• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उत्तरी सक्रियताको सन्देश के?

64x64
रामकुमार डिसी शनिबार, वैशाख २०, २०७७  ००:३१
1140x725

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढ्दै गएका बेला चिनियाँ राजदूतको सक्रिय राजनीतिक भेटघाटबारे बहस हुन थालेको छ। चिनियाँ राजदूत होउ याङ्छीले शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधवकुमार नेपालसँग भेटवार्ता गरिन्। 

यसअघि यस्ता भेटघाटलाई सार्वजनिक गर्ने गरेको प्रचण्ड सचिवालयले यसपटक यो भेटबारे कुनै जानकारी सार्वजनिक गरेन। यद्यपि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा राजदूत याङ्छीले भेटेको विषयलाई पुष्टि गरे। प्रचण्ड र चिनियाँ राजदूतबीच कोरोना महामारीलगायतका विषयमा कुराकानी भए पनि राजनीतिक विषयमा कुराकानी नभएको उनले नेपाल लाइभसँग दाबी गरे। 

राजदूत याङ्छीले शुक्रबार नै नेकपाका विदेश विभाग प्रमुख एवं वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट वार्ता गरेकी छन् । नेपाल निवास कोटेश्वरमा मध्यान्नतिर भएको भेटमा के कुरा भयो भन्ने चाहिँ खुलेको छैन् । 

नेकपाका विदेश विभाग उपप्रमुख एव नेता नेपाल निकट विष्णु रिजालले दुवै भेटमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको उल्लेख गरेका छन्। 

‘आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत होउ याङ्छीले उहाँहरुकै निवासमा छुट्टाछुट्टै भेट गर्नुभएको छ,’ रिजालले भेटबारे जानकारी गराउँदै ट्विटरमा लेखका छन्, ‘भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ।’

आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत होउ यांछीले उहॉहरूकै निवासमा छुट्टाछुट्टै भेट गर्नुभएको छ ।
भेटका अवसरमा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको छ ।

— Bishnu Rijal (@bishnurijal1) May 1, 2020

त्यस्तै चिनियाँ राजदूतले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे जिज्ञासा राख्दा आफूलाई जानकारी बताए। सत्तारुढ नेकपाबीच बढ्तो मतभेदका बीचमा चिनियाँ राजदूतको नेकपा नेताहरुसँगको सक्रिय राजनीतिक भेटघाटलाई धेरेले अथपूर्ण रुपमा हेरेका छन्। 

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले यो भेटघाटलाई कोरोनासम्बन्धी सहयोगका लागि भएको रुपमा मात्रै बुझ्न नसकिने टिप्पणी गरेका छन्। ‘कोरोनासम्बन्धी सहयोग मात्र भए विदेशी राजदूतले पार्टीका नेतापिच्छेलाई एकै दिन भेटनु आवश्यक नहुने हो,’ आचार्यले ट्विटरमा लेखेका छन्, ‘पार्टीको संकट र आन्तिरक कुरामा पनि चासो र जिज्ञासा हुन सक्छ। त्यस्तोमा परराष्ट्र मन्त्रालयमार्फत् जानकारी गराउनु पर्ने हो। बानी बसाल्न सकिएको छैन। त्यसैले यस्तो सक्रियता बढ्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना सम्बन्धी सहयोग मात्र भए विदेशी राजदूतले पार्टीका नेतापिच्छेलाई एकै दिन भेटनु आवश्यक नहुने हो!

पार्टीको संकट र आन्तिरक कुरामा पनि चासो र जिज्ञासा हुनसक्छ। त्यस्तोमा परराष्ट्र मन्त्रालय मार्फत जानकारी गराउनु पर्ने हो।

बानी बसाल्न सकिएको छैन! त्यसैले यस्तो सक्रियता बढ्छ!! https://t.co/Nx1nD1Bd3k

— Madhu Raman Acharya (@MadhuRamanACH) May 1, 2020

कूटनीतिज्ञ डा. दिनेश भट्टराई अहिलेको समय र सन्दर्भका कारण पनि भेटघाट अथपूर्ण रहेको बताउँछन्। ‘उहाँहरुबीच के–के कुरा भयो त्यो बाहिर नआएकाले आफ्नै ठाउँमा होला,’ उनी भन्छन्, ‘दुई राष्ट्रपतिबीचमा कुरा हुनु। त्यसपछि राजदूत एकदमै संक्रिय भएर कम्युनिस्ट नेताहरूलाई मात्रै भेट्नु अर्थपूर्ण चाहिँ देखिन्छ। यो संयोगभन्दा अलि बढी हो कि जस्तो देखिन्छ।’

नेकपा भित्रको विवाद मिलाउन यो भेटघाट भएको हुन सक्ला भन्ने प्रश्नमा भट्टराईं चीनले पहिले पनि एकतामा जोड दिएको भन्दै त्यसलाई नर्कान नसकिने बताए। ‘प्रधानमन्त्री अहिले सबैको निशानामा हुनुहुन्छ पार्टीभित्र। त्यसैले प्रधानमन्त्रीलाई सिधै नभनेर राष्ट्रपतिमार्फत् उताको राष्ट्रपतिको सन्देश चाहिँ आएको हुन सक्छ,’ उनी भन्छन्, ‘यस्तो बेलामा संकेत बुझ्नुपर्छ। जुन तह, शब्द, समय र सन्दर्भमा कुरा हुन्छ, त्यो कूटनीतिमा महत्वपूर्ण हुन्छ। समय पनि त्यस्तै परेको छ। सन्दर्भ पनि त्यस्तै परेको छ। त्यसैले यो संयोग मात्रै होभन्दा पनि अलि अगाडि बढेर सोच्नुपर्छ। यद्यपि, समयले बताउला त्यो सबै कुरा।’

परराष्ट्र मामिलाका जानकार टीका ढकालले भेटको ‘कन्टेन्ट’ धेरै बाहिर नआएकाले ठ्याक्कै केही भन्न नसकिए पनि भेटघाटको ‘टाइमिङ’ रोचक भएको बताए।  ‘मेरो विचारमा अहिले नेकपा भित्रको विवादबारे चासो र जिज्ञासा हुन सक्छ,’ राजदूतका भेटबारे ढकालले भने, ‘तिमीहरू विभाजित नहोऊ, एकता कायम गर भन्ने एउटा मित्रवत सुझाव मात्रै पनि हुन सक्छ। त्यो चाहिँ सबैले भन्लान्। विवादित हुनुभन्दा एक भएर जानु राम्रो भनेर भन्न त साधारण रुपमा पनि भन्न सकिन्छ। तर, भेटघाटको ‘टाइमिङ’ चाँहि रोचक छ।’ कतिपय कूटनीतिज्ञले भने नेकपाभित्र सरकार परिवर्तन गर्ने गरी चलेका बहस र गतिविधि चीनले नरुचाएको रुपमा बुझ्न सकिने बताउन थालेका छन्।

Xtrem

Xtrem

बुधबार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओलगायतले नेता नेपालसँग करिब ३ घण्टा भिडियो कन्फ्रेन्समार्फत् संवाद गरेका थिए। उक्त संवादमा कोरोना भाइरस नियन्त्रणबारे कुराकानी भएको भनिए पनि राजनीतिक विषयमा कुरा नभको भन्न सकिँदैन। 

त्यस्तै सामेबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन संवाद भएको थियो। उक्त कुराकानीमा चिनियाँ राष्ट्रपति सीले वर्तमान सरकारकै नेतृत्वमा नेपाल कोरानाविरुद्धको लडाईंमा सफल हुने विश्वास व्यक्त गर्दै कोरोनापछि यसअघि भएका द्विपक्षीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा गति लिने विश्वास व्यक्त गरेका थिए। 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  ००:३१
  • #china
  • #yang_xi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। प्रतिवेदन पारित भएसँगै मह... बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदव... बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार कांग्रेस महाधिवेशन स्थल खुला मञ्चमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगन थापाको आग्रहमा उम्मेदवारी फिर्ता लि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्