजगार सिर्जना गर्ने। विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै परिचालन गर्न के के गर्नुपर्छ‚ त्यो सबै काम गर्न स्थानीय तहसँग सहकार्य गरेर गर्ने भन्ने हिसाबमा कार्यक्रम तर्जुमा भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्