• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अनलाइनबाट हुने सेयर कारोबारमा कमिसन घटाउने तयारी

लकडाउन खुल्ने बित्तिकै बजार खुलाइने
64x64
अरुण सापकोटा आइतबार, वैशाख २१, २०७७  ०९:१४
1140x725

काठमाडौं-सरकारले लकडाउन केही खुकुलो गर्नेबित्तिकै सेयर कारोबार खुला गर्ने तयारी भएको छ। तर बैशाख २५ गतेपछि पनि अहिलेको जस्तो अवस्था रहे कारोबार बन्द रहने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। 

'वैशाख २५ गतेसम्म सरकारले लकडाउन गरेको छ। त्यसपछि के–कस्तो निर्णय गर्छ त्यसमा भर पर्छ,' साउदले भने, 'लकडाउन खुकुलो भयो भने त्यहीअनुसार बजार खोल्न सकिन्छ।‘

विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सेयर बजारका लगानीकर्ता बजार खोल्न नहुने भन्दै नेपाल धितोपत्र बोर्ड, नेप्सेदेखि अर्थ मन्त्रालयसम्म धाएका थिए। सुरुमा सबै लगानीकर्ताले बजार बन्द गर्नुपर्छ भनेपछि नेप्सेले कारोबार बन्द गरेको थियो। त्यतिबेला कारोबार बन्द गर्नुपर्छ भन्ने कतिपय लगानीकर्ता अहिले खोल्नुपर्छ भन्न थालेका छन्। 

नेप्से र धितोपत्र बोर्ड तथा लगानीकर्ताले लकडाउन यति लामो समयसम्म हुन्छ भन्ने अनुमान गरका थिएनन्। तर लकडाउन लगातार बढ्दै गएपछि बजार पनि बन्द रहँदै आएको छ। सम्पूर्ण बैंकहरू खुला रहेको अवस्थामा विस्तारै सेयर बजार खुला गर्दै जानुपर्ने बजार विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्। दोस्रो बजारमा प्राथमिक बजारको जस्तै धेरै लगानीकर्ता नरहेको तथा अधिकांश  लगानीकर्ताले अनलाइन कारोबार गर्न सक्ने अवस्था रहेकाले कारोबार खुला गर्नुपर्ने उनको तर्क छ। 

पूर्णरूपमा अनलाइन नहुँदा कारोबार नभएपछि बोर्डले नेप्सेलाई अनलाइनको क्षमता बढाउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। अनलाइनको सबै कुरा ठीक भएको तर बैंकसँग समन्वय र राफसाफतर्फ केही समस्या रहेको उनले बताए। यसका लागि आवश्यक तयारी गर्न लगाइएको उनले उल्लेख गरे।

लकडाउनकै अवधिमा काम गराउन सबै ठाउँमा मानिस नै जानुपर्ने भएकाले लकडाउन खुल्नेबित्तिकै सबैभन्दा पहिलो प्राथमिकता यसलाई दिने उनले बताए। उनले भने ‘आइपिएस खोल्नका लागि पनि मान्छे नै जानुपर्‍यो, मेरो सेयर खोल्नका लागि पनि मान्छे नै जानुपर्‍यो,' उनले भने, 'खोलेपछि सबैभन्दा पहिलो प्राथमिकता यसैलाई दिनुपर्ला। हामीलाई पूर्णरूपमा अनलाइनमा नजानुको विकल्पै छैन।' 

अवस्था सामान्य नहुन्जेल बजार खोल्न गाह्रै पर्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन्। सेयर कारोबारका लागि सबै प्रणालीहरू पूर्ण अनलाइन भएको हुँदा लकडाउन खुल्नेबित्तिकै सुधारका काम अगाडि बढाउने उनले बताए। 

बोर्डले गएका दिनमा ३५ प्रतिशत हाराहारीले मात्रै अनलाइनबाट कारोबार गरेकाले यस्तो समयमा बजार बन्द गर्न निर्देशन दिएको थियो। बोर्डकाअनुसार यदि अनलाइन प्रयोगकर्ता ५१ प्रतिशतभन्दा माथि भएको भए अहिले कारोबार खुला गर्न सकिन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

अनलाइन कारोबारका लागि प्रोत्साहन गर्न केही प्याकेज ल्याउने विषयमा छलफल भइरहेको बोर्डका कार्यकारी निर्देशक गिरीले बताए। बोर्डमा अनलाइन कारोबार गर्दा ब्रोकर कमिसन कम गर्ने विषयमा छलफल भएको छ। ‘ब्रोकरमार्फत् कारोबार गरायो भने ब्रोकर कमिसन यति हुन्छ र अनलाइनमार्फत् आफैँले कारोबार गर्‍याे भने यति हुन्छ भनेर तोकिदियो भने अनलाइन प्रयोगकर्ता बढ्नेछन्,' उनले भने।

अहिले ५ लाख भन्दामाथिको कारोबारका लागि प्यान नम्बर चाहिन्छ भनिएजस्तै ५ लाखभन्दा माथिको कारोबार गर्ने हो भने अनलाइनबाटै गर्नुपर्छ भन्नु पर्ने उनले प्रस्ताव राखे। थोरै कारोबार गर्ने तथा अनलाइन प्रयोग गर्न नजान्नेहरूका लागि यस्तो व्यवस्थाले खासै असर पुर्‍याउँदैन।

तत्काल ब्रोकर कमिसन घटाउन नसक्ने अवस्था रह्यो भने आगामी साउनदेखि अनलाइन प्रणालीबाट कारोबार गर्नेको ब्रोकर कमिसन घटाउने व्यवस्था मिलाउन सकिने गिरीले बताए। सेयर कारोबार अनलाइन प्रणालीबाट भए पनि बैंकिङ कारोबार र राफसाफका लागि पूर्ण अनलाइन छैन। यसका लागि बोर्डले एउटा कमिटी नै बनाएर समाधान गर्ने तयारी गरेको छ। 

लकडाउन अगाडि बैंक इन्ट्रिगेसन गर्न सकिन्छ भनेर बोर्डले बैंकर एसोसिएसन, नेप्से र सिडिएससीसँग संयुक्त छलफल गरि एउटा समिति नै बनाएर काम गर्ने तयारी गरेको थियो। लकडाउन खुल्नेबित्तिकै यसलाई निरन्तरता दिने र चाँडोभन्दा चाँडाे पूर्ण अनलाइन बनाउनेतर्फ अगाडि बढ्ने गिरीले जानकारी दिए। ‘कनेक्ट आइपिएसमार्फत् पनि कारोबार अनलाइन हुन्छ भन्ने कुरा छ। यसका लागि हामीले कनेक्ट आइपिएससँग पनि छलफल छलफल गरिरहेका छौँ,‘ उनले भने। 

Xtrem

Xtrem

अहिले पनि केहि क्लियरिङ बैंक तथा कनेक्ट आइपिएसमा खाता खोलेमा अनलाइन प्रणालीबाट सेयर किनेको रकम भुक्तानी गर्न सकिन्छ। तर यो प्रणाली एकदमै झन्झटिलो छ। यसले गर्दा लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। बिक्री भएको सेयर राफसाफका लागि पनि मेरो सेयरमा खाता खोल्नेहरूले अनलाइनबाट काम गर्न सक्छन्। 

यी तीनवटै काम छुट्टाछुट्टै हिसाबले झण्झटिलो प्रकृयाबाट अगाडि बढाउनुभन्दा एकै पटक हुने प्रकृया मिलाएमा मात्रै यस्तो समयमा पनि सेयर खरिद बिक्री गर्न सम्भव हुन्छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्