काठमाडौं- सरकारले आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दैछ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।
शुक्रबार ४ बजे निर्धारित संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछिन्। यसका लागि संसद सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको बताइएको छ। विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरि बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ।
स्वास्थ्य टोलीको सुझावअनुसार दूरी कायम गरेर बसाइ व्यवस्थापन गरिएको सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।
संसदको नियमित रिपोर्टिङ गर्ने सञ्चारकर्मीका लागि ल्होत्सेहलमा बस्ने व्यवस्था मिलाइएको छ। तर सधैंजस्तो कुटनीतिक नियोग र व्यवासायीलाई भने यसवर्ष प्रवेशमा रोक लगाइएको छ। असामान्य परिस्थिति भएकाले कुटनीतिक नियोगका अधिकारी र व्यवसायीलाई सहभागी गराउन नसकिएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।