• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संकटमा सूचना प्रवाह : कसरी घटाउने जोखिम?

64x64
विपुल पोख्रेल बिहीबार, जेठ १, २०७७  ०९:५९
1140x725
फोटो: theprint.in

रोगले व्यक्ति व्यक्ति बीचको फरक छुट्याउँदैन। सबैका लागि रोग खतरनाक बिषय नै हो। अहिले  वैश्वीक समस्याका रुपमा सिर्जित कोरोना संक्रमण पनि त्यसैगरी उन्मत्त रुपमा मानिसमाथि आक्रमणको अभियानमा तीव्रताका साथ दौडिएको छ। संसारभर आफ्नो उपस्थिति देखाइसकेको यो भाइरसले नेपालमा पनि डरलाग्दो उपस्थिति देखाउन थालेको छ।

निरन्तरको लकडाउनले ५१ दिन काटिसकेको छ। सामाजिक दूरी बनिहेको पनि छ। संक्रमणवाट बच्नका लागि सामाजिक दूरी कायम गर्नु नै उत्तम विधिका रुपमा संसारभर लिइएको छ। तर, यति हुँदाहुदै पनि संक्रमितको संख्या बढ्दो छ। बिहीबार बिहानसम्म २ सय ५० पुगिसकेको  छ।

अब नेपालमा पनि परीक्षणको दायरा बढाउन आबश्यक छ। सामाजिक दूरी बनाइराख्न आवश्यक छ। शंकास्पदलाई प्राथमिकतामा राखेर परीक्षण गर्न आवश्यक छ। यतिमात्र होइन, बढी जोखिममा भएको वर्गको पहिचान गरेर उनीहरुको अलग सूची र अलग परीक्षणको व्यवस्था गर्न आवश्यक छ।

स्वास्थ्य परीक्षणका लागि आवश्यक किटहरुको उपलब्धता र गुणस्तरीयताका बारेमा पनि प्रश्न उठेको छ। यो कुरामा पनि सरकार गम्भीर हुन आवश्यक छ। अब यही ढंगले लकडाउनको घोषणा र यही ढंगलको तयारीले मात्र पुग्ने अवस्था छैन।

पत्रकारहरु यस्तो संकटका समयमा सही सूचना मार्फत कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा छन्। सही जानकारी र सरोकारवाला निकायको प्रयासहरुका बारेमा जानकार भएमा मात्र नागरिकहरु ढुक्कसँग लकडाउनको पालना गर्न सक्ने अवस्थामा रहन्छन्। नेपाली मिडियाले यतिबेला यस्तो दायित्व पनि निर्वाह गर्दै आएको छ। यतिबेलाको भूमिका साँच्चै नै प्रशंसनीय छ। 

पत्रकारहरु पनि संक्रमणको जोखिममा रहेको वर्ग हो। परीक्षणका पछिल्ला नतिजा अनुसार कम्तिमा तीन जना पत्रकारहरुमा संक्रमण देखिएको छ। दैनिक खट्ने पत्रकारहरुमा संक्रमण देखिएको छ। नर्समा पनि देखिएको छ। सुरक्षाकर्मीमा पनि देखिएको छ। यी सबै वर्ग ‘फ्रन्टलाइनर’ हुन्। 

यी वर्ग फ्रन्टलाइनमा नउभिँदा लडाइँ नै कमजोर हुने छ। तसर्थ उनीहरुको सुरक्षाको बारेमा राज्यका संरचनाहरुले विशेष योजना बनाउन पर्छ भने सतर्कताका लागि उनीहरु आफैले विशेष ध्यान पुर्‍याउनु पनि पर्छ। 

यहाँ पत्रकारको सतर्कताको चर्चा गर्न खोजिएको हो। त्यस्तो सतर्कता दुई रुपले गर्न पर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो त पत्रकारहरुले आफ्नो कर्मलाई विशिष्ट परिवेशमा कसरी गर्ने र नागरिक, समाज, राष्ट्र र विश्वलाई नै कसरी सही सूचना दिएर संकटका विरुद्ध संसारको जनमत एक बनाउन सकिन्छ भन्ने तर्फको सजगता हो। यो सामाजिक उत्तरदायित्वको सिद्धान्तमा टेकेर खेल्नुपर्ने भूमिका हो। यस्तो भूमिका खेल्नका लागि पत्रकार महासंघले एउटा गाइड लाइन समेत तयार गरेर सार्वजनिक गरेको छ। विश्व स्वास्थ्य संगठनको गाइड लाइनलाई आधार मानेर नेपाली सन्दर्भमा त्यसलाई ढालेर बनाइएको गाइड लाइनमा निम्न कुराहरुलाई ध्यान दिएर पत्रकारिता गर्न सुझाइएको छः
•    भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं।
•    आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं।
•    शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं। संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं।
•    कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं।
•    अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं।
•    कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं।
•    सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ।
•    शीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं।
•    गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ। त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं। रोकथामका उपायहरुको प्रचार प्रसार गरौं। 
•    संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ। संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं।
•    भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं।
•    शब्द प्रयोगमा ध्यान दिऔं।
•    कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन्। उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं।
•    कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौं। यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस्।

दोस्रो सतर्कता भनेको हाम्रो आनीबानीमा पूर्ण नियन्त्रण राख्ने नै हो। पत्रकारिता कर्म आफैंमा जोखिमपूर्ण पेशा त हो नै। यो पेशाको धर्म निर्वाह गर्नका लागि समूह, समुदाय र भिडभाडमा समेत जानुपर्ने बाध्यता हुन्छ। त्यो अवस्थामा संक्रमण सर्ने र सार्ने दुवै खतरा उत्तिकै हुन्छ। त्यसकारण संकटको यो विशिष्ट परवेशमा काम गर्दै गर्दा पत्रकारहरुले आफ्नो सुरक्षालाई पनि विशेष ध्यान दिन आबश्यक पर्दछ। स्वस्थ्य र सुरक्षित पत्रकारले मात्रै समाजलाई लाभान्वित बनाउन सक्छ। त्यसकारण भन्ने गरिन्छ, जोखिम त्यतिसम्म मात्र मोल, जहाँसम्म पुग्दा तिमी धेरै कुराहरुवाट सुरक्षित रहन्छौं।

अहिलेको अवस्थामा पनि पत्रकारहरुले यो ढंगले आफूलाई पेश गर्नुपर्ने हुन्छ। क्वारेन्टाइन र आइसोलेसनका समाचारहरु निःसन्देह समाचारका विषयबस्तु हुन्। तिनको गुणस्तरीयतादेखि त्यहाँ बस्नेको सहज अनुभव समाचार हुन्। ती समाचारले सुधारका लागि सरोकारवालाको ध्यान खिच्न मद्दत पनि गर्दछन्। तर, त्यहाँ पुगेर आफू असुरक्षित हुने जोखिम भने यस्तो बेला पत्रकारहरुले मोल्न हुँदैन। पिपिईको अभावमा ती स्थानमा उपस्थितिको चाहना राख्नु पनि उचित हुँदैन।

यस्तो अवस्थामा पत्रकारहरुले ध्यान दिनुपर्ने कुराहरुलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छः
•    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं।
•    सकेसम्म इमेलमार्फत् सबै प्रकारका समाचार सामग्रीहरु पठाउने उपाय गरौं।
•    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं।
•    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं।
•    समाचार स्रोतसँग पनि फोन, सामाजिक सञ्जालजस्ता प्रविधिको प्रयोग गरेर सूचना ल्याऔं।
•    प्रविधिको उच्च प्रयोग गरौं।
•    सामाजिक दूरी कायम गर्ने कुरामा कुनै पनि हालतमा समझौता नगरौं।
•    कतै हाम्रा कारणले भिडभाड त हुँदैछन्? हाम्रो उपस्थिति र समाचार सामग्रीको नियमित समीक्षा गरौं।
•    पिपिई बिना संक्रमितहरु रहेका स्थानहरुमा नजाऔं।
•    माक्स, सेनिटाइजर, ग्लोब्सको निरन्तर प्रयोग गरौं।
•    अनलाइन छलफलहरुका माध्यमबाट पत्रकारहरुले गरिरहेका ‘बेस्ट प्राक्टिस’को बारेमा जानकारी आदानप्रदान गरौं।
•    समय समयमा साबुन पानीले हात धुने गरौं।
•    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौं।
•    भेटघाटमा हात मिलाउने अंकमाल गर्नेभन्दा नमस्कार गर्ने गरौं।
•    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पत्रकार आफैं पनि उल्लेखित दुई तरिकाले सुरक्षित हुन जरुरी छ भने सरोकारवालाहरुले पत्रकारहरुको यो अवस्थालाई बुझेर सूचना दिनका लागि सहज बनिदिनुपर्ने आवश्यकता पनि जरुरी छ। भरसक सूचना नदिने, एकद्वार प्रणाली भन्दै सबै अधिकारीहरु पन्छिने, सरोकारवालाहरुको फोन नै नउठ्ने, सोसल मिडियामार्फत समय समयमा सूचना सार्वजनिक गर्ने अभ्यास नियमित बन्न नसक्ने जस्ता समस्याले सूचना प्रवाहमा समस्या उत्पन्न हुने गरेको छ। यस तर्फ राज्यका संयन्त्रहरुले पनि आफूलाई जिम्मेवार बनाउन आवश्यक देखिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०९:५९
  • #पत्रकारिता
  • #रिपोर्टिङ
  • #जोखिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विपुल पोख्रेल
लेखकबाट थप
संकटमा सूचना प्रवाह : कसरी घटाउने जोखिम?
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्