• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

नीति तथा कार्यक्रममा कृषिका खुद्रे र अमूर्त योजना मात्रै, नारा भने 'कृषि क्रान्तिको युग सुरु भयो'

असफल र आर्थिक अनियमितताको ‘ट्याग’ लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सरकारको प्राथमिकतामा
64x64
नेपाल लाइभ शुक्रबार, जेठ २, २०७७  २०:५२
1140x725

काठमाडौं- सरकारले अब कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिने भनिरहँदा वार्षिक नीति तथा कार्यक्रममा भने कुनै ठोस कार्यक्रम नभएर सरकारका अमूर्त खालका अपेक्षामात्रै सार्वजनिक भएका छन्।  

कोरोना भाइरसको विश्वव्यापी संक्रमणपछि अर्थतन्त्रको आधारका रुपमा रहेका अधिकांश क्षेत्र धराशायी बनेका छन। यस्तो अवस्थामा सरकारले कृषि क्षेत्रमार्फत मुलुकको अर्थतन्त्र उकास्ने र पुनरोत्थान गर्ने भनिरहँदा शुक्रबार सार्वजनिक भएको वार्षिक नीति तथा कार्यक्रममा भने कृषि क्षेत्रका कुनै पनि नयाँ कार्यक्रम देखिएनन्। 

सरकारले नीति तथा कार्यक्रममार्फत ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’लाई कृषि क्षेत्र रुपान्तरणको मुख्य कार्यक्रम बनाइने जनाएको छ। तर पछिल्ला आर्थिक वर्षको उपलब्धी हेर्दा यो परियोजना आफैंमा सरकारको असफल कार्यक्रम हो। तर सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई कृषि क्षेत्रको रुपान्तरणको प्रमुख कार्यक्रममा रुपमा अगाडि बढाइने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ। 

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अब यो आयोजना देशभर विस्तार गरिनेछ भने यो परियोजनामार्फत राष्ट्रिय आवश्यकता र स्थानीय सम्भाव्यताको आधारमा उत्पादकत्व अभिवृद्धि गर्दै ठूलो परिणाममा एक स्थानमा एउटै प्रकारको कृषि बाली उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य सरकारले लिएको छ।

उत्पादन र उत्पादकत्व वृद्धिको विषयमा कुनै ठोस कार्यक्रम नीति तथा कार्यक्रममा आएनन्। तर अमूर्त ढंगले यो परियोजनालाई अगाडि बढाउने सरकारको लालसा भने देखियो। पछिल्ला आर्थिक वर्षहरुको उपलब्धी हेर्दा कृषि आधुनिकीकरण परियोजनामा वार्षिक रुपमा सबैभन्दा बढी बजेट छुट्याइने गरेपनि यो परियोजनाको उपलब्धी निकै न्यून छ। अझ हरेक वर्ष यो परियोजनामा आर्थिक अपचलन र भष्ट्राचारका विषयसमेत बाहिर आउने गरेका छन्। अहिले पनि यो परियोजनामा भएको आर्थिक अपचलनका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले अध्ययन गरिरहेको छ। 

Ncell 2
Ncell 2

सरकारले कृषि क्षेत्रकै प्रवर्द्धन तथा कृषि उत्पादनलाई प्रोत्साहन गर्न भन्दै ‘स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं’ अभियान सुरु गरिने जनाएको छ। तर यो पनि कुनै ठोस कार्यक्रम होइन। आन्तरिक उत्पादन न्यून भएको तर खुला बजार अर्थतन्त्र अंगालेको नेपालजस्तो मुलुकका लागि स्वदेशी उत्पादनमात्रै प्रयोग गर्ने सरकारको नीति पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनसक्नेमा शंका गर्नुपर्ने पर्याप्त ठाउँ छन्। 

सरकारले सदुपयोगको सिद्धान्तअन्तर्गत नेपालको सबै खाली जमिनलाई खेर जान नदिने र कृषियोग्य जमिनको सघन उपयोगबाट कृषि उत्पादन बढाउने नीति लिएको छ। जग्गा बाँझो राख्न नदिने विषय अघिल्ला आर्थिक वर्षहरुमा पनि सरकारले घोषणा गर्ने गरेको थियो। तर त्यसको प्रभावकारी कार्यान्वनमा भने सरकारले कहिल्यै ध्यान पुर्‍याउन सकेको लेखिएन। परिणामस्वरुप हरेक वर्ष कृषियोग्य जमिन बाँझो बन्नेक्रम बढिरहेको छ। 

कृषि वस्तुको प्रशोधन उद्योग स्थापना गरी प्रशोधित खाद्य वस्तु निर्यात गर्ने नीति सरकारले लिएको छ। त्यस्तै सरकारले कृषि तथा कृषि उद्यमजन्य व्यवसायलाई रोजगारीको मुख्य क्षेत्रको रुपमा विकास गर्ने जनाएको छ। तर कृषि क्षेत्रको आम नागरिकलाई आवद्ध गराउने, उत्पादन बढाउने र त्यसको व्यवसायीकरण गर्ने ठोस योजना भने सरकारसँग देखिएन। अघिल्ला आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुमा जस्तै कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रीकरण र थप विशिष्टीकरण गरिएको नीति तथा कार्यक्रममा जनाइएको छ।

किसान परिचयपत्र र कृषक सुरक्षा भत्ताको विषयलाई यस वर्षको नीति तथा कार्यक्रमले पनि समेटेन। ‘कृषि उत्पादन, प्रशोधन तथा बेचबिखनका लागि नेपाल सरकारबाट उपलब्ध गराइने सहुलियत र प्राविधिक सेवाको प्रबन्ध गर्न हरेक किसानलाई स्थानीय तहमार्फत सूचीकरण गरिनेछ’ भन्ने वाक्यांश नीति तथा कार्यक्रममा उल्लेख छ। तर सरकारबाट दिइने सेवा सुविधा वास्तविक किसानसमक्ष पुर्‍याउने विषयमा सरकारले कुनै ठोस योजना ल्याएन। किसानले पाउनुपर्ने अनुदानलगायतका सुविधा गैर किसानले पाइरहेको अहिलेको समस्यालाई समाधान गर्न सरकारले कुनै कार्यक्रम ल्याएन। 

नेपालमा कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन अनुसन्धान निकै कम छ। यस वर्षको नीति तथा कार्यक्रमले यसलाई केहि हदसम्म सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ। तर त्यो पनि बिना कुनै कार्यक्रम, अमूर्त ढंगले। नेपाल कृषि अनुसन्धान परिषद नार्कलाई समायानुकुल बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषि अनुसन्धानसम्बन्धी विद्यमान संरचनाहरुलाई परिवर्तन गरी हरेक प्रदेशमा एग्रिकल्चर  तथा लाइभस्टक एक्सिलेन्स सेन्टरको स्थापना गरिने भएको छ। यी सेन्टरहरुबाट कृषकलाई सहभागी गराई कृषि तथा पशुपन्छीसँग सम्बन्धित अध्ययन अनुसन्धान र सीप हस्तान्तरणको काम गरिनेछ। 

आवश्यक सडक, विद्युत, शीतभण्डारलगायतका पूर्वाधारका लागि सरकारले सहयोग गर्ने जनाएको छ। त्यस्तै महिला सहकारी समूह, अर्ध बेरोजगार र विदेशबाट फर्किएका कामदारलाई कृषि कार्यमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको जनाएको छ। यी दुवै विषयमा ठोस कार्यक्रम भने नीति तथा कार्यक्रममा देखिँदैन।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ?
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्