• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नीति तथा कार्यक्रममा ५ संशोधन : संघीयता खारेजदेखि दुई प्रदेशलाई विशेष राहत प्याकेजसम्म

64x64
नेपाल लाइभ आइतबार, जेठ ४, २०७७  १४:२४
1140x725

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रममा पाँचवटा संशोधन परेका छन्। प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल मजदुर किसान पार्टी,  राजपा र समाजवादी पार्टीले संशोधन प्रस्ताव दर्ता गराएका हुन्। 

राष्ट्रिय जनमोर्चाले संघीय प्रणाली नै खारेज गर्नेसम्मको संशोधन प्रस्ताव दर्ता गराएको छ। उक्त पार्टीकी सांसद दुर्गा पौडेलले संघीयता नै खारेज गर्ने संशोधन दर्ता गराएकी छिन्। उनले संघीय प्रणालीको प्रादेशिक संरचना अनुत्पादक भएकाले संघीयता खारेज गरेर त्यसमा खर्च भइरहेको धनराशी विकासका लागि प्रयोग गर्नुपर्ने बताएकी छिन्। 

नीति कार्यक्रममा समाजदउन्मुख उल्लेख भनिएपनि त्यसका लागि ठोस कार्यक्रम नराखिएको भन्दै उनले संशोधन गर्नुपर्ने बताएकी छिन्। यसैगरी क्रान्तिकारी भूमिसुधार र हद भन्दा बढी जग्गा अधिग्रहण गरी भूमिहीनलाई वितरण गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको संशोधनमा छ।  

नीति कार्यक्रममा कोभिड १९ समस्यालाई मध्यनजर गर्दै ठूलो संख्यामा नेपाली नागरिक स्वदेश फर्किदैछन्। स्थानीय पूर्वाधार विकास कोषलाई कोभिड समाधान र विदेश नेपालीलाई श्रमसँग जोड्नका लागि खर्च गर्न उनले संशोधन प्रस्ताव गरेकी छिन्। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुँदा ११, १९ र २३१ मा कांग्रेसले संशोधन प्रस्ताव गरेको छ। कांग्रेस सांसद मिनेन्द्र रिजालले प्रस्तुत गरेको उक्त प्रस्तावमा परिपूर्ण लोकतन्त्रको ठाउँमा लोकतन्त्र मात्रै हुनुपर्ने उल्लेख छ।  रिजालले भने, ‘सिधै लोकतन्त्र  किन नभनेको ? लोकतन्त्र आफैंमा परिपूर्ण हुन्छ।’ 

उनले ‘मेरो सरकार ’ सच्याएको तर्फ लक्ष्य गर्दै सरकारको भाषा सुध्रिएको तर आत्मरतिबाट उन्मुक्ति नपाएको बताएका छन्। 

‘सरकारले स्थिरतका लागि पत्रकारितालाई मर्यादित बनाउने भन्ने कुरामा कांग्रेसको आपत्ति छ’, संशोधन प्रस्ताव राख्दै उनले भने, ‘आमसञ्चार  सरकारले मर्यादित बनाउनु पर्दैन। सरकार मर्यादित र अनुशासित होस्, पत्रकारिताको चिन्ता लिनुपर्दैन।’ 

यतिबेला विध्वंसकारी स्वास्थ्य चुनौती झेलिरहेको बताउँदै विश्व ठूलो आर्थिक संकटमा पर्ने उनले बताए। भोकमरी दोब्बर हुने, विश्वका ३० करोडदेखि ५० करोड बेरोजगार हुने र अनौपचारिक क्षेत्रमा रहेको ठूलो संख्या चरम गरिबीमा गुज्रिने, नेपालमा अनुमान १ सय ६० खर्ब भन्दा सानो खर्च गर्न सक्ने बजेट हुने, विप्रेषणको आम्दानी १ सय ४० ले घट्ने संशोधन प्रस्तावमा भनिएको छ। यसले गरिबी चरम अवस्थामा पुग्ने बताउँदै यसलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नआएको कांग्रेसको ठहर छ। 

nimb
nimb
Ncell 2
Ncell 2

पर्यटन, कृषि, शिक्षा, यातायात, खुद्राथोक बजार प्रभावित भएकोले राहत र उद्दारको काम अघि ल्याउनुपर्ने तर नल्याइएको कांग्रेसको बुझाइ छ। नीति तथा कार्यक्रम तीन घन्टासम्म पढिएको बताउँदै संवेदनहीनताको पराकाष्टा भनिएको छ।  

यसैगरी सरकारले नीति कार्यक्रम प्रस्तुत गर्दा कागजको नक्सामा सीमा फर्काउने देखिएको बताउँदै वास्तवमा फर्काउने गरी नीति तथा योजना नल्याएको रिजाल बताउँछन्। 

जनतालाई तत्काल राहत दिने काममा अघि बढ्न कांग्रेसको सझाव छ । सरकारले वित्तिय संकटलाई कसरी टार्ने ? राजश्व आउँदैन र पुग्दैन, योजना कसरी अघि बढाउने ? भन्नेतर्फ सोच्नुपर्ने रिजालले बताए। उनले भने, ‘हामी योजना घटाउन तयार छौं। तर, आफ्ना मान्छेका राख्ने हाम्रा काट्ने गर्न पाइँदैन।’

प्रेम सुवालले कानुनमा समाजवाद उन्मुख भनिए पनि नीति तथा कार्यक्रममा त्यस्तो नपाइएको बताए। उनले उत्पादनमा र अवसरमा सामाजिकीकरण नगरी समाजवाद नआउने बताए। उनले भने, ‘व्यक्तिलाई होइन, समाजलाई अवसर दिए मात्रै समाजवाद आउँछ।’ यसैगरी शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क गर्ने कुरा नीति तथा कार्यक्रममा आउनुपर्ने उनले बताए। जलविद्युतलाई प्राथमिकतामा राख्नुपर्ने उनको संशोधनमा छ। 

राजपा र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन दर्ता गराएका छन्। दुवै पार्टीका तर्फबाट सांसद लक्ष्मणलाल कर्णले संशोधन प्रस्ताव दर्ता गराए। उनले नीति कार्यक्रम महामारीमा आधारित हुनुपर्ने बताए। उनले राहत समग्रमा दिनुपर्नेमा त्यसलाई सम्बोधन नगरिएको बताए। कृषि, उद्योग र पर्यटनतर्फ राहत जरुरी रहेको बताउँदै १७ बुँदे संशोधन दर्ता गराइएको छ। 

संशोधनका मुख्य बुँदै प्रस्तुत गर्दै सांसद कर्णले भने, ‘राहत दिइएन भने डुबेका उद्योग, किसान र पर्यटन माथि आउन सक्दैनन्। यसबारे केही भनिएको छैन।’ 

यसैगरी कृषि नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेको उनको बुझाइ छ। तराईको बोर्डर सिल भएकाले मलबिउ किसानले नपाएको बताउँदै राज्यले सम्बोधन गर्नुपर्ने बताइएको छ।  

यसैगरी दुई नम्बर प्रदेश र कर्णाली प्रदेशलाई स्पेशल प्याकेज दिइनुपर्ने पनि संशोधनमा उल्लेख छ। भनिएको छ, ‘सद्दे व्यक्ति र अपांगता भएका एकसाथ हिँडाउनका लागि यी दुई प्रदेशलाई विशेष प्याकेज नीति तथा कार्यक्रममा ल्याइनुपर्छ।’ 

यसगरी अर्की संशोधनकर्ता सांसद सरिता गिरिले मात्रै नीति तथा कार्यक्रममा पुराना कुरा मात्रै आएको बताइन्। उनले लकडाउनको समयमा के गर्ने ? देशबाहिरकालाई कसरी घर ल्याउने ? राहत कसरी पुर्याउने ? सुरक्षा कसरी दिने ? भन्ने विषयमा नीति तथा कार्यक्रमले नबोलेको बताइन्।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १४:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
सम्बन्धित सामग्री
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्-‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक... शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान प्रधानमन्त्री शाहले आज (शुक्रबार) बिहान ११ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र... शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख २५, २०८३
‘सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको छ’ : शंकर पोखरेल शुक्रबार, वैशाख २५, २०८३
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्