• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अनलाइनबाट हुने सेयर कारोबारमा कमिसन घटाउने तयारी

लकडाउन खुल्ने बित्तिकै बजार खुलाइने
64x64
अरुण सापकोटा आइतबार, वैशाख २१, २०७७  ०९:१४
1140x725

काठमाडौं-सरकारले लकडाउन केही खुकुलो गर्नेबित्तिकै सेयर कारोबार खुला गर्ने तयारी भएको छ। तर बैशाख २५ गतेपछि पनि अहिलेको जस्तो अवस्था रहे कारोबार बन्द रहने नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए। 

'वैशाख २५ गतेसम्म सरकारले लकडाउन गरेको छ। त्यसपछि के–कस्तो निर्णय गर्छ त्यसमा भर पर्छ,' साउदले भने, 'लकडाउन खुकुलो भयो भने त्यहीअनुसार बजार खोल्न सकिन्छ।‘

विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सेयर बजारका लगानीकर्ता बजार खोल्न नहुने भन्दै नेपाल धितोपत्र बोर्ड, नेप्सेदेखि अर्थ मन्त्रालयसम्म धाएका थिए। सुरुमा सबै लगानीकर्ताले बजार बन्द गर्नुपर्छ भनेपछि नेप्सेले कारोबार बन्द गरेको थियो। त्यतिबेला कारोबार बन्द गर्नुपर्छ भन्ने कतिपय लगानीकर्ता अहिले खोल्नुपर्छ भन्न थालेका छन्। 

नेप्से र धितोपत्र बोर्ड तथा लगानीकर्ताले लकडाउन यति लामो समयसम्म हुन्छ भन्ने अनुमान गरका थिएनन्। तर लकडाउन लगातार बढ्दै गएपछि बजार पनि बन्द रहँदै आएको छ। सम्पूर्ण बैंकहरू खुला रहेको अवस्थामा विस्तारै सेयर बजार खुला गर्दै जानुपर्ने बजार विश्लेषक अम्बिकाप्रसाद पौडेल बताउँछन्। दोस्रो बजारमा प्राथमिक बजारको जस्तै धेरै लगानीकर्ता नरहेको तथा अधिकांश  लगानीकर्ताले अनलाइन कारोबार गर्न सक्ने अवस्था रहेकाले कारोबार खुला गर्नुपर्ने उनको तर्क छ। 

पूर्णरूपमा अनलाइन नहुँदा कारोबार नभएपछि बोर्डले नेप्सेलाई अनलाइनको क्षमता बढाउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। अनलाइनको सबै कुरा ठीक भएको तर बैंकसँग समन्वय र राफसाफतर्फ केही समस्या रहेको उनले बताए। यसका लागि आवश्यक तयारी गर्न लगाइएको उनले उल्लेख गरे।

लकडाउनकै अवधिमा काम गराउन सबै ठाउँमा मानिस नै जानुपर्ने भएकाले लकडाउन खुल्नेबित्तिकै सबैभन्दा पहिलो प्राथमिकता यसलाई दिने उनले बताए। उनले भने ‘आइपिएस खोल्नका लागि पनि मान्छे नै जानुपर्‍यो, मेरो सेयर खोल्नका लागि पनि मान्छे नै जानुपर्‍यो,' उनले भने, 'खोलेपछि सबैभन्दा पहिलो प्राथमिकता यसैलाई दिनुपर्ला। हामीलाई पूर्णरूपमा अनलाइनमा नजानुको विकल्पै छैन।' 

अवस्था सामान्य नहुन्जेल बजार खोल्न गाह्रै पर्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन्। सेयर कारोबारका लागि सबै प्रणालीहरू पूर्ण अनलाइन भएको हुँदा लकडाउन खुल्नेबित्तिकै सुधारका काम अगाडि बढाउने उनले बताए। 

बोर्डले गएका दिनमा ३५ प्रतिशत हाराहारीले मात्रै अनलाइनबाट कारोबार गरेकाले यस्तो समयमा बजार बन्द गर्न निर्देशन दिएको थियो। बोर्डकाअनुसार यदि अनलाइन प्रयोगकर्ता ५१ प्रतिशतभन्दा माथि भएको भए अहिले कारोबार खुला गर्न सकिन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

अनलाइन कारोबारका लागि प्रोत्साहन गर्न केही प्याकेज ल्याउने विषयमा छलफल भइरहेको बोर्डका कार्यकारी निर्देशक गिरीले बताए। बोर्डमा अनलाइन कारोबार गर्दा ब्रोकर कमिसन कम गर्ने विषयमा छलफल भएको छ। ‘ब्रोकरमार्फत् कारोबार गरायो भने ब्रोकर कमिसन यति हुन्छ र अनलाइनमार्फत् आफैँले कारोबार गर्‍याे भने यति हुन्छ भनेर तोकिदियो भने अनलाइन प्रयोगकर्ता बढ्नेछन्,' उनले भने।

अहिले ५ लाख भन्दामाथिको कारोबारका लागि प्यान नम्बर चाहिन्छ भनिएजस्तै ५ लाखभन्दा माथिको कारोबार गर्ने हो भने अनलाइनबाटै गर्नुपर्छ भन्नु पर्ने उनले प्रस्ताव राखे। थोरै कारोबार गर्ने तथा अनलाइन प्रयोग गर्न नजान्नेहरूका लागि यस्तो व्यवस्थाले खासै असर पुर्‍याउँदैन।

तत्काल ब्रोकर कमिसन घटाउन नसक्ने अवस्था रह्यो भने आगामी साउनदेखि अनलाइन प्रणालीबाट कारोबार गर्नेको ब्रोकर कमिसन घटाउने व्यवस्था मिलाउन सकिने गिरीले बताए। सेयर कारोबार अनलाइन प्रणालीबाट भए पनि बैंकिङ कारोबार र राफसाफका लागि पूर्ण अनलाइन छैन। यसका लागि बोर्डले एउटा कमिटी नै बनाएर समाधान गर्ने तयारी गरेको छ। 

लकडाउन अगाडि बैंक इन्ट्रिगेसन गर्न सकिन्छ भनेर बोर्डले बैंकर एसोसिएसन, नेप्से र सिडिएससीसँग संयुक्त छलफल गरि एउटा समिति नै बनाएर काम गर्ने तयारी गरेको थियो। लकडाउन खुल्नेबित्तिकै यसलाई निरन्तरता दिने र चाँडोभन्दा चाँडाे पूर्ण अनलाइन बनाउनेतर्फ अगाडि बढ्ने गिरीले जानकारी दिए। ‘कनेक्ट आइपिएसमार्फत् पनि कारोबार अनलाइन हुन्छ भन्ने कुरा छ। यसका लागि हामीले कनेक्ट आइपिएससँग पनि छलफल छलफल गरिरहेका छौँ,‘ उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले पनि केहि क्लियरिङ बैंक तथा कनेक्ट आइपिएसमा खाता खोलेमा अनलाइन प्रणालीबाट सेयर किनेको रकम भुक्तानी गर्न सकिन्छ। तर यो प्रणाली एकदमै झन्झटिलो छ। यसले गर्दा लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन्। बिक्री भएको सेयर राफसाफका लागि पनि मेरो सेयरमा खाता खोल्नेहरूले अनलाइनबाट काम गर्न सक्छन्। 

यी तीनवटै काम छुट्टाछुट्टै हिसाबले झण्झटिलो प्रकृयाबाट अगाडि बढाउनुभन्दा एकै पटक हुने प्रकृया मिलाएमा मात्रै यस्तो समयमा पनि सेयर खरिद बिक्री गर्न सम्भव हुन्छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
आठ शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला बनाउने सरकारको योजना सोमबार, कात्तिक ९, २०८३
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कात्तिक १२ मा सोमबार, कात्तिक ९, २०८३
राष्ट्रिय टोलीमा परेपछि फरहान पाकिस्तान फर्किने, एनपीएलमा पुनः आउने सम्भावना सोमबार, कात्तिक ९, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो सोमबार, कात्तिक ९, २०८३
दशैँ बिदापछि लयमा फर्किँदै काठमाडौँ, सिंहदरबारमा कामकाज शुरु सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्