• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संकटमा सूचना प्रवाह : कसरी घटाउने जोखिम?

64x64
विपुल पोख्रेल बिहीबार, जेठ १, २०७७  ०९:५९
1140x725
फोटो: theprint.in

रोगले व्यक्ति व्यक्ति बीचको फरक छुट्याउँदैन। सबैका लागि रोग खतरनाक बिषय नै हो। अहिले  वैश्वीक समस्याका रुपमा सिर्जित कोरोना संक्रमण पनि त्यसैगरी उन्मत्त रुपमा मानिसमाथि आक्रमणको अभियानमा तीव्रताका साथ दौडिएको छ। संसारभर आफ्नो उपस्थिति देखाइसकेको यो भाइरसले नेपालमा पनि डरलाग्दो उपस्थिति देखाउन थालेको छ।

निरन्तरको लकडाउनले ५१ दिन काटिसकेको छ। सामाजिक दूरी बनिहेको पनि छ। संक्रमणवाट बच्नका लागि सामाजिक दूरी कायम गर्नु नै उत्तम विधिका रुपमा संसारभर लिइएको छ। तर, यति हुँदाहुदै पनि संक्रमितको संख्या बढ्दो छ। बिहीबार बिहानसम्म २ सय ५० पुगिसकेको  छ।

अब नेपालमा पनि परीक्षणको दायरा बढाउन आबश्यक छ। सामाजिक दूरी बनाइराख्न आवश्यक छ। शंकास्पदलाई प्राथमिकतामा राखेर परीक्षण गर्न आवश्यक छ। यतिमात्र होइन, बढी जोखिममा भएको वर्गको पहिचान गरेर उनीहरुको अलग सूची र अलग परीक्षणको व्यवस्था गर्न आवश्यक छ।

स्वास्थ्य परीक्षणका लागि आवश्यक किटहरुको उपलब्धता र गुणस्तरीयताका बारेमा पनि प्रश्न उठेको छ। यो कुरामा पनि सरकार गम्भीर हुन आवश्यक छ। अब यही ढंगले लकडाउनको घोषणा र यही ढंगलको तयारीले मात्र पुग्ने अवस्था छैन।

पत्रकारहरु यस्तो संकटका समयमा सही सूचना मार्फत कोरोना विरुद्धको लडाइमा अग्रपंक्तिमा छन्। सही जानकारी र सरोकारवाला निकायको प्रयासहरुका बारेमा जानकार भएमा मात्र नागरिकहरु ढुक्कसँग लकडाउनको पालना गर्न सक्ने अवस्थामा रहन्छन्। नेपाली मिडियाले यतिबेला यस्तो दायित्व पनि निर्वाह गर्दै आएको छ। यतिबेलाको भूमिका साँच्चै नै प्रशंसनीय छ। 

पत्रकारहरु पनि संक्रमणको जोखिममा रहेको वर्ग हो। परीक्षणका पछिल्ला नतिजा अनुसार कम्तिमा तीन जना पत्रकारहरुमा संक्रमण देखिएको छ। दैनिक खट्ने पत्रकारहरुमा संक्रमण देखिएको छ। नर्समा पनि देखिएको छ। सुरक्षाकर्मीमा पनि देखिएको छ। यी सबै वर्ग ‘फ्रन्टलाइनर’ हुन्। 

यी वर्ग फ्रन्टलाइनमा नउभिँदा लडाइँ नै कमजोर हुने छ। तसर्थ उनीहरुको सुरक्षाको बारेमा राज्यका संरचनाहरुले विशेष योजना बनाउन पर्छ भने सतर्कताका लागि उनीहरु आफैले विशेष ध्यान पुर्‍याउनु पनि पर्छ। 

यहाँ पत्रकारको सतर्कताको चर्चा गर्न खोजिएको हो। त्यस्तो सतर्कता दुई रुपले गर्न पर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो त पत्रकारहरुले आफ्नो कर्मलाई विशिष्ट परिवेशमा कसरी गर्ने र नागरिक, समाज, राष्ट्र र विश्वलाई नै कसरी सही सूचना दिएर संकटका विरुद्ध संसारको जनमत एक बनाउन सकिन्छ भन्ने तर्फको सजगता हो। यो सामाजिक उत्तरदायित्वको सिद्धान्तमा टेकेर खेल्नुपर्ने भूमिका हो। यस्तो भूमिका खेल्नका लागि पत्रकार महासंघले एउटा गाइड लाइन समेत तयार गरेर सार्वजनिक गरेको छ। विश्व स्वास्थ्य संगठनको गाइड लाइनलाई आधार मानेर नेपाली सन्दर्भमा त्यसलाई ढालेर बनाइएको गाइड लाइनमा निम्न कुराहरुलाई ध्यान दिएर पत्रकारिता गर्न सुझाइएको छः
•    भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं।
•    आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔं।
•    शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं। संक्रमितको व्यक्तिगत गोपनियतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं।
•    कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं।
•    अनाधिकृत सूचना वा हल्लाहरुलाई सञ्चार माध्यममा स्थान नदिऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरुमा पनि शेयर नगरौं।
•    कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरुलाई प्राथमिकता दिऔं।
•    सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ।
•    शीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन प्रसारण गरौं।
•    गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ। त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं। रोकथामका उपायहरुको प्रचार प्रसार गरौं। 
•    संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण छ। संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी आदि) प्रति सहयोग पुग्ने र उनीहरुलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं।
•    भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं।
•    शब्द प्रयोगमा ध्यान दिऔं।
•    कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने अन्य अहिलेका ‘हिरो’ हुन्। उनीहरुलाई सम्मान गरौं र उनीहरुका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं।
•    कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरुलाई मिडियामा उचित स्थान दिने गरौं। यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस्।

दोस्रो सतर्कता भनेको हाम्रो आनीबानीमा पूर्ण नियन्त्रण राख्ने नै हो। पत्रकारिता कर्म आफैंमा जोखिमपूर्ण पेशा त हो नै। यो पेशाको धर्म निर्वाह गर्नका लागि समूह, समुदाय र भिडभाडमा समेत जानुपर्ने बाध्यता हुन्छ। त्यो अवस्थामा संक्रमण सर्ने र सार्ने दुवै खतरा उत्तिकै हुन्छ। त्यसकारण संकटको यो विशिष्ट परवेशमा काम गर्दै गर्दा पत्रकारहरुले आफ्नो सुरक्षालाई पनि विशेष ध्यान दिन आबश्यक पर्दछ। स्वस्थ्य र सुरक्षित पत्रकारले मात्रै समाजलाई लाभान्वित बनाउन सक्छ। त्यसकारण भन्ने गरिन्छ, जोखिम त्यतिसम्म मात्र मोल, जहाँसम्म पुग्दा तिमी धेरै कुराहरुवाट सुरक्षित रहन्छौं।

अहिलेको अवस्थामा पनि पत्रकारहरुले यो ढंगले आफूलाई पेश गर्नुपर्ने हुन्छ। क्वारेन्टाइन र आइसोलेसनका समाचारहरु निःसन्देह समाचारका विषयबस्तु हुन्। तिनको गुणस्तरीयतादेखि त्यहाँ बस्नेको सहज अनुभव समाचार हुन्। ती समाचारले सुधारका लागि सरोकारवालाको ध्यान खिच्न मद्दत पनि गर्दछन्। तर, त्यहाँ पुगेर आफू असुरक्षित हुने जोखिम भने यस्तो बेला पत्रकारहरुले मोल्न हुँदैन। पिपिईको अभावमा ती स्थानमा उपस्थितिको चाहना राख्नु पनि उचित हुँदैन।

यस्तो अवस्थामा पत्रकारहरुले ध्यान दिनुपर्ने कुराहरुलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छः
•    कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका आधारभूत उपायहरु अपनाऔं।
•    सकेसम्म इमेलमार्फत् सबै प्रकारका समाचार सामग्रीहरु पठाउने उपाय गरौं।
•    सञ्चारगृहहरुले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं।
•    अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं।
•    समाचार स्रोतसँग पनि फोन, सामाजिक सञ्जालजस्ता प्रविधिको प्रयोग गरेर सूचना ल्याऔं।
•    प्रविधिको उच्च प्रयोग गरौं।
•    सामाजिक दूरी कायम गर्ने कुरामा कुनै पनि हालतमा समझौता नगरौं।
•    कतै हाम्रा कारणले भिडभाड त हुँदैछन्? हाम्रो उपस्थिति र समाचार सामग्रीको नियमित समीक्षा गरौं।
•    पिपिई बिना संक्रमितहरु रहेका स्थानहरुमा नजाऔं।
•    माक्स, सेनिटाइजर, ग्लोब्सको निरन्तर प्रयोग गरौं।
•    अनलाइन छलफलहरुका माध्यमबाट पत्रकारहरुले गरिरहेका ‘बेस्ट प्राक्टिस’को बारेमा जानकारी आदानप्रदान गरौं।
•    समय समयमा साबुन पानीले हात धुने गरौं।
•    अनावश्यक रुपमा हातले आँखा, नाक मुख छुने नगरौं।
•    भेटघाटमा हात मिलाउने अंकमाल गर्नेभन्दा नमस्कार गर्ने गरौं।
•    सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं।

Xtrem

Xtrem

पत्रकार आफैं पनि उल्लेखित दुई तरिकाले सुरक्षित हुन जरुरी छ भने सरोकारवालाहरुले पत्रकारहरुको यो अवस्थालाई बुझेर सूचना दिनका लागि सहज बनिदिनुपर्ने आवश्यकता पनि जरुरी छ। भरसक सूचना नदिने, एकद्वार प्रणाली भन्दै सबै अधिकारीहरु पन्छिने, सरोकारवालाहरुको फोन नै नउठ्ने, सोसल मिडियामार्फत समय समयमा सूचना सार्वजनिक गर्ने अभ्यास नियमित बन्न नसक्ने जस्ता समस्याले सूचना प्रवाहमा समस्या उत्पन्न हुने गरेको छ। यस तर्फ राज्यका संयन्त्रहरुले पनि आफूलाई जिम्मेवार बनाउन आवश्यक देखिन्छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ०९:५९
  • #पत्रकारिता
  • #रिपोर्टिङ
  • #जोखिम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विपुल पोख्रेल
लेखकबाट थप
संकटमा सूचना प्रवाह : कसरी घटाउने जोखिम?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्