• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नीति तथा कार्यक्रममा कृषिका खुद्रे र अमूर्त योजना मात्रै, नारा भने 'कृषि क्रान्तिको युग सुरु भयो'

असफल र आर्थिक अनियमितताको ‘ट्याग’ लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सरकारको प्राथमिकतामा
64x64
नेपाल लाइभ शुक्रबार, जेठ २, २०७७  २०:५२
1140x725

काठमाडौं- सरकारले अब कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिने भनिरहँदा वार्षिक नीति तथा कार्यक्रममा भने कुनै ठोस कार्यक्रम नभएर सरकारका अमूर्त खालका अपेक्षामात्रै सार्वजनिक भएका छन्।  

कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि अर्थतन्त्रको आधारका रुपमा रहेका अधिकांश क्षेत्र धराशायी बनेका छन। यस्तो अवस्थामा सरकारले कृषि क्षेत्रमार्फत मुलुकको अर्थतन्त्र उकास्ने र पुनरोत्थान गर्ने भनिरहँदा शुक्रबार सार्वजनिक भएको वार्षिक नीति तथा कार्यक्रममा भने कृषि क्षेत्रका कुनै पनि नयाँ कार्यक्रम देखिएनन्। 

सरकारले नीति तथा कार्यक्रममार्फत ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’लाई कृषि क्षेत्र रुपान्तरणको मुख्य कार्यक्रम बनाइने जनाएको छ। तर पछिल्ला आर्थिक वर्षको उपलब्धी हेर्दा यो परियोजना आफैंमा सरकारको असफल कार्यक्रम हो। तर सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कृषि क्षेत्रको रुपान्तरणको प्रमुख कार्यक्रममा रुपमा अगाडि बढाइने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ। 

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अब यो आयोजना देशभर विस्तार गरिनेछ भने यो परियोजनामार्फत राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिणाममा एक स्थानमा एउटै प्रकारको कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य सरकारले लिएको छ।

उत्पादन र उत्पादकत्व वृद्धिको विषयमा कुनै ठोस कार्यक्रम नीति तथा कार्यक्रममा आएनन्। तर अमूर्त ढंगले यो परियोजनालाई अगाडि बढाउने सरकारको लालसा भने देखियो। पछिल्ला आर्थिक वर्षहरुको उपलब्धी हेर्दा कृषि आधुनिकीकरण परियोजनामा वार्षिक रुपमा सबैभन्दा बढी बजेट छुट्याइने गरेपनि यो परियोजनाको उपलब्धी निकै न्यून छ। अझ हरेक वर्ष यो परियोजनामा आर्थिक अपचलन र भष्ट्राचारका विषयसमेत बाहिर आउने गरेका छन्। अहिले पनि यो परियोजनामा भएको आर्थिक अपचलनका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले कृषि क्षेत्रकै प्रवर्द्धन तथा कृषि उत्पादनलाई प्रोत्साहन गर्न भन्दै ‘स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ अभियान सुरु गरिने जनाएको छ। तर यो पनि कुनै ठोस कार्यक्रम होइन। आन्तरिक उत्पादन न्यून भएको तर खुला बजार अर्थतन्त्र अंगालेको नेपालजस्तो मुलुकका लागि स्वदेशी उत्पादनमात्रै प्रयोग गर्ने सरकारको नीति पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनसक्नेमा शंका गर्नुपर्ने पर्याप्त ठाउँ छन्। 

सरकारले सदुपयोगको सिद्धान्तअन्तर्गत नेपालको सबै खाली जमिनलाई खेर जान नदिने र कृषियोग्य जमिनको सघन उपयोगबाट कृषि उत्पादन बढाउने नीति लिएको छ। जग्गा बाँझो राख्न नदिने विषय अघिल्ला आर्थिक वर्षहरुमा पनि सरकारले घोषणा गर्ने गरेको थियो। तर त्यसको प्रभावकारी कार्यान्वनमा भने सरकारले कहिल्यै ध्यान पुर्‍याउन सकेको लेखिएन। परिणामस्वरुप हरेक वर्ष कृषियोग्य जमिन बाँझो बन्नेक्रम बढिरहेको छ। 

कृषि वस्तुको प्रशोधन उद्योग स्थापना गरी प्रशोधित खाद्य वस्तु निर्यात गर्ने नीति सरकारले लिएको छ। त्यस्तै सरकारले कृषि तथा कृषि उद्यमजन्य व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्ने जनाएको छ। तर कृषि क्षेत्रको आम नागरिकलाई आवद्ध गराउने, उत्पादन बढाउने र त्यसको व्यवसायीकरण गर्ने ठोस योजना भने सरकारसँग देखिएन। अघिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुमा जस्तै कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकरण र थप विशिष्टीकरण गरिएको नीति तथा कार्यक्रममा जनाइएको छ।

Xtrem
Xtrem

किसान परिचयपत्र र कृषक सुरक्षा भत्ताको विषयलाई यस वर्षको नीति तथा कार्यक्रमले पनि समेटेन। ‘कृषि उत्पादन, प्रशोधन तथा बेचबिखनका लागि नेपाल सरकारबाट उपलब्ध गराइने सहुलियत र प्राविधिक सेवाको प्रबन्ध गर्न हरेक किसानलाई स्थानीय तहमार्फत सूचीकरण गरिनेछ’ भन्ने वाक्यांश नीति तथा कार्यक्रममा उल्लेख छ। तर सरकारबाट दिइने सेवा सुविधा वास्तविक किसानसमक्ष पुर्‍याउने विषयमा सरकारले कुनै ठोस योजना ल्याएन। किसानले पाउनुपर्ने अनुदानलगायतका सुविधा गैर किसानले पाइरहेको अहिलेको समस्यालाई समाधान गर्न सरकारले कुनै कार्यक्रम ल्याएन। 

नेपालमा कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन अनुसन्धान निकै कम छ। यस वर्षको नीति तथा कार्यक्रमले यसलाई केहि हदसम्म सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ। तर त्यो पनि बिना कुनै कार्यक्रम, अमूर्त ढंगले। नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई समायानुकुल बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषि अनुसन्धानसम्बन्धी विद्यमान संरचनाहरुलाई परिवर्तन गरी हरेक प्रदेशमा एग्रिकल्चर  तथा लाइभस्टक एक्सिलेन्स सेन्टरको स्थापना गरिने भएको छ। यी सेन्टरहरुबाट कृषकलाई सहभागी गराई कृषि तथा पशुपन्छीसँग सम्बन्धित अध्ययन अनुसन्धान र सीप हस्तान्तरणको काम गरिनेछ। 

आवश्यक सडक, विद्युत, शीतभण्डारलगायतका पूर्वाधारका लागि सरकारले सहयोग गर्ने जनाएको छ। त्यस्तै महिला सहकारी समूह, अर्ध बेरोजगार र विदेशबाट फर्किएका कामदारलाई कृषि कार्यमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको जनाएको छ। यी दुवै विषयमा ठोस कार्यक्रम भने नीति तथा कार्यक्रममा देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्