काठमाडौं- भारतले मिचेको नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्ने प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबारको मन्त्रिपरिषदको बैठकमा पेश गर्ने भएको छ।
साँझ ५ बजे बोलाइएको बैठकमा प्रस्ताव पेश गर्ने गरि मन्त्रालयले तयारी गरेको छ। भारतले गत कार्तिकका नेपाली भूमि मिचिएको राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले समेत आफ्नो नक्सा सार्वजनिक गर्न दबाब बढेको थियो। भूमि व्यवस्था मन्त्रालयले स्रोतले नेपालको नक्सा सार्वजनिक गर्ने प्रस्ताव अघि बढेको जानकारी गराएको छ।
कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको भूभाग समेटिने गरि मन्त्रालयले प्रस्ताव अघि बढाएको हो। पछिल्लो समय भारतले नेपाली भूमि हुँदै सडक निर्माण गरेपछि नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई चौतर्फि दबाब बढेको थियो। इतिहासविद्, भूगर्भविद्, सीमाविदले भारतले मिचेको जग्गा नेपाली नै भएको तथ्य प्रस्तुत गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।