• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कथा : प्रिय सखी 

पत्रिका घिमिरे शनिबार, वैशाख २०, २०७७  १३:४६
1140x725

प्रिय सखी!

आज मैले अस्पतालको भित्ता देखेँ, झ्याल देखेँ, अनि झ्यालबाहिरको घाम देखेँ। आमाले भन्नुभो–५ दिनपछि बल्ल होस आएको रे मलाई। मेरो गर्धन वरिपरि अनि अनुहारभरि पट्टी बाँधिएको छ। अरु मान्छे लकडाउनले घरभित्र बन्द छन्। म अस्पतालमा पट्टीभित्र बन्द छु। तर म आँखा देख्छु, धमिलै भए पनि। मैले घाम देखेँ, आमाबुवा देखेँ, दाइ अनि डाक्टर पनि। तर तिमीलाई देखिनँ। तिमी किन नआएकी? चाँडैं आउ ल। 
उहीँ शिखा 

 ०००                                               

शिखा पहिलोचोटि यस्तो गर्मी ठाँउमा आएकी थिई। बुवाको सरकारी जागीर थियो। विभिन्न ठाउँमा सरुवा भइरहन्थ्यो। अहिले बस्न आएको सीडीओ क्वार्टर पहिलेको ठाउँहरु भन्दा अलि बढी क्षेत्रफलमा फैलिएको थियोे। वरिपरि सुपारी र नरिवलका रुख टन्न थिए। सँगसँगै  घामको राप पनि पर्याप्त थियो। गर्मीले आकुल भएकी शिखा बाहिर बार्दलीमा आई।

 शिखाले बार्दलीबाटै देखी-गेटपारी गेट जति नै लम्बाई भएको एउटा सानो झुपडी छ। त्यो झुपडीको आडै उभिएर शिखाकै उमेरकी तर एकदमै खिनौटी केटी शिखातिर हेरिरहेकी थिई। शिखाले एकछिन नियालेर त्यो केटीको अनुहार हेरिरही। अनि अलिकति नाक खुम्च्याउँदै भित्र पसी। 

’तिमीले नाक खुम्च्याएको मलाई एकदम मन पर्छ नि।’हिसाब नमिलेर घोत्लिएकी शिखा झसङ्ग भई। प्रयास रहेछ। केही भनिन। 

 ‘मिलेन हो? म सिकाइदिउँ?’ 

अझै केही बोलिन शिखा। घोत्लिरही।

Ncell 2
Ncell 2
nimb
nimb

’म सिकाईदिन्छु नि।’

’भो पर्दैन,’ शिखा झर्किई।

‘तिमी किन मसंग जहिल्यै झर्किन्छौ?’ प्रयास भावुक भयो। केही बोलिन शिखा। हेरिरही डन्डिफोर, बिफरका खोबिल्टाले भरिएको प्रयासको अनुहार। नियालिरही एकछिन, अनि नाक खुम्च्याई।

’मलाई तिमीले नाक खुम्च्याएको औधि मन पर्छ। साँच्ची !’

Xtrem

Xtrem

०००

प्रिय सखी !
केही खान मन लाग्दैन, केही रुच्दैन। आमाले मलाई मनपर्ने काउलीको तरकारी बनाएर ल्याउनुभएको रहेछ। लकडाउनको बेलामा बल्ल–बल्ल पाउनुभयो रे काउली किन्नलाई। अलिकति जुठो गरेर छोडिदिएँ। सेतै थियो, मरमसला बिनाको। अस्पतालको भित्ता नि सेतो, औषधि पनि सेतो। मेरो अनुहार र गर्धनको पट्टी नि सेतै। वाक्क लाग्यो। आज मलाई किन–किन तिम्रो घरमा बन्ने काली निङरोको तरकारी खान मन लाग्यो। बनाएर ल्याईदिन्छौ मेरो लागि? अब ५–७ दिनमा मेरो पट्टी खोल्ने रे। तिमी आज नि आईनौ मलाई भेट्न। कहिले आउछौ ? 

ए! आज मैले सपनामा प्रयासलाई देखेँ नि ! 
उहीँ शिखा 

०००

शिखाको दिन काट्ने मेसो अब त्यो खिनौटी केटी भएकी थिई। घरि आँपको बगैचामा खेल्थे पसिना पुछ्दै। घरि उखुको खुदो पिउथे आगो ताप्दै। यसरी शिखाले एक याम घाम अनि एक याम शितलहर बिताई त्यस केटीसँग। अर्को घामको याम आयो। त्यस दिन गर्मी उधुम थियो। दुवै चमेलीको बोटमुनि बसेर केराको पातमा चमेलीका पत्ताहरु भेला गर्दै  थिए। 

शिखाले नाकको टुप्पोभरि जम्मा भएको पसिना पुस्दै खिनौटी केटीलाई हेरी अनि देखी घामले डढेका रुखा छाला अनि पिर्लिक्क आँखा। आफ्ना हातका छाला हेरी अनि त्यस केटीका। हेरिरही एकटक, अनि एकछिन। अनायासै नाक खुम्च्याई अनि चमेलीका पत्ता भुइँभरि छरपस्ट हुनेगरी घरतिर कुदी। 

०००

गुलाफको फुल फ्यात्त भुइँमा झ¥यो। प्रयासले सुरुमा रिसले रातो भएकी शिखाको अनुहार हे¥यो। त्यसपछि भुइँमा झारिएको रातो गुलाफलाई हेर्‍यो। प्रयासका आँखा टिलपिल भए। 

‘थाहा छ म तिमीलाई कति मन पराउँछु। तिमी किन ......’  प्रयास भक्कानियो।

‘आफ्नो अनुहार ऐनामा कहिले हेरेको छस्? तैंलेमात्र मन पराएर हुन्छ ! मलाई पनि तँ मन पर्नु परेन !’ शिखाको अनुहार झनै  रातो भयो।

‘के अनुहारमात्र हेरेर मन...’ प्रयासले पुरा वाक्य बोल्न सकेन।

‘तैंलेचाहिँ अनुहार हेरेर मन पराएको हैनस् र ! मलाई थाहा हुँदैन भन्ठान्छस् ! अब फेरि यस्तो हर्कत देखाईस भने स्कुललाई कम्प्लेन गरेर रेस्टिकेट गर्न लगाउछु बुझिस ! अनि देलास् एस.एल.सी !’ शिखा रन्किई। 
०००

प्रिय सखी ! 
पट्टी निकालेको २ दिन भयो, तर अझैसम्म ऐनामा अनुहार हेरेकी छैन। अनुहार छाम्छु, गर्धन छाम्छु। आफुलाई छामेजस्तो लाग्दैन। कसैले ल्याईदिदैनन  ऐना। आफैं हेर्न आँट छैन। तिमी आउँदा  ऐना लिएर आऊ ल। आज फेरि प्रयासले सपनीमा ‘शिखा सन्चै छौ ?’ भनेर सोध्दै थियोे। थाहा छ मैले उसलाई के भने? भेट्न आऊ। सुनाउँछु। हो लकडाउनमा भेटघाट बन्देज छ,सामाजिक दुरी कायम राख्नपर्छ। तर तिमी मेरी सखी हौँ। जसरी नि भेट्न आउनुपर्छ। 
उहीँ शिखा

००० 

‘अबदेखि तिमी मलाई भेट्न नआऊ।’ 

यो सुनेर गेटबाहिर उभिएकी खिनौटी केटीका आँखा टिल्पिलाए ।

‘तिम्रो अनुहारभरि दाद छ। आमाले भन्नुभएको त्यो सर्छ रे। तिमी फोहोरी नि छौँ। स्कुल पनि जादिनौ। घर पनि सानो छ तिम्रो। मेरो दाइले त तिमीलाई कोइलाजस्तै केटी भन्छ। कालो पनि सर्छ रे नि त, दाइले भनेको।’

टिल्पिलाएका आँखा बर्रर बगे अब।

‘त्यसै पनि हामी यहाँ आएको १ बर्ष बढी भैसक्यो। अब थोरै दिनमा हामी अर्को ठाउँमा जान्छौं रे। बुवाले भन्नुभएको त्यहाँ मैले आफूजस्तै साथीहरू पाउँछु रे। तिमीले पनि तिमीजस्तै साथी पाईहाल्छौ नि। अनि त हामी बिर्सिहाल्छौ नि एकअर्कालाई। तिमी मलाई भुल्छौ, म नि तिमीलाई भुलिहाल्छु।’ 

‘तर म त तिमीलाई कहिल्यै भुल्ने छैन सखी !’ यति भन्न सकी खिनौटी केटीले अनि गेटबाट खुर्रर झुपडीमा पुगी। बाटोको धुलोमा अलिकति उसका आँसु मिसिए। 

०००

आज शिखाको स्कुल बिदा गरियो। प्रार्थनाको लाईनमा प्रिन्सिपलले सुनाउनुभयो कि स्कुलको कक्षा १० मा अध्ययनरत प्रयास नामको विद्यार्थीले आत्महत्या गरेको कारणले श्रद्धाञ्जलीस्वरुप आज स्कुल बन्द गरिनेछ। शिखाका कान एकछिन टिनिन्न भए। विद्यार्थीहरुमा खासखुस चल्यो। 

कसरी? 

एउटाले सुनायो कि तेजाब पिएर आत्महत्या गरेको रहेछ।

 किन? 

अर्काले अन्दाज लगायो–आउन लागेको एसएलसी परीक्षाको तनाव सहन नसकेर होला। एउटाले एकथोक भन्यो, अनि अर्काले अर्कै। तर शिखाले केही भनिन, ‘केही अन्दाज लगाईन। मात्र एकटक हेरिरही, अनि हेरिमात्र रही–स्कुलको एउटा कुनामा लडिरहेको गुलाफको फुललाई। 

०००

प्रिय सखी ! 
लकडाउनले मान्छेलाई अझैसम्म डिस्चार्ज गरेको छैन। तर म आज अस्पतालबाट डिस्चार्ज हुँदैछु। हिजो दुइटा अचम्मका चिज भए मसँग। मैले सपनामा फेरि प्रयासलाई देखेँ। प्रयास रिसले उग्र थियो अनि बोतलमा केही तरल पदार्थ लिएर मलाई लखेटिरहेको थियोे। म अनुहार छोप्दै दौडिरहेकी थिएँ। अनि के भयो थाहा छ ? अरु के हुनु नि म सपनाबाट झल्यास्स बिउँझिए। त्यसबखत मलाई प्रयाससँग हैन, आफैसँग अनि त्योभन्दा पनि बढ्ता आफ्नै अनुहारसँग रिस उठेको थियो, डर लागेको थियो। के भाको त्यस्तो ?

हिजो दिउँसो लकडाउनका बाबजुद मलाई भेट्न केही अनि मैले नचिनेका मान्छेहरू आएका थिए। उनीहरुले के–के भने, के–के गरे,  केही पत्तो पाईन। केवल उनीहरुको अनुहारको सहानुभूति पढिरहेँ। सबै गइसकेपछि ऐना हेरेँ। केही देखिँन एकजोर आँखाबाहेक। थाहा छ ती आँखामा मैले पीडा हैन, डर हैन, रिस हैन आँट देखेँ, हिम्मत देखेँ। विभिन्न अनि प्रशस्त सम्भावना देखेँ। मैले अहिलेसम्म भोगेको र बुझेकोभन्दा फरक एकदमै फरक सुन्दरता भेटेँ आफूमा। अनि म मुस्कुराएँ, कति पछि। सोचँे, मेरा आँखाका चमक तिमीलाई देखाउन पाए कति खुसी हुन्थ्यौ होला तिमी। 

तिमी आजसम्म नि मलाई भेट्न आईनौ। र मलाई थाहा छ तिमी आउने पनि छैनौं। सँगसँगै यो पनि थाहा छ कि तिमीले मलाई भुलेकी छैनौं र कहिल्यै भुल्ने  छैनौं। यो मेरो अन्तिम पत्र हो तिमीलाई। तर यति ढुक्क होऊ म पनि अब तिमीलाई कहिल्यै भुल्ने छैन। धेरै–धेरै माया! धेरै धेरै याद!  मेरी सखी! 
उहीँ शिखा 

०००

शिखाका आमाबुवाले उनलाई डिस्चार्ज गराईवरी घर लिएर गए। अस्पतालको एक कर्मचारीले शिखालाई राखिएको बेड सफा गर्ने क्रममा सिरानीमुनि कागजका थुप्रै अनि खाली पन्नाहरु फेला पा¥यो। उसले ती खाली पन्ना ओल्टाईपल्टाई हे¥यो।  अनि डस्टबिनमा मिल्काईदियो। त्यहाँ थुप्रै टुक्राहरु छरपस्ट थिए–औषधिका, कागजका, प्लास्टिकका, पत्रिकाका अनि कपडाका। त्यस कर्मचारीले ती कागजका पन्ना डस्टबिनमा मिल्काउदै गर्दा नजिकैको बेडको कुरुवा समोसा लिएर आईपुग्यो अनि बेडनजिकै बसी खान थाल्यो। समोसामात्र हैन , समोसा पोको पारेर ल्याइएको पत्रिका पनि बासी परेछ।

 लकडाउनको बेला कठिनले पाईएको समोसा उसले फाल्न सकेन। बरु समोसा खादै समोसाको तेलले लतपत भएको पत्रिकाको टुक्रा पढ्न थाल्यो–लकडाउनमा श्रीमानद्वारा आफ्नै श्रीमतीमाथि तेजाब प्रहार।  तलतिर लेखिएको राम्ररी पढ्न सकेन उसले– लकडाउनमा घरेलुु हिंसाको दर ........।’

०००

पहिलोपटक उसलाई शिखाले युनिभर्सिटीमा देखेकी थिई। पहिलो नजरमै शिखाका आँखालाई ऊ ‘राम्रो’ लागेको थियो। उसका आँखा पनि शिखामा परे। आँखामात्र हैन ’जात’, ’हैसियत’, पढाइ, परिवार इत्यादि सबै मिले। विवाह भयो। विवाह भएको ३ महिनामा पहिलोपटक उसले शिखालाई थप्पड हान्यो। त्यसपछि दिनहुुँजसो नै। आँखा–आँखाको भाका मिलेर विवाह भएको थियो। तर मन मिल्न सकेन। विचार मिल्न सकेन। व्यवहार मिल्न सकेन। फाटो पर्दै गयो उनीहरुको सम्बन्ध यतिसम्म कि एउटै घरमा हरसम्भवले एकअर्काको साम्मुने नपर्न खोज्थे। 

लकडाउनमा त्यो फाटो एकदमै बढ्यो र एकदिन च्यातियो धर्रर, फेरि कहिल्यै सिलाउन नसकिने गरि। त्यसदिन शिखा आवश्यक खाद्यान्नको जोहो गरेर घर आईमात्र पुगेकी थिई। उसले ‘कुन यारलाई नभेटी बस्न सकिनस् लकडाउनमा पनि’ भन्दै फोहोरी बोल्यो। यसपटक शिखाले थप्पड हानी।

उसलाई भन्दा बढ्ता उसको घिनलाग्दो सोच अनि आरोपलाई। उसले तत्काल केही गरेन दिनभर हराउन बाहेक। बेलुकीपख आयो र सोचमा मग्न शिखालाई तेजाब प्रहार गर्‍यो। पीडा र पोलाइले शिखा कराई, चिच्याई, रोई। छिमेकी आए, पुलिस आयो। शिखालाई अस्पतालतिर लगियो। उसलाई पुलिस चौकीतिर। 

००० 

प्रिय सखी ! 
लेख्दिन भन्थेँ तर नलेखी रहन सकिन। सायद अब म तिमीलाई जिन्दगीभर लेखिरहनेछु। अस्ति हो म घर आईपुगेको कैयौं दिनको अस्पतालको बासपश्चात्। लकडाउनले घर बस्दाबस्दा कायल भएकी ५ बर्षकी मेरी दाइकी छोरी मलाई देखेर कहालिँदै रोई। पहिले मसँग निकै झ्याम्मिने मेरी भदैले त मलाई चिन्नसमेत मानिन, मेरो नजिक आउनु त परको कुरा। तर गल्ती उसको हैन, फिटिक्कै छैन। सानी शिखाको दिमाग जुन भाईरसले सङ्क्रमित थियो त्यही भाईरसको बीउ रोपिएको छ मेरी भदैको दिमागमा पनि।

 यो कोरोना भाईरसको कहर त केही हैन मेरी सखी। त्योभन्दा पनि घातक भाईरसले ग्रस्त रहेछ मेरो श्रीमानको दिमाग, उसको मानसिकता। कस्तो भाईरस हो त्यो जसले दिमागलाई यति अन्धो, यति विकृत बनाईदिन्छ? कोरोना भाईरसको उपचार त भेटिएला ढिलोचाँडो। तर यस भाईरसको समाधान के होला मेरी सखी? 

आमा भाउजूसँगसुक्सुकाउनुहुन्छ–यो महामारी त रोकिएला, लकडाउन खुल्ला, हामी निस्फिक्री हिँंड्न, डुल्न पाउलाम्। तर यसको जिन्दगी त पुरै लकडाउनमै बित्ने भो। ध्वस्त भयो यसको जिन्दगी। बन्दीझै बित्ने भो पूरा जिन्दगी।

म मनमनै हाँस्छु। मेरो मनको हाँसो बिस्तारै मेरा ओठसम्म सल्बलाउछन्–मेरी आमा पनि आफ्नै किसिमको दिमागी भाईरसले ग्रसित हुनुहुन्छ। यसो गम खान्छु– हर एक मान्छे कुनै न कुनै किसिमको दिमागी भाईरसले सताईएका छन्, मेरा बुवा र दाइ पनि। मेरो पीडामा ’त्यस डाँकालाई छोड्दिन’ भन्दै कुर्लने मेरो बुवालाई सानोतिनो गल्तीमा, कहिलेकाही  त बिना गल्ती पनि, आमामाथि कुर्लिएको, मुर्मुरिएको अनि जाईलाग्न खोजेको साक्षी छु म। 

आमा केही गर्नुहुन्न, भन्नुहुन्न। सुटुक्क आँखा र नाकबाट बगेका पानी पुछ्नबाहेक। दाइ आफ्नी छोरीलाई असाध्यै माया गर्छ। छोरीले आफै गर्नसक्ने कार्यसमेत आफैंँ गरिदिन तत्पर हुन्छ तर भाउजूलाई आफ्ना लुगा धुन लगाँउछ, चित्त नबुझ्दा हप्तौँ बोलचाल बन्द गर्छ भाउजूसँग। अझ कहिलेकाही त हप्काउछ, दप्काउछ पनि। 

मेरो दिमाग पनि त बिरामी थियो। बाहिरी आवरणमा सुन्दरता खोज्थ्यो , सुन्दरताको मापन तोक्थ्यो। तर अब मैले बुझिसकेँ मेरी सखी, सुन्दरताको सही मानक, सुन्दर हुनुको भाव। मेरी भदैलाई सिकाईएको छ कथित ’कुरुपता’ सँग तर्सिन, डराउन। म अब उसलाई बिस्तारै सिकाउनेछु  ‘कुरुपता’ मात्र आँखाको भ्रम हो भनि। सग्लामात्र हैन भत्किएका, भाँचिएका हरचिज सुन्दर छन्, हरेक खास छन्। मनको आँखाले हेर्न सके।

 याद छ तिमी फुस्रो आवाजमा गाउथ्यौ, म जानीनजानी कम्मर मर्काउथे। अब म मेरी भदैको टुटेफुटेको स्वरमा मज्जाले नाच्नेछु। उसलाई बाहिरको छाला हैन मेरो भित्रको मायासँग साक्षात्कार गराउनेछु। बन्दी त म पहिले थिएँ–हिन मानसिकताको बन्दी , बिषाक्त सम्बन्धको सीमारेखाको बन्दी। अब त म स्वतन्त्र छु। कोरोना कहर नियन्त्रणमा आएपछि, लकडाउन समाप्त भएपछि अरु मान्छेजस्तै म बाहिर निस्कनेछु बिना हिचकिचावट। नियाल्नेछु संसारलाई नयाँ आँखाले।

मेरा भाँचिएका पखेटा तङग्रदैछन् मेरी प्यारी सखी। र, मलाई विश्वास छ म एकदिन कावा खाँदै उड्ने छु। आजलाई यत्ति नै। 
उहीँ शिखा 

 

                                                        

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १३:४६
  • #story

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्