काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसहितका नेताहरूलाई बोलाएर राखेको सर्वदलीय बैठक जारी छ। तर बैठकमा आफ्ना कुरा राखेर राप्रपा नेता प्रकाशचन्द्र लोहनी भने बाहिरिएका छन्।
बैठकबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सीमाका विषयमा जनतालाई विश्वासमा लिएर प्रधानमन्त्रीलाई अघि बढ्न आग्रह गरेको बताए। 'जनतालाई छलेर होइन, विश्वासमा लिएर अघि बढ्नुहोस् प्रधानमन्त्रीज्यू। यसमा सबैले दलले साथ दिन्छन्। सबै जनताले साथ दिन्छन्,' आफूले प्रधानमन्त्री ओलीलाई बताएको कुरा स्मरण गर्दै उनले भने। उनी आफू काम विशेषले बैठक नसिकँदै बाहिरिएको समेत बताए।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता लोहनी बाहिरिए पनि बैठक भने समापन भने भएको छैन। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाका विषयमा भएको समस्याबारे जानकारी गराएका थिए।
बैठक साढे ४ बजे सुरु भएको हो। बैठकमा अन्य नेताहरूले बोल्ने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।