• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीज्यू, आश्वासनले आँसु रोकिन्छ?

64x64
भानु बोखिम बुधबार, वैशाख ३१, २०७७  ०८:११
1140x725

निसन्देह प्रधानमन्त्री केपी शर्मा ओलीले १४ बर्षको जेल जीवनमा धेरै अध्ययन गर्नुभएको छ। अध्ययनमा उहाँ रुचीका क्षेत्रबारे चाहिँ बिरलै सुनिएका छन्। एक कम्युनिस्ट पार्टीको कार्यकर्ताको रुपमा कम्युनिस्ट दर्शन र घटनासँग जोडिएका किताबहरु नै अध्ययन गर्नुभयो होला। त्यसमा कम्युनिस्ट साहित्य पनि पढ्नु भयो होला। तर, विशुद्ध साहित्य आख्यान, निबन्ध, नाटक र कविताचाहिँ कति पढ्नु भयो कुन्नी? जे होस्, प्रधानमन्त्री भएपछि उहाँको कवि मन भने उजागर हुँदैआएको छ।

प्रधानमन्त्रीको कवि मन कहिले चन्द्रगिरिको चुचुरोमा फक्रिन्छ। कहिले राज्यले प्रदान गरेको बालुवाटारको सुविधायुक्त निवासमा छल्किन्छ। भनिन्छ कि मानिसले कविता कि त अत्यन्त पीडामा लेख्छ कि अत्यन्तै बिन्दास हुँदा। हुन त यो भनाई निरन्तर साहित्य कर्ममा रहेकाको लागि लागू हुँदैन। साहित्य कर्ममा लागेकाहरु जीवनका असहज र सहज दुवै अवस्थामा लेखी नै रहन्छन्। तर, कहिलेकाहीँ लेख्न रहर गर्नेको लागि उच्चतम पीडा वा खुसीमध्ये एकले निर्देशित गर्छ। प्रधानमन्त्रीको कविताको भाव र उनको परिस्थिति दुवैले पीडा बोध गराउँदैन।

प्रधानमन्त्रीको कविता राजेश हमालले मातृशोकमा लेखेको कविता जस्तो होइन। आमाको मृत्युमा हमालले लेखेको कवितामा जुन पीडा थियो, त्यो पीडाको भाव प्रधानमन्त्रीको कवितामा देखिदैन। यद्यपि, प्रधानमन्त्रीको कविताको आशय र जनताको दैनिकीमा भने एक सय ८० डिग्रीको अन्तर छ। प्रधानमन्त्रीले जसलाई आँसु खसाल्नु पर्दैन भनेका छन्, उनीहरुको गह आँसुले भरिदै गएका छन्। दिनहुँ उनीहरुको आर्तनादहरु गुञ्जिरहेका छन्। उनीहरुको हातगोडाहरु गलिरहेका छन्। सर्वसाधरणको जीवनमा अन्यौलता बढ्दो छ। प्रधानमन्त्रीको कविताको संरचना र भाव जस्तो सरल छैन सर्वसाधरणको दैनिकी।

अब नेपालीले आँसु खसाल्नु पर्दैन भन्ने कविताको मुल आशय हो। त्यसमा देशका विगतमा भएका घटना, अव जानुपर्ने बाटो सबैलाई समेटेर आँसु खसाल्नु पर्दैन भन्ने आशय छ। कविता यति सरल छ कि यसमा कुनै मूर्तता छैन। प्रधानमन्त्रीको कविता बुझ्नलाई एक प्राथमिक तहको विद्यार्थीको कविता बुझ्नलाई चाहिने क्षमता र मेहनत नै पर्याप्त छ। तर कविताको भाव र प्रधानमन्त्रीको नियतमाथि भने अवश्य प्रश्नहरु उठ्छन्।

प्रधानमन्त्रीले इंगित गरेका धेरै पाटामा उनी स्वयं संकुचित सोच राख्छन्। जस्तको कि गणतन्त्र, संघीयता अनि संविधानमा सीमान्तकृतको अपनत्व। राजनीति र प्रधानमन्त्रीको गतिविधिमाथि चासो राख्नेको लागि यो कुरा ऐनाझै छर्लंग छ। यी धेरै कुरातिर नजाऔं, कतिपय अवस्थामा यी बहस अमूर्त हुन पुग्छन्। यही कारण यी बहस अनन्तकालसम्म चलिरहन्छ। प्रधानमन्त्रको कविता जस्तै एउटा सरल प्रश्न भने उब्जिरहेको छ। के आश्वासनले मात्र आँसु रोकिन्छ?

कुनै हतास त थिएन प्रधानमन्त्रीलाई तर हठातमा यस्तो भावना किन आयो? भलै यसलाई कविता भनिएको छ। कुनै पनि कविता कविको भावना हुन्छ। तर प्रधानमन्त्रीको कविता एक कोरा भावना वा परिकल्पना भनेर मात्र छुट हुँदैन। मनमा यस्तो फुर्‍यो, त्यही भएर लेखें भन्ने छुट छैन। निश्चय नै प्रधानमन्त्रीको सक्रियता, सोच र उनले चाल्दै आएका कदमहरु जोडिन पुग्छन्। प्रधानमन्त्रीले थाहा नहुने कुरा हुँदैन कि आँसु र जीवनबीच कस्ता संयोगहरु हुन्छन्। सांसारिक सत्य हो कि आँसु जीवनमा उल्झनको प्रतीक हो। हाँसो वा मुस्कान खुसीको प्रतीक हो। जब जीवन अनेकन उल्झनमा फस्छ, तब अनायसै आँसु खस्न पुग्छन्। कसैको आश्वासनले कोरिदिएका गन्तव्य हेरेर आँसु रोकिदैन। किनभने, कसैले देखाएको बाटो हेरेर मनमा पीडा शान्त हुदैनन्।

यो धरतीमा बाटोहरुको कमी छैन। तर सामर्थ्य र शक्ति छैन भने ती बाटोमा आफैं काडेतार लाग्छन्। निश्चय नै एक नागरिकको बाटोमा छाएका काँडेतार हटाउन राज्यको अहम भूमिका हुन्छन्। यो ढुंगेयुग होइन कि एक व्यक्तिले आफू र आफ्नो परिवारको आवश्यकताको निम्ति आफैंमा मात्र भर पर्छ। राज्य वा सरकारसँग नागरिकको अपेक्षा सधैं रहन्छ। तर सरकारसँग विश्वास कति? के सरकार प्रमुखले अब दुःखका दिन गए भन्दैमा पत्याउने अवस्था छ? यो प्रश्नको उत्तर केपी शर्मा ओलीको दोश्रो सत्तारोहनपछि बितेका अढाई वर्षसँग दाँजेर हेर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कुनै पनि लोकतान्त्रिक मुलुकमा देशका कार्यकारीको भनाई मिडियामा छाइरहन्छ। तर ओली प्रधानमन्त्री भएपछि उनको भाषण होइन, उनको बिरामले बढी प्राथमिकता पायो। प्रधानमन्त्रीलाई देश र जनताको जीवनले होइन, आफ्नो स्वास्थ्यले बढी सताएको छ। मिडियामा प्रधानमन्त्रीले बोलेको कुरा कम, अस्पताल धाएको कुरा बढी प्रकाशित भएका छन्। एक अर्थमा भन्दा प्रधानमन्त्री आफैं दिनानुदिन असहज अवस्था सामना गरिरहेका छन्। आफैं असहज अवस्थामा भएकोले अरुको जीवन सहज बनाउन सक्छ? यो कुरा नागरिकले राम्ररी बुझी सकेका छन्। दुर्भाग्यको कुरा, प्रधानमन्त्रीले छाती चौडा गर्न सक्नुभएन। प्रधानमन्त्रीको वर्तमान स्वार्थ र सत्ता लोलुपताको परिणाम आउँदा दिनमा नेपाली नागरिकको आँखाबाट आँसुको भेल बनेर उर्लने निश्चित छ।

आँखाको धमिलो रंग फेरिएर चम्किलो हुन नागरिकको जीवन गतिवान हुनुपर्छ। नागरिकको जीवन गतिवान हुन देश गतिशील हुनुपर्छ। देश गतिशील हुन बागडोर सम्मालेकाहरु उर्जावान् र नैतिकवान् हुनुपर्छ। राज्यको सुविधा उपभोग गरेर षडयन्त्र गर्नेहरुसँग देशको निम्ति उर्जा हुँदैन। यो विश्वको राजनीतिक इतिहासले प्रमाणित गरिसकेको छ। विकासको काम सुस्त छ। ठूलो विकासे योजना तथा आपतकालीन कदममा भ्रष्टचारको गन्ध आएको छ। यस्तो बेला ‘बढ्यो नेपाल अब बढ्यो अघि’ भनेर मात्र पुग्दैन। देश अघि बढ्न काम गर्नुपर्छ। काम गर्नको लागि सम्बन्धित व्यक्ति सक्रिय हुनुपर्छ । राज्यको सुविधा सम्पन्न भवनमा सुस्ताएर कम हुँदैन।

विश्व श्रमिक दिवसको दिन प्रधानमन्त्रीले अब आँशु खसाल्नु पर्दैन भन्ने आश्वासन दिए। आँसु खसाल्नु कसैको रहर होइन, बाध्यता हो। नागरिकको यो बाध्यता अझ गहिरिँदो छ। लिपुलेकमा अचानक राष्ट्रियता दुखेको हो। तालाबन्दीमा चारपांग्रे गाडामाथि मृगौला रोगीको शरीर दुखिरहेको छ। घर फर्किरहेको मजदुरको पाइला सयौं किलोमिटर दूरीमा दुखिरहेको छ। गरिबको घरमा रित्तिँदै गएको अनाज र भोक दुखिरहेको छ। निश्चय नै कैयौं श्रमिकलाई बेरोजगारी दुख्नेवाला छ। तर यी आवाजहरु प्रधानमन्त्रीले देखिरहेका/सुनिरहेका छैनन्। कारण यी भूइँ तहका मान्छेहरु हुन्। जसको बालुलाटारसँग सिधा सम्पर्क राख्ने पँहुच छैन। सिंहदरबार प्रवेश गर्न मूलगेटमा कसैले पास पठाइदिँदैनन्। परिणाम त, मनमा पीडा र आँखामा आँसु बोकेका यी नागरिकहरुले प्रधानमन्त्रीलाई आफैं भेटेर दुःख सुनाउन पाउँदैनन्। यी कुरा सुन्न र बुझ्न प्रधानमन्त्रीले नै चासो राख्नुपर्छ।

प्रधानमन्त्रीले मिडियामा आइरहेका यस्ता समाचार पत्याउँदैनन्। किनकि, मिडियामा प्रकाशित सामग्रीमा प्रधानमन्त्री षडयन्त्रको गन्ध देख्छन्। प्रमका अनुसार मिडियामा आएका नागरिकका दुःख वास्तविक होइनन् । यो सरकारलाई बदनाम गराउन ल्याइएको बनावटी कथाहरु हुन्। प्रधानमन्त्रीको अनुसार यो समस्या प्रहरी र प्रमुख जिल्ला अधिकारीले देख्नुपर्छ। उनीहरुले जाहेर गरेपछि मात्र यो समस्या वास्तविक ठहरिन्छ। थाहा छैन, प्रहरी र प्रजिअको प्रतीक्षामा प्रमले जनताको पीडा र आँसु कहिले देख्छन्? तर कसैले आँखा बन्द गर्दैमा वा बोली फेर्दैमा तथ्य बदलिँदैन।

Xtrem

Xtrem

यो आलेख पनि मिडियामा नै प्रकाशित हुने हो। यो आलेखलाई बिट मार्दै सोध्न मन छ- प्रधानमन्त्रीज्यू, आश्वासनले आँसु रोकिन्छ? भोको पेट भरिन्छ? थाकेका पाइलाहरु सक्रिय हुन्छन्? तपाईं जस्तै बिराम भएकाको उपचार सहज हुन्छ?

प्रश्नहरु अप्रिय लाग्ला प्रधानमन्त्रीज्यू, तर जनताको दैनिकीले तपाईंसँग यही प्रश्न सोधिरहेको छ।

(मंगलबार नै प्रकाशित हुनुपर्ने स्तम्भ प्राविधिक कारणले ढिला हुन गएकोमा क्षमाप्रार्थी छौं।- सम्पादक)

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  ०८:११
  • #प्रधानमन्त्री
  • #कविता
  • #आँसु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्